hamrosamrachana

hamrosamrachana Nepalgunj Online Multimedia Publications Pvt. Ltd.द्वारा सञ्चालित hamr Hello ! all page Members and out there ! Thank You to all .

We are all witnessing that our group is getting bigger day by day but not necessarily better. We are seeing some low quality offensive and inappropriate posts lately. Here are few guidelines on what kind of posts are allowed and what are not:
1) posts that contains offensive, vulgar and inappropriate language are not allowed.
2) post that are against any race, gender, and religion are not allowed.


3) post that against any political organization or political group are not allowed.
4) posts that tag any of the admins/moderators unless it's absolutely necessary are not allowed.
5) Don't Share post of any other Page/Groups since we are not promoting / competing with them. We are just trying to make our group better.
6) screenshot, trolling, personal attack posts are strictly prohibited!!
7) personal pictures/videos or any other personal materials are not allowed
8) Irrelevant/unnecessary posts will be removed by any of the admins/moderators.
9) Any questions about removed posts or deleted comments can be asked by messaging any of the admins/moderators. It's strictly prohibited to re-post to ask questions about removed post or deleted comments.
10) If you don't like any of the posts or materials, report to admins or ignore it. Don't use any offensive/vulgar comments and get yourself banned from the group.
11) If you have questions about banned members PM any of the admins/moderators. Don't post it in the Group wall and get yourself banned as well !! More guidelines will be added later after getting feedback from you members. Please give us your feedback and help us to make this page better and more effective.

आज अन्तर्राष्ट्रिय बाघ दिवस: जीव र पर्यावरणको संरक्षण गरौं।
29/07/2025

आज अन्तर्राष्ट्रिय बाघ दिवस:
जीव र पर्यावरणको संरक्षण गरौं।

आज नागपञ्चमी:  # पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन । # यसले अन्य जीवहरूसँग मानिसको सह-अस...
29/07/2025

आज नागपञ्चमी:
# पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन ।
# यसले अन्य जीवहरूसँग मानिसको सह-अस्तित्वलाई पनि सम्झाउँछ।
# प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौं।
# प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ।
# आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ।
# हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्। यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ।
सबैलाई नागपञ्चमीको शुभकामना: प्रधानमन्त्री केपी शर्मा ओली

26/07/2025

साउन १० काठमाडौँ/ चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्....

23/07/2025
नेपाल सरकार अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२- ०८३ को बिनियोजित  बजेट कार्यन्वयन सम्बन्धी बिहिबार साँझ मार्ग दर्शनहर...
17/07/2025

नेपाल सरकार अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२- ०८३ को बिनियोजित बजेट कार्यन्वयन सम्बन्धी बिहिबार साँझ मार्ग दर्शनहरु जारी गरेको छ। हेर्नुहोस मार्गदर्शन बुँदागत रुपमा .. #अर्थमन्त्रालय

14/07/2025

बर्दिया, मधुबन नगरपालिका-‍८ स्थित सडकमा भे.१३ प ९३६७ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुलरिया नगरपालिका-७ बागेश्वरी टोल बस्ने ५७ वर्षीय कृष्ण प्रसाद बस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते बस्यालको नर्सिङहोम नेपालगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

https://www.facebook.com/share/p/1C6CGhovrq/
11/07/2025

https://www.facebook.com/share/p/1C6CGhovrq/

अमेरिका
आएकै दोश्रो र चौथो बर्षमा फटाफट दुइ बेबिहरु जन्मिन पुगे अमेरिकामा। आज ति बेबिहरु २४ र २६ बर्ष पुगे। साथमा छैनन अहिले र आ-आफ्नै बाटो लागिसके। एउटा एउटा राज्यमा र अर्को राज्यमा एउटा गर्लफ्रेन्ड र अर्को ब्याइफ्रेन्डसङ्ग छन। कलेज डिग्रि लिए र आ-फ्नै काम र आ-आफ्नै ससारमा रमाइरहेका छन​। आमा बाउका लागि त्यो भन्दा खुशि के नै हुन सक्छ र​? तर​, तिनलाइ जन्माएर, हुर्काएर, कलेज पढाएर दुखमा र पर्दा मर्दा साथ र सहयोग गर्लान भन्ने सपना चाहि अहिले आएर तुहिएको आज बल्ल हामि चाल पाउदैछौ।

