Karnali Garjan Media

  • Home
  • Karnali Garjan Media

Karnali Garjan Media "गर्जने छ कर्णाली गर्जाउनेछौँ देश" सत्य,तथ्य र निष्पक्ष समाचारका लागी कर्णाली गर्जन मिडिया(KGM) सत्यको गर्जन🙏

12/04/2026

प्रधानमन्त्री शाहलाई गाली गरेर सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ।

12/04/2026

चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले चीन–ताइवानबीच शान्तिपूर्ण विकास, राम्रो आदान–प्रदान र एकताको आवश्यकता औंल्याएका छन्। बेजिङमा कुओमिन्ताङ पार्टीकी अध्यक्ष चेंग ली–वुनसँगको भेटमा उनले द्विपक्षीय सम्बन्ध सुधारका लागि चार बुँदे प्रस्ताव राख्दै साझा पहिचान र संस्कृतिलाई बलियो बनाउन जोड दिए। जिनपिङले जनकल्याण सुधार र राष्ट्रिय पुनर्जागरणका लागि ताइवानसँग मिलेर काम गर्नुपर्ने बताएका छन्। उनका अनुसार, स्ट्रेटका दुवै किनारका मानिसहरू शान्ति, राम्रो सम्बन्ध र उत्कृष्ट जीवनको अपेक्षा गर्छन्। ताइवानका नेताहरूले पनि जिनपिङको भनाइलाई सकारात्मक प्रतिक्रिया दिँदै साझा जरा र संस्कृतिले मतभेद समाधान गर्न सक्ने बताएका छन्। मध्यपूर्वमा तनाव बढिरहँदा सधैं तनावमा रहेका उत्तरी शक्ति भने मिलेको सन्देशले विश्व समुदायमा नयाँ खुशी दिएको छ । चीनले बेला बेला ताइवानमाथी धावा बोल्दा त्रास पैदा हुने गर्दथ्यो ।

12/04/2026

चितवन राष्ट्रिय निकुञ्ज भित्र गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि गैँडाले आक्रमण गर्दा एक सिपाही गम्भीर घाइते भएका छन्।

नवलपुर क्षेत्रको सेरी सुरक्षा पोस्टबाट खटिएको टोलीले आमा गैँडा र बच्चासँग सामना गर्दा अवस्था तनावपूर्ण बनेको थियो।

सुरक्षा टोलीले जोगिन प्रयास गर्दा पनि गैँडाले लगातार पछ्याउँदै सिपाही विकास घर्तीमाथि आक्रमण गरेको थियो।

सूचना अधिकारी Avinash Thapa का अनुसार सुरक्षाका लागि करिब १० राउन्ड हवाई फायर गरिए पनि आक्रमण रोकिएन।

सहकर्मीलाई बचाउन थप दुई राउन्ड गोली चलाउँदा गैँडालाई लागेको र त्यसपछि घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घाइते सिपाहीलाई तत्काल उद्धार गरी काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको र आईसीयूमा उपचार भइरहेको छ।

12/04/2026

पहिले काठमाडौंमा परराष्ट्रमन्त्रीस्तरीय बैठक, त्यसपछि उच्चस्तरीय भारत भ्रमणमा जाने बालेनको तयारी।

गृहमन्त्री सुदन गुरुङले चितवनको  प'हिरोबाट प्रभावित सडक क्षेत्र तुइन खोलाको अवलोकन गरेका छन् । हरेक वर्ष मनसुनको समयमा त...
12/04/2026

गृहमन्त्री सुदन गुरुङले चितवनको प'हिरोबाट प्रभावित सडक क्षेत्र तुइन खोलाको अवलोकन गरेका छन् । हरेक वर्ष मनसुनको समयमा तुइन खोलासँगै रहेको भिरमा प'हिरो खस्दा यात्रुहरु घा'इते हुने र घण्टौ यातयात प्रभावित हुने भएको भन्दै स्थानीयले गुरुङलाई गुनासो गरेसँगै सडक बिभागका अधिकारी र चितवनका सिडिओ गणेश अर्याललाई तुरुन्त उक्त पहिरो हटाउन निर्देशन दिएका छन् । बर्खा लाग्नु अगाडि नै उक्त पहिरो विस्थापित गर्न गुरुङले निर्देशन दिएका छन् ।

12/04/2026

नेपाल सरकारले लामो समयदेखि थला परेका ७ वटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा पुनः सञ्चालन गर्ने योजना अघि बढाएको छ। यस प्रक्रियाको पहिलो चरण अन्तर्गत गोरखकाली रबर, जनकपुर चुरोट, बुटवल धागो, नेपाल मेटल, ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौडा कपडा र उदयपुर सिमेन्ट जस्ता उद्योगहरूको हालको अवस्था पहिचान गर्न अडिट र मूल्याङ्कन कार्य सुरु गरिएको छ। यी बन्द उद्योगहरूलाई निजी क्षेत्रको सहभागितामा नयाँ ढंगले चलाएर उत्पादन र रोजगारी वृद्धि गर्ने सरकारको मुख्य लक्ष्य रहेको देखिन्छ।

