Hamro Nepal - हाम्रो नेपाल

Hamro Nepal - हाम्रो नेपाल Namaste Nepal

नेपालगञ्जमा २२ वर्षीय युवतीलाई राति ८ बजेबाट बिहान ५ बजेसम्म १९ जनाले गरे सामूहिक बलात्कारकाठमाडौं । नेपालगञ्जमा जो कोही...
26/09/2022

नेपालगञ्जमा २२ वर्षीय युवतीलाई राति ८ बजेबाट बिहान ५ बजेसम्म १९ जनाले गरे सामूहिक बलात्कार

काठमाडौं । नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पालैपालो बलात्कार गरेको घटना बाहिर आएको छ ।

पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।
त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अपहरण गरेर अडर झाडिमा लगेर करणी गरेका थिए ।
पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बलात्कार गरिएको पीडितले बताएकी छिन् ।

माधक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक करणीको समय पुष्पालाई याताना दिने, पिटने जस्ता अनैतिक कामहरु पनि गरेका थिए ।
भर्खर विवाह गरेको ११ महिना पुगेकी पुष्पालाई साँझ ८ बजेबाट बिहान ५ बजे सम्म लगातार करणी गरेका थिए । आफूले न्याय पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्यायलयप्रति भरोसा रहेको उनी बताउँछिन् ।

मेरा लागि त्यो रात बज्रपात परेको छ । म गर्भवती समेत हुनसक्छु । अनेकौँ यौन रोगपनि लाग्नसक्छ । मादक पदार्थले मातेका १९ जनाले पालैपाले बलात्कार गरेका छन् । हदैसम्मको कारबाही होस् । म त चाहान्छु उनीहरुलाई मृत्युदण्ड दिइयोस् । मृत्युको सुलीमा चढेको हेर्न पाउँदा मात्र आफ्ना आत्मा बाँच्ने उनको भनाई छ । राति भएकाले उनीहरु सबैलाई आफू चिन्न नसक्ने उनको भनाई छ ।

26/09/2022
नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाप्रति सरकार सशंकितकाठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक समयसीमाभित्र...
20/09/2022

नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाप्रति सरकार सशंकित

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक समयसीमाभित्र नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्ने तत्परता नदेखाएपछि सरकार सशंकित बनेको छ । मंगलबारको संवैधानिक समयसीमा सकिन एक दिन मात्र बाँकी रहँदा पनि राष्ट्रपतिबाट संकेत नपाएपछि विधेयक प्रमाणीकरण नभए के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलसँग छलफलसमेत थालेका छन् ।

प्रतिनिधिसभा अन्त्य भइसकेको अवस्थामा नागरिकता विधेयकमाथि राजनीति गरेर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण धमिलो बनाउन खोजेको आशंका सत्ता गठबन्धन दलले गरेका छन् । समानुपातिक उम्मेदवार छनोट गर्ने बैठकमा व्यस्त भइरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा सोमबार बालुवाटारमा करिब आधा घण्टा छलफल गरेका छन् । राष्ट्रपतिले संविधान दिवसका अवसरमा आयोजना गरेको चियापानमा जानुअघि देउवा र दाहालबीच बालुवाटारमा छलफल भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा सडक संघर्ष चर्कन सक्ने र त्यसले निर्वाचनको वातावरण बिगार्न सक्ने चिन्ता देउवा र दाहालले गरेका थिए । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे सरकार नै अदालतमा जाने विषयमा समेत छलफल भएको एक मन्त्रीले बताए ।

चियापानको औपचारिक कार्यक्रमअघि देउवाले राष्ट्रपति भण्डारीलाई भेटेर विधेयक जारी गर्नुपर्ने संवैधानिक बाध्यता उल्लंघन नगर्न सुझाएको बालुवाटार स्रोतले जनाएको छ । ‘प्रमुख प्रतिपक्ष एमालेले भित्रभित्रै निर्वाचन सार्न खोजेको र त्यसैलाई बल पुग्ने गरी राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको’ बुझाइ प्रधानमन्त्री देउवामा पनि रहेको कांग्रेसका एक नेताले बताए ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङ भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताउँछन् । ‘राष्ट्रपतिले संविधानसम्मत भूमिका निर्वाह गरी देश र जनतालाई आग्रह गर्नुभयो । संविधानमा आफ्ना कन्सर्न राख्नुभयो तर सत्ता गठबन्धनले दोस्रो पटक कमा, फुलिस्टप पनि परिवर्तन नगरी विधेयक पठाउँछौं भनेर राष्ट्रपतिलाई जवाफ दिए । गठबन्धनका नेताहरूले भनेजस्तै सदनले दोस्रो पटक हुबहु पारित गरेर पठाइसकेपछि राष्ट्रपतिलाई अन्य विकल्प छैन, १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ,’ उनले भने । नेम्वाङले निर्वाचनका सन्दर्भमा पनि अनावश्यक संशय राखिएको बताए । ‘गठबन्धनका साथीहरूले गर्न हुने र नहुने धेरै काम गर्नुभएको छ, त्यसैले उहाँहरू बढी आत्तिनुभएको छ । अहिले के एमालेले चाहँदैमा निर्वाचन सर्न सक्छ ?’ उनले भने ।

संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेको नागरिकतासम्बन्धी विधेयक सभामुख अग्नि सापकोटाले भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । सरकारले त्यसपछि पठाएका अन्य विधेयक प्रमाणीकरण गरेकी राष्ट्रपति भण्डारीले नागरिकता विधेयक भने रोकेर राखेकी छन् । विधेयक सम्बन्धित सदनमा एक पटक फिर्ता गर्न सक्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई भए पनि दोस्रो पटक आएको विधेयक रोक्ने र अन्य विकल्प खोज्ने अधिकार संविधानले दिएको छैन । तर राष्ट्रपतिको मनस्थिति सोमबार रातिसम्म विधेयक प्रमाणीकरण गर्ने वा नगर्ने भन्नेमा प्रस्ट नरहेको शीतलनिवास स्रोतले जनाएको छ । ‘राजीनामा दिने वा विधेयक प्रमाणीकरण गर्ने दुवै पक्षमा चार/पाँच दिनअघि राष्ट्रपतिको जुन पोजिसन थियो, सोमबार रातिसम्म पनि त्यही छ,’ राष्ट्रपतिका एक सल्लाहकारले भने, ‘प्रमाणीकरण नगरे पनि यो विषय अदालतको मुद्दा बन्न सक्छ भन्ने बुझाइमा उहाँ हुनुहुन्छ ।’ माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार माओवादीको अडान विधेयक प्रमाणीकरण गर्नुपर्छ भन्ने नै छ । ‘अलि अघिसम्म विधेयक प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपतिले राजीनामा गर्नुहोला भन्ने बुझाइ अध्यक्षमा थियो तर अहिले त्यस्तो संकेत पनि देखिएको छैन । बरु अदालतको विषय बन्न सक्छ भन्ने बुझाइ छ,’ मल्लले भने ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले फरक पार्टीको राष्ट्रपति हुनासाथ सरकारले पठाएको विधेयक प्रमाणीकरण नगर्ने नजिर स्थापित गर्ने हो भने प्रणाली नै समाप्त हुने बताए ।

‘राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्नु भनेको संसद्को उपहास र मानमर्दन गर्नु हो,’ उनले कान्तिपुरसित भने, ‘अब यो मुद्दा जनतामाझ जान्छ । जनताले फैसला गर्छन् ।’ राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे सरकार आफैं अदालतमा पनि जान सक्ने र सडकमा संघर्ष पनि चर्कन सक्ने यादवले बताए ।

कांग्रेस नेता मीन विश्वकर्माले पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे सरकार नै अदालत जान सक्ने बताए । ‘नागरिकता विधेयकमा राष्ट्रपतिलाई इफ र बट भन्ने कुनै ठाउँ छैन । बाध्यताले पारित गर्नुपर्छ । गर्नुभएन भने सरकार अदालत जान सक्छ,’ उनले भने, ‘पहिला संविधान नमानेकै कारण अदालतले परमादेशबाट यति घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्नु भनेको थियो । अहिले विधेयकको हकमा पनि त्यस्तै अवस्था आउन सक्छ ।’ विश्वकर्माले विधेयक प्रमाणीकरण नभएको अवस्थामा राष्ट्रपति भण्डारीविरुद्ध तत्काल महाभियोग दर्ता गर्न असम्भव भए पनि निर्वाचनपछिको संसद् त्यतातिर पनि जान सक्ने बताए । प्रधानमन्त्रीका निजी कानुनविज्ञसमेत रहेका अधिवक्ता केशवकुमार जोशीले भने एमालेले भित्रभित्रै कुनै बहाना झिकेर निर्वाचन सार्न खोजिरहेको उल्लेख गर्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे शंका उब्जने बताए । ‘एमालेले संवैधानिक रूपमा महाभियोगको प्रस्ताव फेल भइसक्यो भनेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई संरक्षण गरेको अर्कातर्फ राष्ट्रपतिबाट नागरिकता विधेयक जारी गर्नुपर्ने संवैधानिक बाध्यतासमेत उल्लंघन गर्ने कुरा आइरहेका छन् । यी दुई घटनाले मुलुकलाई संवैधानिक रिक्ततातिर धकेल्ने र निर्वाचनको वातावरण बिथोल्ने हो कि भन्ने आशंका उव्जेको छ,’ उनले भने, ‘होइन भने राष्ट्रपतिले संवैधानिक बाध्यतालाई पालना गर्नुको विकल्प छैन ।’

कांग्रेस नेता विश्वकर्माले पनि राष्ट्रपति कुनै–कुनै समूह र शक्तिको आडमा नागरिकता विधेयक प्रमाणीकरण गर्न नखोजेको बताए । ‘राष्ट्रपति नबुझ्ने हुनुहुन्न । एउटा पार्टीको अध्यक्षले भनेको गलत हर्कत मानेर बस्नु हुन्छ जस्तो पनि लाग्दैन । तर, कतै न कतै राजनीतिक स्थिरतालाई खलबल्याउने दुश्चक्र चलेको छ । त्यसमा राष्ट्रपति पर्न लागेको जस्तो देखिन्छ,’ उनले भने, ‘निर्वाचन सार्ने र बिथोल्ने यिनै घटनाबाट जोडिएर आइरहेका छन् ।’