एक कल​, एक टेक्स म्यासेज आउन र फर्काउन महिना दिन कुर्नु पर्छ तर त्यो पनि भद्दा अग्लि, अनादार डिस्रेस्पेक्टफुल र सर्ट। हामिले कहा मिस्टेक गर्यौ, के मा कमि भयो? कसरि बोल्दा र ब्यबहार गर्दा उनिहरु अलि नजिक हुन सक्छन? कसरि नाइस हुन सक्लान भन्ने चिन्ता र चासो एबम केयरफुल हुदाहुदै दिन दुइ गुना र रात चार गुना बितिरहेको छ र समय सङ्गै हामि बुढाबुढि पनि गल्दैछौ। जति जति हामिलाइ सहाराको खाचोको अनुभुति हुदै जान्छ त्यति नै एक्लै पर्दै ग​एको पिडा आज हामि भोगिरहेका छौ।

४० घण्टाले २ बेबि र परिवारको खर्च धान्न पुग्दैनथ्यो। त्यतिबेला बसाइ एफोर्डेबल भ​एपनि एकजनाको कमाइले भाडा तिर​, बच्चाको खर्च, अन्य तिरनतारन गर्दा हप्ताको ८०-९० घन्टा काम गरि बच्चा र परिवार हुर्काउदैमा जिवनको लाउला र खाउला भन्ने सुन्दर जिवन आर्थिक सघर्षमै बिते। श्रीमतिलाइ नै २ बेबि हुर्काउन​, केयर गर्न र उनिहरुको हेरचाहमै काम गर्न लगाइन कहिल्लै। मितब्ययि बन्यौ। दुइ बच्चाहरु स्कुल जान थाले, दिनहरु बित्दै ग​ए। स्कुल सकियो र कलेजका लागि उनिहरु रेडि भ​ए। सकिनसकि, अलि अलि सेभिङ्ग पनि तिनै बच्चाहरुको कलेजका लागि खर्च गरे। र​, उनिहरुको कलेज सम्पन्न गरि प्रोफेसनल बनुन भन्ने सपना थियो र उनिहरुले त्यो पनि पुरा गरे।

सघर्षको दौरानमा एकजनाको कमाइ, दुइ बेबिहरुको केयर र हेरचाहमा श्रीमति अर्थात बच्चाहरुका आमाले झण्डै १६ बर्षससम्म एपार्टमेन्टमै बसि जेल झै बाहिर ससारबाट भिन्न भै बच्चा हुर्काइन​। तिनको खानपान​, तिनको चाहना, तिनको रुवाइ, तिनको खुशिका लागि आय आर्जनका लागि सुक्को पनि कमाउनेमा कतै ध्यान र मन लगाइनन​। कमाएको पे चेक उनैलाइ राख्न दिन्थे। उनैबाट लिएर तिरातारन गर्थे। घरको ग्रोसरि, घरको किचन​, घरको सबै दुख र खुशि उनैले केयर र शेयर गरिन​। १० महिना पेटमा राखि जन्म दिएर, तिनैको हेरचाहमा र तिनैका खुशिका लागि एउटा आमाले १६-१६ बर्षसम्म तिनैकै लागि समय दिनु कुनै चानचुने कुरा थिएन​। उनिको पनि चाहना थिए होलान​, उनिको पनि आफ्नै कमाइ र खुशिमा रम्ने चाहना थिए होलान​, उनिको पनि बाहिर ससारसङ्ग रम्ने, हेर्ने र घुम्ने चाहना थिए होलान​। सानोमा मर्ला भन्ने चिन्ता, बच्चा रुदा सारा प्रयत्न लगाएर बच्चाको अनुहारमा खुशि जन्माउन तल्लिन आमाको भित्रि पिडा, मर्म मलाइ बच्चाहरुको अहिलेको भिन्न ब्यबहारबाट दिनदिनै सोच्न बाध्य बनाइरहेको छ​।

