WONAN News

WONAN News Truthful and reliable

01/04/2026

P*S सम्बन्धी इमेल सेवाहरू |
कर्मचारीले अब इमेलबाट सेवा लिनुहोस् ।
-----------------------
1. [email protected]

कर्मचारीले आफ्नो नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, बिदा लगायतका विवरण अद्यावधिक गर्न यस इमेल प्रयोग गर्न सक्नेछन्।
प्रयोग विधि:
आफू कार्यरत कार्यालयको आधिकारिक इमेल ID मार्फत निवेदन, कार्यालयको सिफारिस तथा आवश्यक प्रमाण संलग्न गरी पठाउनुपर्नेछ।

2. [email protected]

पेन्सन सम्बन्धी सेवा (जस्तै: निवृत्तिभरण, सञ्चित बिदा वापत रकम निर्धारण आदि) का लागि आवश्यक कागजात पठाउन यो इमेल प्रयोग गर्न सकिन्छ।
यस सेवालाई आगामी दिनमा पूर्ण रूपमा faceless बनाउने व्यवस्था गरिनेछ।

3. [email protected]

कार्यालयमा भएको संगठन संरचना, दरबन्दी विवरण, मन्त्रिपरिषद्को निर्णय, कानुन तथा अन्य सम्बन्धित सहमति पठाउन यो इमेल प्रयोग गरिन्छ।

4. [email protected]

नयाँ नियुक्त कर्मचारीहरूले आफ्नो sheetroll फाराम भरी, कार्यालय प्रमुखबाट प्रमाणीकरण गराई, आवश्यक कागजातसहित कार्यालयकै इमेलमार्फत पठाउनुपर्नेछ।

5. [email protected]

बहालमा रहेका कर्मचारीहरूले आफ्नो व्यक्तिगत वा सेवासम्बन्धी विवरण (जस्तै: संशोधन वा अद्यावधिक) गर्न यो इमेल प्रयोग गर्न सक्छन्।
प्रयोग विधि:
कार्यालयको आधिकारिक इमेलबाट निवेदन, सिफारिस र प्रमाण संलग्न गरी पठाउनुपर्नेछ।

6. [email protected]

पेन्सन पाइसकेका पूर्व कर्मचारीहरूले आफ्नो विवरण सच्याउन वा अद्यावधिक गर्न यस इमेल प्रयोग गर्न सक्नेछन्।
प्रयोग विधि:
पेन्सन बुझ्ने बैंक रहेको जिल्लाको को.ले.नि.का. को इमेल मार्फत निवेदन, पत्ता प्रतिलिपि तथा प्रमाण पठाउनुपर्नेछ।

7. [email protected]

काठमाडौं उपत्यकाभित्र रहेका संघीय कार्यालयहरूले कर्मचारीहरूको तलबी प्रतिवेदन, स्वीकृत दरबन्दी सहितको अनुरोध पत्र पठाउन यो इमेल प्रयोग गर्नुपर्नेछ।
(P*S update भइसकेको हुनुपर्नेछ)

8. [email protected]

कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण सिलबन्दी खामभित्र राखेर पठाउनुपर्ने हुँदा सो सम्बन्धी जानकारीका लागि यो इमेल प्रयोग गर्न सकिन्छ।

📌 नोट:

वेबसाइटमा उपलब्ध QR Code मार्फत गुनासो वा सुझाव दिन सकिनेछ।

27/03/2026

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ।

१ श्री वालेन्द्र शाहः- प्रधानमन्त्री रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति
२ डा. स्वर्णिम वाग्लेः- मन्त्री अर्थ
३ श्री सुधन गुरुङः- मन्त्री गृह
४ श्री शिशिर खनालः- मन्त्री परराष्ट्र
५ श्री सुनिल लम्सालः- मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
६ श्री विराज भक्त श्रेष्‍ठः- मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
७ श्री खडक राज पौडेलः- मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८ श्री सस्मित पोखरेलः- मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद
९ श्री निशा मेहताः- मन्त्री स्वास्थ्य तथा जनस‌‌ङ्ख्या; खानेपानी
१० डा. विक्रम तिमिल्सिनाः- मन्त्री सञ्चार तथा सूचना प्रविधि
११ श्री प्रतिभा रावलः- मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२ श्री सोविता गौतमः- मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१३ श्री गीता चौधरीः- मन्त्री कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण
१४ श्री दिपक कुमार साहः- मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ श्री सीता बादीः- मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