शीतलनिवासले भने नागरिकता विधेयकतिर संकेत गर्दै राष्ट्रपतिको भूमिकालाई जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘राष्ट्रपति कार्यालयबाट भए/गरेका कामकारबाही नियमित रूपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको व्यहोरा अवगत नै छ,’ राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालय र सम्मानीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचार प्रकाशन भइरहेको देखिएको हुँदा आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनु हुन अनुरोध छ ।’

चट्याङ लागेर मकवानपुरमा एकको मृत्युमकवानपुरको वकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुन...
20/09/2022

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ। चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए।रासस

बुद्धको क्रिडास्थल तिलौराकोटको बाटो जीर्णतिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन लगातार १२ वर्षदेखि उत्खनन जारी छ...
20/09/2022

बुद्धको क्रिडास्थल तिलौराकोटको बाटो जीर्ण

तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन लगातार १२ वर्षदेखि उत्खनन जारी छ। पर्यटकहरुको आगमन पनि बढेको छ। तर वर्षौ ेखि जीर्ण बनेको तिलौराकोट जीर्ण र जर्जर बनेको बाटो निर्माणमा कसैले चासो दिएको छैनन्।

विश्व सम्पदा सुचीमा सुचीकृत गर्न तयारी गरिएको बेला बुद्धस्थल तिलौराकोट वरिपरि रहेको बाटो जीर्ण बनेको छ। बुद्धको क्रिडास्थलको रुपमा मानिएको तिलौराको दरबार प्रदेश गर्ने गेटदेखि कपिलवस्तु संग्राहलयसम्मको बाटो फुटेर कच्ची बनेको छ।

यस्तै त्यही गेटबाट दक्षिण हुँदै धमनिया र कन्थक स्तुपसम्म पुग्ने पक्कीबाटो कच्चीमा परिणत भएको छ। तिलौराकोटदेखि संग्रहालयसम्मको लम्बाई ढाई सय मिटर छ। त्यस मध्ये आधा पक्की र आधा पिसिसि बनाइएको छ। पिसिसि फुटेर कच्ची बनेको छ। पिसिसि बाटो पर्यटन बोर्डको सहयोगमा निर्माण गरिएको थियो। सडक निम्न गुणस्तर बनाइएको र त्यसमा पनि नदीजन्य पदार्थ ढुवानीका लागि ट्याक्टर टिप्परका कारण बिग्रीएको तिलौराकोटसंगै सटेको शिवगढबासी बताउँछन।

तिलौराकोट अवलोन गर्न पुगेको सातिहत्यकार हरिराज शर्माले तिलौरकोटको बाटो देखेर आफु निकै दुःखी भएको बताए। ‘तिलौरोकाटको बाटो गाडी हिड्नै नसक्ने गरी ध्वस्त बनेका छन यस्तोमा बिदेशबाट आउने पर्यटककाहरु के सोचेर फर्किन्छन होला’ उनले प्रश्न गरे। तिलौरकोट प्रवेश गर्न दुर्ई मार्ग छन। एउटा रिसोइन शान्ति बिहारको सय मिटर दक्षिणमा रहेको बाटो अर्को कपिलस्तु संग्रहालय तिरबाट। दुबै तिरको बाटो जीर्ण रहेको शर्मा बताउँछन।

आन्तररिक बाह्रय पर्यटक गरी दिनहु सयौ जना तिलौराकोटको अवलोकन गर्न आउछन तर बाटोको अवस्था देखेर निराश बनेर फर्कने गरेका छन। पर्यटकलाई त्यस क्षेत्रको अवलोकन भ्रमण गर्न गाह्रो परेको पर्यटकहरुको गुनासो छ। बाटो ध्वस्त हुदा जोडीस्तरपमा जाने पर्यटकलाई समेत सास्ती हुने गरेको छ।

बाटो निकै खराब हुँदा आफुहरुलाई निकै सास्ती भएको काठमाडौंबाट आएका दिपेन्द्र्र बज्राचार्यले गुनासो गरे। बुद्धस्थल भनेर आफुहरु नेपालका विभिन्न बुद्धस्थलमा आउने क्रममा तिलौराकोट र जोडीस्तुप पुग्ने बाटोको अवस्था देखेर निकै दुखी भएको बता । बिगत १० वर्षदेखि पुरातत्व बिभाग र बेलयातको दुर्हम विश्व बिद्यालयको टोलीले तिलौरकोटमा उत्खनन गरेको छ। कोरोनाकाल पछि तिलौराकोटमा पर्यटकको संख्या निरन्तर बृद्धि भएको छ। तर तिलौराकोट र धमनिया स्तुपाको बाटो देखेर दुःखी हुदै फर्कने गरेका छन।

