08/09/2026
बाढी प्रभावित बालबालिकालाई जमिअत ओलमा–ए–नेपालको न्यानो कपडा सहयोग
काठमाडौंको ठूलो भर्याङस्थित एलो गुम्बामा आयोजित एक कार्यक्रममा बाढीबाट प्रभावित बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
जमिअत ओलमा–ए–नेपालको पहलमा आयोजित कार्यक्रममा बाढी प्रभावित बालबालिकालाई आवश्यक न्यानो कपडा सहयोग गरिएको हो।
विपद्का कारण प्रभावित परिवारका बालबालिकालाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस कार्यले मानवीय सहयोग र सामाजिक सद्भावको सकारात्मक सन्देश दिएको छ।