12/04/2026

इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामाबादमा भएको ऐतिहासिक शान्ति वार्ता विफल भएको छ। झन्डै २१ घण्टासम्म चलेको सघन र तनावपूर्ण छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा तत्काल कुनै सहमति हुन नसकेको घोषणा गरेका हुन्। उनले अब अमेरिकी टोली पाकिस्तानबाट फिर्ता हुन लागेको समेत बताएका छ्न ।

11/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे नेपाल–भारतबीच सैद्धान्तिक सहमति भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको वार्तामा उच्चस्तरीय भ्रमणबारे छलफल भए पनि मिति भने अझै तय भएको छैन।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेश सचिव विक्रम मिश्री एक महिनाभित्र नेपाल आउने सम्भावना छ। त्यसपछि मात्रै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय हुने अपेक्षा गरिएको छ।

11/04/2026

पाकिस्तानको इस्लामाबादमा भइरहेको अमेरिका–इरान शान्ति वार्ताको बीचमा शनिबार होर्मुज स्ट्रेटमा तनाव चुलिएको छ। अमेरिकी विध्वंसक युद्धपोत होर्मुजतर्फ अघि बढ्दा इरानले ३० मिनेटभित्र आक्रमण गर्ने चेतावनी दिएपछि युद्धपोत फर्किएको रिपोर्ट आएको छ।

इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत चेतावनी दिएको उल्लेख गरेको छ। इरानले भने अमेरिकी जहाज होर्मुजबाट प्रवेश नगरेको दाबी गरेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानको नेतृत्व समाप्त भएको दाबी गर्दै इरानी सेना, नौसेना र वायुसेना पूर्ण रूपमा नष्ट भइसकेको टिप्पणी गरेका छन्। वार्ता भने अझै चल्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारभित्र कडा ‘रेस्ट्रिक्टेड जोन’ व्यवस्था लागू गर्दै सीमित पहुँचका साथ शासन सञ्चालन ...
11/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारभित्र कडा ‘रेस्ट्रिक्टेड जोन’ व्यवस्था लागू गर्दै सीमित पहुँचका साथ शासन सञ्चालन गरिरहेको पाइएको छ।

प्रधानमन्त्री कार्यालयमा सुरक्षा निकायका प्रमुख र क्याबिनेट सदस्यबाहेक अन्य व्यक्तिको पहुँच न्यून राखिएको छ। आवश्यक परे मात्र प्रधानमन्त्रीले बाह्य व्यक्तिलाई बोलाउने व्यवस्था गरिएको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बालेनले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउँदै ‘बेदाग’ रूपमा कार्यकाल समाप्त गर्ने लक्ष्य राखेका छन्। यसका लागि ‘रेस्ट्रिक्टेड सहितको सुधार’ रणनीति लागू गरिएको उल्लेख गरिएको छ।

सरकारको पहिलो प्राथमिकता ‘सुशासन’ राखिएको छ। बालेनले विगतका सरकारको कार्यगति १० प्रतिशत जस्तो रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा ९० प्रतिशत गतिमा काम गर्ने लक्ष्य राखेको बताइएको छ।

प्रधानमन्त्री कार्यालयलाई अनौपचारिक भेटघाटको केन्द्र बन्न नदिने नीति लिइएको छ। मन्त्रालयका साना कामहरू सम्बन्धित मन्त्री र सचिवले नै टुंग्याउनुपर्ने स्पष्ट निर्देशन दिइएको छ।

भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाउँदै कुनै पनि स्तरमा प्रश्न उठ्ने ठाउँ नराख्ने रणनीति अपनाइएको छ। यसलाई कार्यान्वयनमा पनि कडाइका साथ लागू गरिएको दाबी गरिएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालयबाट सबै मन्त्रालयको कामको अनुगमन, समन्वय र निगरानी प्रभावकारी बनाइएको छ। साथै, मन्त्रीहरूलाई सहयोग गर्न सांसदहरूलाई ‘छाया भूमिका’मा खटाइएको छ।

11/04/2026

दैलेखको ठाटीकाँध गाउँपालिका-६ ओखलढुङ्गामा सामान्य बिबादमा आज दिउँसो चक्कु प्रहार हुँदा छुट्याउने सहित २ जना घाइते भएका छन।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।

07/04/2026

यी हुन आजको मन्त्रीपरिषदले गरेका प्रमुख निर्णय

मन्त्रिपरिषद्को मंगलबारको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले अर्थ मन्त्रालयअन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

यसैगरी, पूर्वाधार विकासतर्फ नागढुंगा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती-धुन्चे-स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति प्रदान गरेको छ।

काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र १८ हजार ८९८ वटा रुख काट्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रशासनिक र संस्थागत सुधारका क्रममा ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी स्थान्तरण गरी उक्त भवनमा जल तथा ऊर्जा आयोगको सचिवालय सार्ने निर्णय भएको मन्त्री रावलले जानकारी दिइन्। साथै, सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको छ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजीनामा पनि स्वीकृत गरेको छ ।

बैठकले पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिएको छ। मन्त्री रावलले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको बताइन् । नेपाल सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न सकिने र ईभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको स्पष्ट पारिन् ।

Address


Telephone

+9779863845660

Website

Alerts

Be the first to know and let us send you an email when Karnali Garjan Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karnali Garjan Media:

  • Want your business to be the top-listed Media Company?

Share