जीर्ण बाटो र धुलोले गर्दा कैयो धेरै पर्यटकहरु धमनिया स्तुप नगई फर्कने गरेको तिलौराकोटमा रहेको लुम्बिनी विकास कोषका सुरक्षा गार्ड नै बताउँछन। जीर्ण बाटो निर्माणमा भने चासो नदिएको स्थानीय प्रकाश घिमिरे बताउँछन। ‘जीर्ण बनेको तिलौराकोट वरिपरि रहेको बाटो निर्माणमा कोष र स्थानीय निकाय दुबैले चासो दिएको छैन’ घिमिरले भने ‘यसले बिदेशबाट आउने पर्यटक माझ नराम्रो संदेश गएको छ’। लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले लुम्बिनी विकास कोषले जीर्ण बाटो बनाउन चाहे पछि पुरातत्व बिभागले पुराताबित्वक क्षेत्रमा कुनै पनि स्थायी संरचना बनाउनमा रोक लगाएको बताए। ‘ कोषले जीर्ण बाटो बनाउन तयार छ तर पुरात्व बिभागले इजाजत नदिदा हामीले केही नर्ग सकेका छैनौ’ उनले भने।

उता पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले बुद्धको क्रिडास्थल महत्वपुर्ण पुरातात्विक क्षेत्र भएको र सरकारले समेत संरक्षित क्षेत्र घोषणा गरेकाले त्यहा कुनै स्थायी संरचना बनाउन नपाइने बताए। उनले स्थायी संरचना बउदा सुरक्षा खाडल लागायतका पुरातात्विक बस्तुहरु नाश हुने भएकाले त्यहा कुनै पनि स्थायी संरचना बनाउन नपाइने बताए। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले तिलौराकोट क्षेत्रको जीर्ण बाटो बनाउनलाई स्विकृति दिए नगरपालिका कै बजेटले बनाउने बताए। तिलौरकोट बुद्धको क्रिडा स्थल हो। तिलौराकोट क्षेत्रलाई युनेस्कोमा दर्ता गराउन १० वर्षदेखि उत्खनन जारी छ।

कैलाली बाढी ‘वस्तुभाउ पनि खान नपाएर मर्ने भए’कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा पर...
20/09/2022

कैलाली बाढी ‘वस्तुभाउ पनि खान नपाएर मर्ने भए’

कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ। जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन्।

जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन्। सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन्। बाढीका कारण तीन जनाको ज्यान गएको छ। बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ। यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो।

बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ। घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ। बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ। सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन।

भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बसेकी छन्। विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहेकी छिन् भने उनको वस्तुभाउ पनि भोकै छन्। उनलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने तनाव भएको छ। 'वस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो', उनले भनीन्, 'अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन्।'

वडा नं ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहेकी छिन । उनले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको बताइन्। वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ। उनको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ। वस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ। 'अधिकांशका वस्तुभाउ पनि सडकमै छन्, सबैलाई वस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ', उनले भनीन्, 'हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर वस्तुभाउलाई के खुवाउनु र ?'

शनिबार विस्थापित भएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन। उनीहरू पनि वस्तुभाउसहित सडकमा छन्। विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ। बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ। यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ। खुला आकाशमा सडकमै बसिरहेकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ। उनका घरखेत सबै बाढीमा मिसिएकाले उनको परिवार र उनले पालेका वस्तुभाउको आहारामा समस्या भएको छ। 'पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन', उनले भनीन्, 'सम्पत्तिका नाममा बचेका यी वस्तुभाउ हुन्, वस्तुभाउ पनि भोकले मर्ने भए।'

भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताए। उनले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताए। 'हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छ', उनले भने , 'पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन। पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन।' पशु शाखा प्रमुख जैसी आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताए। 'अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन',उनले भने 'धेरै मानिसका वस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन्। अब हामी तथ्याङ्क लिन्छौँ।'

नगरपालिकाद्वारा सहयोगको अपिल

भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ। नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पु¥याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ।

नगरप्रमुख केवल चौधरीद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ 'जसरी सबैको सहयोगमा बाढीबाट प्रभावितलाई उद्धार गरियो, त्यसरी नै उनीहरूलाई राहतका लागि पनि सहयोग गर्न आग्रह गरिन्छ । यस घडीमा सम्पूर्ण नागरिक, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई नगरपालिकासँग समन्वय र सहकार्य गरी सहयोग गर्न अपिल गरिएको छ। 'भजनीका सबै वडा प्रभावित भएकाले नगरपालिका एक्लैले उनीहरूलाई राहत तथा उद्धारजस्ता कार्य गर्न नसक्ने भएकाले सहयोगीलाई साथ दिन आग्रह गरेको हो।

सामाजिक सञ्जालको तागतइन्टरनेटको पहुँच भएको स्थानमा रहेर सामाजिक सञ्जालमा नबाँधिएका मानिस पाउन कठिन छ। सोसिएल नेटवर्कमा ख...
20/09/2022

सामाजिक सञ्जालको तागत

इन्टरनेटको पहुँच भएको स्थानमा रहेर सामाजिक सञ्जालमा नबाँधिएका मानिस पाउन कठिन छ। सोसिएल नेटवर्कमा खर्चिएको समयको उत्पादकत्व र प्रभावकारिताका सम्बन्धमा बेलाबखत चर्चा भइरहन्छ। सञ्जालले सामाजिक परिवेश धुमिल्यायो भन्ने जमात सानो छैन। फेसबुकमा साथी बनाएर हुने आपराधिक घटनाले उक्त कथनलाई समर्थन गर्छ नै। फेसबुकमा झुण्डिएर कामधाम विमुख भएका सन्तत्तिलाई देख्दा दिक्क नलाग्ने अभिभाबक को होला र? तर के समाजमा फेसबुकको नकारात्मक प्रभाव मात्र छ त?