आज तिनै बेबिहरु आज हामिसङ्ग छैनन​। बर्षमा कमसेकम २-४ पटक बाउ आमा बसेको ठाउमा आउन​। बा- आमा हजुरहरुलाइ कस्तो छ​, सन्चो बिसन्चो के छ​? केहि समस्या छन कि? स्वास्थ्य कस्तो छ? हालखबर के छ​? खाना र सुत्न समयमा छ कि छैन​? यस्तो सोधिदेलान​, बुझिदेलान भन्ने तिब्र चाहना छ​। भन्न सक्दैनौ किनभने उनिहरु हुर्किसके। हुर्किसकेको बच्च्चाहरुसङ्ग बिचार गरेर बोल्न पर्ने बेला आएछ​। केहि भन्दा रिसाउलान कि, फेरि झन झन टाढा भैदेलान कि भन्ने पिर पनि त्यत्तिकै छ​। तर​, उनिहरु सोध्दैनन​। केहि भनि हालेपनि झर्किन्छन र फोन काटी हाल्छन​। राम्रो शिक्षा पाएपनि अमेरिकन कल्चर​, अमेरिकन सिकाइ र शिक्षा भयङ्गकर स्वार्थि सेल्फिस​, मतलबि हुने रहेछ​। बाउ आमाको मन बच्चाहरु माथि बच्चाहरुको मन चाहि ढुङ्गा मुढा माथि।

उमेरले ६५ को हाराहारिमा लागिसक्यौ। अबको २ बर्षमा मैले अबकाश लिनु पर्छ ६७ बर्षको उमेरमा। एकल कमाइ र सघर्ष एबम परिवार एबम २ बेबिहरुको खुशिका लागि कमाएको खर्चमै ग​ए। घर किन्न सकिएन​। एपार्टमेन्टमै बसिरहेका छौ। ज्यानले भनेजस्तो पहिले जस्तो ९० घन्टा हप्तामा श्रम गर्न सक्दिन​। उमेरमा काम नलगाएको बुढिलाइ बच्चा हुर्केपछि पनि खासै काममा लगाइन​। बच्चाहरु कलेज जान थालेपछि हप्तामा एउटा फ्याक्ट्रिमा लगभग ३०-३५ घन्टा जति काम गरिन​। बाथको रोगि बुढि काम गर्न दि इन मैले त्यसपछि। घर चैन​। एपार्टमेन्टको भाडा पनि औधि महङ्गो भ​एर ग​एको छ​। ग्रोसरि पनि त्यत्तिकै महङ्गो छ​। गाडी पनि छैन​। पब्लिक ट्रान्सपोर्टेसन भ​एकाले गाडी आबश्यक भ​एन र छैन पनि।

खातामा रकम पनि लगभग १०-१२ हजार डलरको हाराहारिमा छ​। कथमकदाचित केहि परिहाले उक्त रकम चाहिएला भनेर अहिलेसम्म त्यो रकम चलाएको छैन​। काम गर्न सक्दिन धेरै। न घर छ​, न गाडी छ​, न त पहिले जस्तो काम गर्न सक्छु। अब यहाबाट कता सर्नु र​। नेपालमा पनि आफन्त धेरै छैनन र सम्पति पनि छैन। अब​, सम्पतिका नाममा त्यहि २ बेबि बच्चाहरु हुन​। पाल्नु पर्ने, नसक्दा हेर्नु पर्ने र केयर गर्नु पर्ने तिनैले थियो तर उनिहरुको चालामाला हेर्दा उनिहरुले पनि माया गर्लान​, कमाएर खुवाउलान भन्ने एक रति पनि बिश्वास छैन​। खोला पनि १२ बर्षमा फर्किन्छ भन्थे उनिहरु परिबर्तन भै आएर केयर गरे भने बेग्लै हो र अझै पनि कता कता बिश्वास छ मेरो बुढिलाइ किन भने उ आमा हो तर मलाइ भने बिश्वास छैन​। कमाउन नसके भाडा तिर्न सकिएन। तिर्न नसकेका दिन एपार्टमेन्टबाटै निकालिदिन्छ। सुगर मधुमेयको औषधि चलाइरहेको छु। प्रेसरको पनि। दिन झन झन सकस बन्दै जादा सहारा भनिएका आफ्नै बच्चाहरु बदलिएका देख्दा यो मन कसरि जलिरहेको होला? यि सबै सम्झेर बुढि बिहान बेलुकै धुरुधुरु रुन्छिन। नरोउ ससारमा जे जे भोग्न लेखेको छ त्यो भोग्नुपर्ने रहेछ यसरि सम्झाउछु उनलाइ। कहा मान्थ्यो र मन आखिर आमाको मन त हो। अब कुनै उपाय नै भ​एन र बाच्नै नसकिने भयो र बच्चाहरुले पनि केयर गरेनन भने हामि बुढाबुढि कोहि कसलाइ तनाब​, दुख नदिकनै ससारबाटै बिदा त हुन सक्छौ नि?

