11/08/2026
खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बाल संरक्षण गृह सञ्चालनमा ल्याएको छ । गाउँपालिकाभित्रका अभिभावकविहीन भई सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नै लगानीमा पालिकाले ‘खजुरा बाल संरक्षण गृह’ सञ्चालनमा ल्याएको हो । बाल संरक्षण गृहमा बालबालिकाका लागि खाने बस्ने व्यवस्थासँगै उनीहरूको चौतर्फी विकासका लागि विशेष खाका तयार गरिएको छ । गृहमा आश्रित बालबालिकालाई नियमित विद्यालय शिक्षा र नियमित स्वास्थ्य परीक्षणको पनि उचित प्रबन्ध गरिएको छ । थप कुराकानी गर्दै मोहम्मद मोहसिन हल्वाई र लक्ष्मी तिमिल्सेना ।