अन्य क्षेत्रझैं सामाजिक सञ्जालको सदुपयोग गर्न सके फाइदा हुने अनि दुरूपयोग भए क्षति बेहोर्नुपर्ने कुरामा सन्देह नभए पनि आखिरमा फेसबुकको न्यायोचित प्रयोग गर्न सके के कस्तो लाभ होला त भन्ने कुराको एकिन तथ्यांक थिएन। उक्त प्रश्नको उत्तर खोज्ने क्रममा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक म्याथ्यु ज्याक्सन र हार्वार्ड विश्वविद्यालयका प्राध्यापक राज छेटीलगायतका अन्वेषणकर्ताको समूहले गत महिना दुई रिसर्च आर्टिकल प्रकाशित गरे जर्नल नेचरमा। अर्थशास्त्रका प्राध्यापकद्वय ज्याक्सन र छेटीको समूहद्वारा नेचरको एउटै अंकमा प्रकाशित गरिएका दुई लेखमा फेसबुकका साथीसंगीको बनोटले ब्यक्तिको आर्थिक तथा सामाजिक परिवेशलाई कसरी उकास्न सघाउँछ भन्ने कुरा समेटिएको छ।

अनुसन्धानकर्ताहरूले २२ देखि ४४ वर्ष समूहका ७ करोड २२ लाख फेसबुक प्रयोगकर्ताको सामाजिक, आर्थिकलगायतका विविध तथ्यांक समेटेर संगतले व्यक्तिको सामाजिक पुँजी अभिवृद्धिमा के कस्तो प्रभाव पार्छ त भन्ने अध्ययन गरे। सामाजिक तथा आर्थिक हिसाबले विपन्न व्यक्तिले सोसियल र इकोनोमिकरूपले संभ्रान्त नागरिकसँग मित्रतामात्र पनि कायम गर्न सक्ने हो भने व्यक्तिको आर्थिक अवस्था झण्डै २० प्रतिशतले सुध्रन्छ भन्ने उक्त लेखको निचोड हो। साथै गरिब र धनीका बीच मित्रता कायम गर्दा गरिबको आर्थिक अवस्था सुध्रन्छ तर सभ्रान्तको सम्पन्नतामा प्रतिकूल अवस्था पर्दैन भन्छ उक्त अन्वेषणले। फेसबुकमा रहेका साथीसंगीको विश्लेषण, सामाजिक संस्थासँगको आबद्धता, आर्थिक अवस्था, शैक्षिक धरातललगायत विविध विषयलाई क्लिष्ट विश्लेषण गरी प्रकाशित ती लेखहरू नीति निर्माणमा समेत लाभदायी हुने देखियो। त्यसमाथि सामाजिक तथा आर्थिक दरार फराकिलो हुँदै गएको नेपालजस्तो मुलुकले उक्त अन्वेषणबाट धेरै फाइदा लिन सक्छ नै।

बालकको अभिभावकको आर्थिक अवस्था र सामाजिक परिस्थितिले उक्त नागरिकको भविष्यको आकलन गर्न सकिन्छ। चरम गरिबी र दयनीय सामाजिक परिवेशमा हुर्किएको बच्चाको भविष्य प्रायः अन्धकारमय हुन्छ। गरिबी र अविकसित समाजले व्यक्तिको प्रगतिलाई दोहोरो मारमा पार्ने भएकाले व्यक्तिले तरक्की गर्ने संभाबना हुँदैन। मुगुको सामाजिक परिवेश अनि चरम गरिबीले स्थानीय व्यक्तिलाई धेरै माथि जान दिँदैन। तर मुगुको धनी परिवारको बच्चाको भविष्यको संबन्धमा आकलन गर्न कठिन हुन्छ। त्यस्तो हुनुको कारण आर्थिक अवस्था सबल भए पनि सामाजिक परिवेश उसको पक्षमा नहुनु हो। त्यस्तै अर्कोतिर राजधानीको संभ्रान्त परिवारमा जन्मिएको बच्चाको भविष्य उज्ज्वल हुने संभाबना धेरै छ। तर काठमाडौँको गरिब परिवारमा जन्मिएको बच्चाको भविष्यको आकलन मुगुको धनीको सन्ततिको जस्तै पूर्वानुमान भन्दा बाहिर हुन्छ। पुँजीगत सम्पन्नता व्यक्तिको धनसँग मात्र संबन्धित हुने भएकाले व्यक्तिको आर्थिक अवस्थाको मापन गर्न कठिन हुँदैन। अर्कोतिर व्यक्तिको सामाजिक पुँजीलाई पारिवारिक पृष्ठभूमि, शैक्षिक अवस्था, सरसंगत, नातागोतालगायत दर्जनौँ तत्वले निर्देशित गर्ने भएकाले ‘सोसियल कन्डिसन’ को ठ्याक्कै आकलन गर्न कठिन हुन्छ।