साथै, आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोही अवसरमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०८२ साल चैत १३ गते शुक्रबार ।

ने.सं. ११४६ चौलाथ्व नवमी ।

27/03/2026

बालेन्द्र शाहको नेतृत्वमा आज शपथ खाने सरकारका मन्त्रीहरुको अन्तिम नामावली
कस्तो लाग्यो?

१. बालेन्द्र शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३ शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासनमन्त्री
६. गणेश पौडेल — पर्यटनमन्त्री
७. अमरेश सिंह — उद्योगमन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधारमन्त्री
९. गीता चौधरी - कृषिमन्त्री
१०. सस्मित पोखरेल- शिक्षामन्त्री
११. निशा मेहता - स्वास्थ्यमन्त्री
१२. सीता वादी- महिला बालबालिकामन्त्री
१३. सोबिता गौतम- कानुनमन्त्री
१४. विराजभक्त श्रेष्ठ- उर्जामन्त्री
१५ विक्रम तिमिल्सिना - सञ्चारमन्त्री

राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा ...
27/03/2026

राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ!

मितिः- २०८२/१२/०६विषयः-जानकारी सम्बन्धमा।श्री सम्बन्धित सरोकारवाला महानुभावहरू, (सबै)सादर नमस्कार ।प्रस्तुत विषयका सम्बन...
20/03/2026

मितिः- २०८२/१२/०६
विषयः-जानकारी सम्बन्धमा।
श्री सम्बन्धित सरोकारवाला महानुभावहरू, (सबै)
सादर नमस्कार ।
प्रस्तुत विषयका सम्बन्धमा आठबीस, नगरपालिका- ०८ निवासि श्री नैनसिंह सिजापती हिजो साँझ आठबीस, ०८ नाउलि टोल सम्म देखा परेको र सो पश्चात कसैको देखा/फेला नपरेकोले सोध खोज गर्दा हराएको भनि प्रतक्ष्य तथा विभिन्न सञ्चार माध्ययमा समेत सूचना र जानकारी आदान-प्रदान भएको सन्दर्भमा अहिले भखरै आठबीस, नगरपालिका ०४ सेलगाँउमा सुरक्षित रूपमा फेलापर्नु भएको हुँदा यसै खुला पत्रमार्फत जानकारी गराउन चाहन्छौँ । साथै यस कठिन समयमा खोजीकार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण आफन्तजन, ईष्ठमित्र, सुभचिन्तक, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता, तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
रण बहादुर सिजापती
हर्क बहादुर सिजापती
रविन्द्र सिजापती
छोराहरु

सतर्कताका लागि हार्दिक अनुरोध!
19/03/2026

सतर्कताका लागि हार्दिक अनुरोध!

06/03/2026

झापा-५
1. नेकपा (एमाले) ७१५
2. नेपाली काँग्रेस ५४१
4. राष्ट्रिय स्वतन्त्र पार्टी १६९८
जम्मा गणना मत ३४४५

बिहान ७ बजे सम्मको परिणाम
06/03/2026

बिहान ७ बजे सम्मको परिणाम

03/03/2026
03/03/2026

आदरणीय नागरिकहरू, नमस्कार।
यदि तपाईं पहिलो पटक नागरिक एपमा दर्ता (Registration) गर्दै हुनुहुन्छ भने, सर्वप्रथम आफ्नो सिम कार्ड आफ्नै नाममा दर्ता भएको छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस्।
सिम कार्ड जाँच गर्ने तरिका:

• यदि नमस्ते (नेपाल टेलिकम) को सिम भए 👉 *922 # डायल गर्नुहोस्।
• यदि एनसेलको सिम भए 👉 *9966 # डायल गर्नुहोस्।
डायल गरेपछि सिम कसको नाममा दर्ता छ भन्ने विवरण देखिन्छ।

⚠️ महत्वपूर्ण:
सिम कार्डमा भएको अङ्ग्रेजी नाम र नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा मतदाता परिचयपत्रमा भएको अङ्ग्रेजी नाम एउटै (Same Spelling) हुनुपर्छ अनि मात्रै दर्ता प्रक्रिया अघि बढ्छ।

यदि सिममा भएको अङ्ग्रेजी नाम र नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा मतदाता परिचयपत्रमा भएको अङ्ग्रेजी नाम एउटै (Same Spelling) नभएमा नजिकैको नेपाल टेलिकम वा एनसेल कार्यालयमा गएर नाम सच्याउनुहोस।

नागरिक App

03/03/2026
मौन अवधि (Silence Period) के हो?मौन अवधि  भनेको चुनाव हुनुअघि तोकिएको त्यस्तो समय हो जसमा कुनै उम्मेदवारको पक्ष वा विपक्...
03/03/2026

मौन अवधि (Silence Period) के हो?
मौन अवधि भनेको चुनाव हुनुअघि तोकिएको त्यस्तो समय हो जसमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा भौतिक तथा अभौतिक रुपमा कुनै प्रकारको चुनावी प्रचार–प्रसार गर्न पाइँदैन। अर्को शब्दमा “मौन अवधि” भन्नाले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समय सम्झनु पर्छ । यसको मुख्य उद्देश्य मतदातालाई शान्त वातावरणमा स्वतन्त्र रूपमा सोचेर निर्णय गर्न समय दिनु हो। नेपालमा निर्वाचन आयोगले चुनाव हुनुभन्दा करिब ४८ घण्टा अघि मौन अवधि सुरु भएको घोषणा गर्छ। यसै सन्दर्भमा फागुन १८ गते राति १२ बजे बाट मौन अवधि सुरु भएको छ ।
मौन अवधिमा के गर्न पाइँदैन?
• सभा, जुलुस, चुनावी कार्यक्रम गर्न पाइँदैन
• सामाजिक सञ्जालमा भोट माग्न पाइँदैन
• विज्ञापन, पोस्टर, प्रचार सामग्री वितरण गर्न पाइँदैन
• घरदैलो कार्यक्रम
• भोट माग्ने सार्वजनिक अपिल
• पर्चा, पोस्टर, पम्पलेट बाँड्न
• ब्यानर, झण्डा टाँस्न
• प्रचार सामग्री मतदातालाई दिन
• टेलिभिजन, रेडियो, पत्रपत्रिकामा विज्ञापन
• फेसबुक, टिकटक, युट्युब आदि मार्फत भोट माग्ने पोस्ट/भिडियो
• अनलाइन अभियान सञ्चालन
• पैसा, उपहार वा लोभ देखाउने
• धम्की वा दबाब दिने
• मतदान केन्द्र नजिक प्रचार गर्ने
मौन अवधि उल्लंघन गरेमा के हुन्छ?
• जरिवाना (दण्ड)
• उम्मेदवारहरुलाई चेतावनी वा उम्मेदवारी खारेज
• प्रचार सामग्री हटाउने आदेश
• फौजदारी मुद्दा
• गिरफ्तारी
• अन्य कानून बमोजिम कारबाही

भोट दिन जाँदा मतदाताले के गर्न के गर्न पाउँदैनन्
• मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने
• मतदान गर्न जाँदा कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने
• मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटो अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने
• मतदान गर्न जाँदा दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित कपडा, टी-शर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने
• मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित ट्याटू प्रदर्शन गर्न नहुने
• कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने।

Address

Nepalganj

Telephone

+9779742818402

Website

Alerts

Be the first to know and let us send you an email when WONAN News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WONAN News:

Share