Nepalgunj Gallery

Nepalgunj Gallery Information , Education & Entertainment . News and Views .
(2)

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको र अहिले सभापति देउवा दम्पतीको ...
19/09/2025

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको र अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ ।

जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेर भागेका १४ हजार ५ सय ५५ कैदीबन्दी मध्ये अझै ८ हजार ३ सय ७५ कैदीबन्दीह...
19/09/2025

जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेर भागेका १४ हजार ५ सय ५५ कैदीबन्दी मध्ये अझै ८ हजार ३ सय ७५ कैदीबन्दीहरू फरार रहेका छन् ।

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार कारागारतर्फ ७ हजार ७ सय ५३ र सुधारगृह तर्फ ६ सय २२ कैदीबन्दी अझै फरार रहेको छ ।

  100 Mbps इन्टरनेटमा Wifi 6 Router सहित ! मात्र रु 534/-  24 महिना अफर ! Contact: 9709184147
19/09/2025

100 Mbps इन्टरनेटमा Wifi 6 Router सहित ! मात्र रु 534/- 24 महिना अफर !
Contact: 9709184147

19/09/2025

पुरानो बाइक वा स्कुटर छ ? अब समय आएको छ एक्सचेन्ज गरेर Hero बाइक घर लिएर जाने ।
स्थान : Karkando Skating Park
मिती : असोज 3 देखि 8 गतेसम्म

एक्सचेन्जमा पाउनुहोस्:
Minimum Valuation of Rs. 25,000/-
Value Addition: रु. 10000/- देखि रु. 1 लाख सम्म*
Cash Discount: रु. 8000/- देखि रु. 5 लाख सम्म*
Free Accessories + Zero Service Charge
Plus:
Easy Financing – HFL मार्फत

ऊर्जा, भौतिक र सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रालयका सचिव , विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय , आयोजना...
19/09/2025

ऊर्जा, भौतिक र सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रालयका सचिव , विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय , आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफलमा भने " विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ , जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ । त्यसैले अनियमिता हुने छिद्र पहिचान गरी त्यसलाई बन्द गर्नुहोस् । एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा संलग्नलाई छाडिने छैन । सेवा प्रवाहमा पनि सुधार गर्नुस् । "

संविधान दिवसको अवसरमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्दै भनिन् " जेन जी पुस्ताले उठाएका मागहरू ...
19/09/2025

संविधान दिवसको अवसरमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्दै भनिन् " जेन जी पुस्ताले उठाएका मागहरू रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम–कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचार अन्त्य, सुशासन र विकास जस्ता विषयहरू हुन् । यी विषयहरू कुनै एक पुस्ताका मात्र नभई हाम्रो साझा राष्ट्रिय एजेन्डा हुन् ।

मैले कुनै शासकीय आकांक्षा वा पदको लालसाका कारण प्रधानमन्त्री भएकी होइन । देश संकटमा रहेको बेला परिवर्तनगामी युवा पुस्ताको अनुरोधलाई बेवास्ता गर्न नसकेर जिम्मेवारी स्वीकारेकी हुँ । संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई सत्ताको जिम्मेवारी हस्तान्तरण गर्ने मेरो दायित्व हो । ”

  चाडपर्वको रमाईलो अझै बढाउन Vianetले ल्याएको छ Vianet Maha महोत्सव - "चाडको बेला, उपहारको मेला”अब १०० Mbps इन्टरनेट वार...
19/09/2025

चाडपर्वको रमाईलो अझै बढाउन Vianetले ल्याएको छ Vianet Maha महोत्सव - "चाडको बेला, उपहारको मेला”

अब १०० Mbps इन्टरनेट वार्षिक रु. ८,५०० (करसहित) मा लिएर १ महिना निःशुल्क पाउनुहोस् । त्यसमा पनि Mesh Router , ZTE Nubia A36 Mobile र 43’’ Himstar Smart TV मा विशेष छुट अनि eSewa मार्फत रु. ८,४०० भन्दा माथि भुक्तानी गर्दा तुरुन्तै पाउनुहोस् EXTRAA दक्षिणा– रु. ३०० cashback।

त्यति मात्र होइन, वार्षिक ग्राहकका लागि Spin the Wheel घुमाएर १२ महिना इन्टरनेट FREE जित्ने सुनौलो मौका पनि ! यसपटकको चाडलाई अझै रमाइलो बनाउन , Vianet सँगै Connect रहनुहोस्।

For more Information: https://www.vianet.com.np/mahamahotsav2082/

जेनजी आन्दोलनको ११ दिनपछि आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देखा परेका छन् । उनले प्रहरीसँग नभएका स्वचालित हतियारबाट ...
19/09/2025

जेनजी आन्दोलनको ११ दिनपछि आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देखा परेका छन् । उनले प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गर्दै घटनाको छानबिन गर्न माग गरेका छन् । आफूले गोली चलाउने आदेश नदिएको भन्दै प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाएका छन् ।

19/09/2025

मौसम अपडेट: मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज लुम्बिनी , कोशी , बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै राति कोशी , मधेस , बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

दशौं संविधान दिवसको शुभकामना ।सार्वभौमसत्ता जनतामा रहनेगरी असोज ३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको यो संविधानले नेप...
19/09/2025

दशौं संविधान दिवसको शुभकामना ।
सार्वभौमसत्ता जनतामा रहनेगरी असोज ३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको यो संविधानले नेपाली जनमा नेपाली हुनुको थप गौरव ल्याउन सकोस् । यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने सयन्त्र कायम होस् । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपाली पनको रातो र निलो छाताभित्र सबैजना अटाउन सकौं ।

गरि खान पाइयोस् । शिक्षा , स्वास्थ्य अनि गाँसका आधारहरु माफिया तन्त्रवाट माथि होस् । सबैको एउटै आवाज होस् :
: हाम्रो नेपाल प्यारो छ 🇳🇵🙏🏻

आज शुक्रबार , सन्तोषी माताको कृपाले तपाईंको दिन शुभ रहोस् । जय माँ सन्तोषी 🙏🙏
19/09/2025

आज शुक्रबार , सन्तोषी माताको कृपाले तपाईंको दिन शुभ रहोस् । जय माँ सन्तोषी 🙏🙏

धरानका मेयर हर्क साम्पाङ राईले एक एक छिनमा पटक पटक स्ट्याटस पोस्ट गर्ने मात्र हैन एउटै स्ट्याटस पनि पटक पटक अपलोड गर्न थ...
18/09/2025

धरानका मेयर हर्क साम्पाङ राईले एक एक छिनमा पटक पटक स्ट्याटस पोस्ट गर्ने मात्र हैन एउटै स्ट्याटस पनि पटक पटक अपलोड गर्न थालेका छन् 😜

Address

Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Our Story

Nepalgunj Gallery is non-profit organization, and we are redefining how charitable foundations operate. Here's how:

1. 100% of all donations to the Nepalgunj Gallery go directly to our carefully selected projects and partners. All of the Foundation's administrative and operating costs are covered by Young Living Essential Oils so every cent and every dollar donated will help those in need.

2. With the projects we choose to initiate and run, we provide jobs to local leaders and community members who understand what resources are necessary to achieve results.