५० वर्ष पुगेपछि जागिर खाने हो भने ४० वर्षको उमेर हुँदै साथीसंगी बनाउ है भन्ने शीर्षकमा सन् २०१५ मा द न्युयोर्क टाइम्समा एउटा लेख छापियो। सामाजिक सञ्जाल प्रारम्भिक चरणमै भएको अवस्थामा प्रकाशित उक्त आलेख निकै चर्चित भयो। धेरैको संख्यामा कर्मठ उमेदवारहरूले जागिर खोजिरहेका अवस्थामा सामाजिक सञ्जालमार्फत आफूलाई फरक देखाउन नसक्ने हो भने व्यक्तिलाई पद पाउन कठिन हुन्छ भन्ने उक्त लेखको निचोड थियो।

सामाजिक सञ्जालमा फेसबुक र लिंकडइन चर्चित संयन्त्र हुन। फेसबुक साथीभाइ इष्टमित्रबीचको संबन्धलाई ताजगी दिन स्थापित गरिएको नेटवर्क हो भने व्यावसायिक समुदायलाई लक्षित गरी बनाइएको सामाजिक सञ्जाल हो लिंकडइन। चिनजानको मानिसलाई फेसबुकमा जोडिन्छ भने मिल्दोजुल्दो दक्षता तथा योग्यता भएका व्यक्तिलाई लिंकडइनमा समेट्ने प्रचलन हो। त्यसैले पनि कम्पनी तथा व्यावसायिक समूहले उपयुक्त सहयोगी छान्न विज्ञापन गर्न लिंकडइनको सहारा लिन्छ। यस पंक्तिकारले पनि सहयोगी खोज्ने क्रममा केही हप्ताअघि लिंकडइन उपयोग गरी योग्य उम्मेदवार याचिका गर्‍यो। अनि, उक्त कदम उपयुक्त उम्मेदवार पाउन लाभदायीसमेत भयो।

कुनै पनि कामका लागि व्यावसायिकरूपले दक्ष व्यक्ति चाहिन्छ नै। तर व्यावसायिक घरानाले उम्मेदवार छनोट गर्दा केबल प्रोफेसनल दक्षतालाई मात्र ध्यान दिँदैन बरु व्यक्तिले समूहमा काम गर्न सक्छ त? व्यक्तिको शैक्षिक योग्यता र सामाजिक परिव्ेश मिल्दोजुल्दो छ त? भन्ने कुरालाई महत्व दिन्छ। धेरैसग घुलमिल हुन सक्ने व्यक्ति समूहमा काम गर्न काबिल हुन्छ भन्ने मान्यता हो।

कसरी धेरै पैसा कमाउने बन्न सकिन्छ भन्ने व्षियमा जानकारी दिने पुस्तक द मिलेनियर जोनका लेखक जेनिफर ओपनसको व्चिारमा एक व्यक्तिको क्षमता सफलताका लागि पर्याप्त नहुने भएकाले कुनै पनि कम्पनीले आफ्ना लागि टिम प्लेयर खोज्छ। उील्लखित चरित्र नभएको व्यक्तिलाई उसले आफ्नो समूहमा ल्याउन चाहन्न। संसारका सर्वाधिक सफल व्यवसायीले पहिलेदेखि नै आफूले आनीबानी थाहा पाएको कलेजका साथी, नातेदार, चिनजान भएका व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा छान्छ भन्ने द मिलेनियर जोनको निचोड हो। सबैसँग प्रत्यक्ष संबन्ध स्थापित गर्न कठिन हुने भएकाले प्रतिस्पर्धी उम्मेदवार बन्न प्रोफेसनल नेटवर्कमा आफूलाई तद्अनुरूपले प्रस्तुत गर्नुपर्ने हुन्छ। जागिर चाहिएको बेलामा मात्र सामाजिक सञ्जालमा सक्रिय हुने अनि आफूलाई चाहिएको बखत मात्र प्रोफेसनल नेटजवर्किङ विस्तारमा लाग्दा अवसरवादी देखिन सक्ने भएकाले वर्षौँअघिदेखि नै संयन्त्र निर्माणमा लाग्नुपर्ने देखियो।