(यसपटक रोड आइल्यान्ड​, बोस्टन​, कनेक्टिकट​, न्युयोर्क र न्युजर्सिको भ्रमणका क्रममा एकजना दुखि दाइ जसले सुन्दर सपना बोकेर बेलामा बच्चाहरु प्रति लगानि गर्दा दुखमा साथ र केयर गर्छन भन्ने भ्रम र सपना बाधि बस्दा स्वार्थि बच्चाहरुको ब्यबहार र आफुहरु बुढौलिपनबाट एक्लिदै जादाको अनुभुति सुनाउनु भयो। यति सुनाएपचि भाइ सानुबाबु तिमिलाइ यति सुनाउन पाउदा मन असाध्यै हल्का भयो भन्नु भयो र पिडा भाइलाइ पोख्दा मन चङ्गा भ​एको दाइको अभिब्यक्तिले आखा रसाइसकेका थिए। बोल्न सकिन धेरै र हवस दाइ कहि पर्यो भने फोन र म्यासेज गर्नुहोला भने र बिदा लिए दाइसङ्ग​-

लेखक​) by- सानुबाबु सिलवाल

बाँकेको राप्तीसोनारीको आर्थिक बर्ष २०८१/०८२ को वित्तीय प्रगति ...
10/07/2025

बाँकेको राप्तीसोनारीको आर्थिक बर्ष २०८१/०८२ को वित्तीय प्रगति ...

एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस्: प्रधानमन्त्री केपी ओली      #
10/07/2025

एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस्: प्रधानमन्त्री केपी ओली #

प्रधानमन्त्रीको सन्देश: 🔊 गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥गुर...
10/07/2025

प्रधानमन्त्रीको सन्देश: 🔊
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥
गुरु पूर्णिमाको दिव्य अवसरमा सबै गुरुजनप्रति श्रद्धा, सम्मान र हार्दिक नमन।

बाढी प्रभावित क्षेत्रबाट फर्केपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको छ । बैठकले गरेका निर्णयहरु -१...
09/07/2025

बाढी प्रभावित क्षेत्रबाट फर्केपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको छ ।
बैठकले गरेका निर्णयहरु -
१. बेपत्ताहरुको खोज र उद्धारलाई जारी राख्दै अझ प्रभावकारी बनाउने ।
२.जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा सम्लग्न सुरक्षाकर्मी र स्थानीय जनताप्रति धन्यवाद ।
३.नेपाल–चीन जोड्ने भोटेकोशी नदीको मितेरी पुल र बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने ।
४. सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिँदै चीनसँगका वैकल्पिक नाकाहरुको सुसञ्चालनको तयारी गर्ने ।
५. क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीहरुको क्षतिको बीमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने ।
६. घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने। :

मंगलबार बिहानै अधेरोमा नै चिन तर्फबाट आएको बाढीले नेपाल-चीन सिमा नाका जोडने रसुवाको मितेरी पुल बगाएको छ । # रसुवाको भन्स...
08/07/2025

मंगलबार बिहानै अधेरोमा नै चिन तर्फबाट आएको बाढीले नेपाल-चीन सिमा नाका जोडने रसुवाको मितेरी पुल बगाएको छ ।
# रसुवाको भन्सार सहितका विभिन्न स्थानमा क्षति पुगेको छ ।
#सुख्खा बन्दरगाह नजिकै चार्जमा राखिएका र भन्सार यार्डमा राखिएका इभी गाडीहरु समेत बगाएको छ ।
#रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।
#त्यस क्षेत्रमा केन्द्रिय र जिल्ला स्तरीय प्रकोप व्यवस्थापन टिमले राहत र उद्धारका कामहरु गरिहेको छ ।
हेर्नुहोस: नेपाल प्रहरीको प्ररारम्भिक सूचना

Address

Ashok Marga
Nepalganj

Alerts

Be the first to know and let us send you an email when hamrosamrachana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to hamrosamrachana:

Share

Hamrosamrachana

नेपालगञ्ज अनलाईन मल्टिमिडिया पब्लिकेशन प्रा.लि. बाट सञ्चालित यो Facebook पेज आधिकारिक न्युज पोर्टल को हो । नेपाली तथा अंग्रेजी भाषाको लागी स्वीकृत यो www.hamrosamrachana.com पोर्टलले अनलाईन पत्रकारितामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई प्रकाशन/प्रसारण गर्दछ ।