25/07/2026
नेपालगन्जमा आज एकै दिन पूर्व प्रधानमन्त्री सुशील कोईराला, गणेशमान सिंह, वीपी कोइराला, पूर्व राजा बिरेन्द्र शाह, पुष्पलाल श्रेष्ठ र सहिद सेतु बिकको शालिक अनावरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले उक्त शालिकहरुको अनावरण गरेका थिए । सबै शालिकहरु नेपालगन्ज उपमहानगरपालिकाको लगानीमा निर्माण, पुनर्निर्माण गरिएको हो ।