Rubaru News

Rubaru News ریڈیو روبرو ایف ایم (نیپال) सुचना र मनोरञ्जनको संगम

02/10/2025

बाँके : नेपालगन्ज रामलिला मैदानकाे रावण दहन ।।

#दसैं

02/10/2025

बडा दशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा-बुबा, दाजुभाई दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछ गर्दछौं ।
रेडियो रुबरु एफएम परिवार नेपालगन्ज 🌹🇳🇵🌹

सतर्क रहौ ! सुरक्षित रहौ ! जल तथा मौसम विज्ञान विभागको आग्रह ।असोज १७ देखि २० सम्म मनसुन सक्रिय रहने संबन्धमा जल तथा मौस...
01/10/2025

सतर्क रहौ ! सुरक्षित रहौ ! जल तथा मौसम विज्ञान विभागको आग्रह ।
असोज १७ देखि २० सम्म मनसुन सक्रिय रहने संबन्धमा जल तथा मौसम विज्ञान विभागको प्रेष विज्ञप्ति ।






National Disaster Risk Reduction & Management Authority
Nepal Weather Forecast

01/10/2025

दसैंमा भारतबाट घर फर्किदै परदेशीहरुको यस भिडियो सङसङै बज्ने लोककल्याणकारी सन्देशमुलक (पिएसए) अन्तिम सम्म अवश्य सुनिदिनु होला । साथै आम जन समुदायमा जनचेतनाका लागि शेयर गरि सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं ।

01/10/2025

ترا مرتبہ اعلیٰ کونں ہو نہ مولیٰ
‎تو ہے ابن مولیٰ علی غوثِ اعظم

29/09/2025

नेपालगन्ज : जेनजी आन्दोलन पछि नागरिकमा त्रासको वातावरण सिर्जना भएको भन्दै धमिलो पानीमा माछा मार्ने तत्त्वलाई प्रहरी माफी दिने पक्षमा नरहेको पनि बाँके प्रहरी प्रमुख एसपी जिसीले बताउनुभयो ।

29/09/2025

आज दशैको सातौं दिन बाँकेको नेपालगन्जमा रहेको शक्तिपीठ बागेश्वरी मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू द्वारा फुलपाती भित्र्याउनका लागि सलामी दिँदै । #फूलपाति #बागेश्वरीमन्दिर

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती,असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक भक्तपुर- नेकपा एमालेले ...
28/09/2025

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती,असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक

भक्तपुर- नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
केन्द्रीय सचिवालयको आज गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेण्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवत हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’ ज्ञवालीले भन्नुभयो । ज्ञवालीका अनुसार जेनजी आन्दोलनका क्रममा निधन भएकाहरुप्रति श्रद्धान्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी आन्दोलनका दोषी र तोडफोड र आगजनीमा संलग्नलाई कार्यबाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ ।
ज्ञवालीका अनुसार भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहादानी रोक्का गरेको समाचारप्रति गम्भिर ध्यानआकर्षण भएको बताउनुभएको छ । उहाँले यस अघि नै गृह मन्त्रालयबाट मिडिया ट्रायल गराएर गरिएको यस्तो निर्णयले आयोगको विश्वशनियतामा प्रश्न उठेको बताउनुभएको छ ।
सरकार राजनीतिक दलहरुलाई बाइपास गरेर जान खोजेको बताउनुभएको छ । ‘सरकारले राजनीतिक दलहरुलाई पन्छाउन खोजेको मात्र नभइ निषेध गरेको,दलहरुलाई सम्पर्क,संवाद आदि गर्न नचाहेको देखिएको छ ज्ञवालीले भन्नुभयो ‘यी सबै घटनाप्रपत हामी गम्भिर र चिन्तित पनि छौं ।’
उपमहासचिव ज्ञवालीले सरकारले भदौ २३ र २४ गतेको आगजनी र तोडफोडको घटनामा संलग्नहरुलाई पक्राउ नगर्न दिएको निर्देशनले नेपाल प्रहरीको अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको कानुन सम्मत् क्षेत्राधिकारप्रति हस्तक्षेप गरेको र दोषीहरुको मनोबल बढाउने काम गरेको बताउनुभयो ।
ज्ञवालीले कतिपय नेताहरुलाई भौतिक आक्रमणको धम्की दिएकोले सरकारको नियत के हो भन्ने कुरा पुष्टि हुँदै गरेको बताउनुभयो । उहाँले बैठकपछि पत्रकारहरुसँग भन्नुभयो ‘कतिपय व्यक्तिहरु पुराना राजनीतिक दलहरुलाई चुनावमा जानै दिन्नौ भन्दैछन् । के यस्तो कुराले चुनावको सुनिश्चिता गर्दछ ? यस प्रकारले गराइएको चुनावले बैद्यता पाउछ ?’

28/09/2025

नेपालगन्ज : सरकारले वर्तमान परिवेशमा दिएको जिम्मेवारी पुरा गर्न आएको छु" भनसुनको आधारमा मात्र काम हुने दिन अब गए । जनताको जिउधनको पूर्ण सुरक्षा गरिने बाँकेमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख एसपी अंगुर जिसीले प्रेस मिटमा भन्नुभयो ।।

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५...
28/09/2025

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन र स्वीकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्थाका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

27/09/2025

एमाले अध्यक्ष केपी ओलीको प्रश्न- यो हा,हुँको सरकारलाई देश छाडेर हामी विदेश भाग्छौं ?

Address

Nepalganj
00977

Telephone

+9779858066786

Website

Alerts

Be the first to know and let us send you an email when Rubaru News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rubaru News:

Share

Category