अब व्यावसायिक जालो विस्तारमा ध्यान दिनुपर्ने कुराको चर्चा गरौँ। अर्थशास्त्र अध्ययन गदैै गएको व्यक्तिको भविष्यको चाहना भनेको राम्रो अर्थशास्त्रीका रूपमा आफूलाई स्थापित गर्ने नै हो। तसर्थ, कलेज अध्ययन गर्दा नै लिंकडइनको प्रोफाइल बनाएर सर्वप्रथम आफूले चिनेको अर्थशास्त्रीलाई आफ्नो सञ्जालमा जोड्ने। अनि आफ्नो समूहमा भएका मित्रका अर्थशास्त्री साथीलाई आफ्नो जालोमा ल्याउने। अपरिचित व्यक्तिलाई अनुरोध गर्दा उसको बारेमा जानकारी हासिल गरेर कामको दृष्टान्तसहित सञ्जालका लागि आग्रह गर्नु लाभदायी हुन्छ। उदाहरणका लागि कुनै अनुसन्धानात्मक कार्य प्रकाशित गरेको विद्वत्लाई सञ्जालका लागि आग्रह गर्दा उसको अन्वेषणको चर्चासहितको अनुरोध फलदायी हुन्छ। अनुचित प्रशंसा कसैले पनि चाहँदैन अनि न्यायोचित बयानले मानिस प्रसन्न हुन्छ भन्ने यथार्थ बिर्सनुहुँदैन। सामाजिक सञ्जालमा प्रस्तुत गरिने प्राज्ञिक विवेचनाले व्यक्तिको क्षमता प्रदर्शन गर्ने भएकाले त्यता ध्यान दिन आवश्यक देखियो। विषयगत जागिरको प्रवेशमा दक्षको रेकमन्डेसन महत्वपूर्ण हुने भएकाले पछिसम्मलाई ध्यानमा राखी आफ्नो प्रोफेसनल जालो अभिवृद्धिमा लाग्न आवश्यक हुन्छ।

प्राध्यापकद्वय म्याथ्यु ज्याक्सन र राज छेटीले फेसबुकको तथ्यांकलाई प्रशोधन गरी गरिब व्यक्तिले धनीसँग सामाजिक सञ्जालमार्फत आफ्नो मित्रता स्थापित गर्दा उसको आर्थिक अवस्था उकासिने बताए। त्यस्तै विपन्न समुदायका नागरिकको संबन्ध उचो समुदायसँग कायम गर्दा मात्र पनि फाइदाको प्रत्याभूति गराउन सकिन्छ। व्यावसायिकरूपमा आफूलाई स्थापित गर्ने सवालमा समेत उक्त तथ्यांक सत्य छ। स्नातक गरेकाले स्नातकोत्तर गरेकासँग मित्रता स्थापित गर्ने अनि मास्टर्स गरेकाले पिएचडी गरेकोसँग प्रोफेसनल नेटवर्क स्थापित गर्दा व्यावसायिक फाइदा हुन्छ। प्रोफेसनल नेटवर्कमा व्यावसायिकता सदैव उचो स्थानमा रहने भएकाले कस्तालाई आफ्नो मित्र बनाउने भन्ने कुरामा पनि ध्यान दिन आवश्यक छ। जस्तो– रसायनशास्त्र पढ्दै गरेको व्यक्तिको सञ्जालमा मनोरञ्जन क्षेत्रका हस्तीको वर्चस्व देखिएको खण्डमा उसको केमेस्ट्रीप्रतिको रुचि शंकास्पद देखिन्छ। त्यस्तै आफूले पोस्ट र सेयर गरेका विषयवस्तु आफ्नो दक्षतासँग मिल्दो भए÷नभएको पनि ध्यान दिनुपर्छ।

प्रकाशित अध्ययनले सामाजिक सञ्जालले व्यक्तिको आर्थिक, सामाजिक तथा व्यावसायिक उन्नति तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। महाकवि देवकोटाको ‘उद्देश्य के लिनु? उडिछुनु चन्द्र एक’ भन्ने उक्तिको सान्दर्भिकता अझ बढ्दै गयो। गरिबले धनीसँग संबन्ध स्थापित गर्दा आर्थिक उन्नति हुने, आफूभन्दा काबिललाई सामाजिक सञ्जालमा समेट्दा क्षमता अभिवृद्धिको संभावना रहने अनि सामाजिक जालोको सहारामा जागिर पाउन तथा पदोन्नतिमा समेत सहायक सिद्ध हुने भएकाले प्रोफेसनल नेटवर्किङ स्थापना गर्न ध्यान दिउँ। सामाजिक सञ्जालको सदुपयोग गर्न सके बहुआयामिक फाइदा पुग्छ भन्ने कुरा आफू पनि बुझौँ अनि अरूलाई पनि सम्झाऔँ।

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यानसामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ। समयमै उपचार पा...
20/09/2022

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ। समयमै उपचार पाएको अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यानै गुमाउनुपर्ने स्थिति भने आउँदैन। तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्। डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे पनि बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार डेंगीको आशंका हुनेबित्तिकै चिकित्सकको सल्लाहसुझावअनुसार चल्नुपर्छ।

वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा कुनै जटिल दीर्घरोग थिएन। तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा. अनुपमा कार्कीले बताइन्। ‘समयमै आएर उपचार पाए डेंगीबाट जटिल दीर्घरोग नभएका व्यक्ति मरिहाल्ने स्थिति रहँदैन,’ उनले भनिन्। बुधबार नै उक्त अस्पतालमा यो वर्ष डेंगी संक्रमण सुरु भएयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि दुईजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये एक संक्रमितमा अन्य रोग नभएका रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। मृत्यु हुनेमा २७ वर्षीय युवकमा डेंगीबाहेक अरु रोग थिएन। यो अस्पतालमा डेंगीबाट मृत्यु हुनेमा ३५ वर्षीय पुरुष पनि छन्। उनी भने पहिल्यै कलेजोका रोगी थिए। हालसम्म नेपालमा डेंगीका कारण २० जनाको मृत्यु भइसकेको छ।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीबाट एक साताअघिसम्म मृत्यु भएका ११ जनामध्येमा सातजना डेंगी संक्रमणकै कारणले मात्र मृत्यु भएको पाइए पनि अन्य चारजना भने अन्य रोगबाट पनि ग्रसित थिए। महाशाखाका प्रवक्ता डा. गोकर्ण दाहालका अनुसार मृत्यु हुनेहरू ढिला उपचारमा पुग्नु नै मुख्य कारण रहेको देखिन्छ।

चिकित्सकका अनुसार डेंगी संक्रमण भए कुनै विशेष औषधि छैन। तर यसले शरीरमा उत्पन्न गराएको नयाँ समस्याको उपचार समयमै गरे सामान्य स्वास्थ्य भएका बिरामीको मृत्यु भइहाल्ने स्थिति नहुने उनीहरू बताउँछन्। डेंगी संक्रमणको जटिलताले मिर्र्गौला बिग्रिने, छाती या पेटमा पानी जम्ने र शरीरबाट रक्तश्राव हुने गर्छ। यी जटिल समस्या भए जटिलताअनुसार समयमै उपचार गरे बिरामी निको हुने सम्भावना बढी हुन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनका अनुसार टाउको दुख्ने, बान्ता हुने, आँखाको गेडी दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिनेबित्तिकै बिरामी अस्पताल जानुपर्छ।

‘निको नहुने बेलासम्म निरन्तर चिकित्सकको निगरानीमा रहनुपर्छ, कतिपय डेंगी बिरामीमा जटिल अवस्था देखिन्छ,’ डा. पुनले भने।

कतिपय बिरामी सामान्य लक्षण देखिएर निको हुने र कतिपयमा लक्षण नै नदेखिने कारण भ्रममा परी ढिला अस्पताल पुग्ने गरेको वीर अस्पतालकी सहायक निर्देशक डा. कार्कीले बताइन्। ‘लक्षण नदेखिएरै अरू निको भएको देखेर कतिपय बिरामी ढिला गरी मात्र अस्पताल आउँछन् तर धेरै कुरा बिग्रिसकेको हुन्छ,’ उनले भनिन्। लक्षण देखिएको पाँच दिनभित्र अस्पताल पुगे पनि जटिल समस्या आउनुअघि नै उचित उपचार सम्भव हुने उनको भनाय छ। ‘लक्षण देखिनेबित्तिकै पहिला अस्पताल पुग्ने र रोग पहिचान गर्ने, त्यसपछि निरन्तर चिकित्सकको निगरानीमा बस्ने गर्नु उचित हुन्छ,’ डा. पुनले भने। नेपालमा कात्तिकसम्म डेंगी सार्ने लामखुट्टे जीवित रहने र यसले लार्भा फैलाइरहने भएकाले थप एक महिना सचेत हुनु आवश्यक रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा भेक्टर बर्न शाखाका भेक्टर इन्सपेक्टर उत्तम प्याकुरेलले बताए।

अहिले पनि राजधानीका मुख्य अस्पतालहरूमा सयौंको संख्यामा डेंगी बिरामी भर्ना भई उपचारमा छन्। टेकु अस्पतालमा बिहीबारसम्म १०० भन्दा बढी डेंगी बिरामी भर्ना भई उपचाररत छन् भने १० जनालाई आइसियुमा राखिएको छ। ज्वरो क्लिनिकमा मात्र दैनिक २०० जना डेंगीको लक्षण भएका बिरामी उपचारमा पुग्ने गरेको छ। वीर अस्पतालमा पनि हरेक दिन १०० जना डेंगी बिरामी पुग्ने र १० देखि १३ जना भर्ना हुने गरेको जनाइएको छ। तीमध्ये औसतमा चारजनाको आइसियुमा उपचार गर्नुपर्ने अवस्था रहेको छ। टिचिङ अस्पतालमा पनि दैनिक १०० जना डेंगी बिरामी आउने गरेको र हाल ३०–३५ जनाले भर्ना भई उपचार गराइरहेको अस्पतालका सूचना अधिकृत रामविक्रम अधिकारीले जानकारी दिए।

काठमाडौं मोडेल अस्पतालका डाक्टर अभिनव दाहालका अनुसार बहिरंग विभागमा दैनिक औसत ५० देखि ६० जना, आकस्मिक कक्षमा ३५ जना डेंगी संक्रमित उपचारका लागि आउने गरेका छन्। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म नेपालभरिमा कुल संक्रमितको संख्या १६ हजार ५ सय ८७ पुगेको छ। तीमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा १२ हजार ४०१ जना छन्। त्यसपछि लुम्बिनी प्रदेशमा २ हजार ४ सय २२ जना संक्रमित छन्।

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal - हाम्रो नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Nepal - हाम्रो नेपाल:

Share