06/12/2023
एन्.वाइ.एफ्.सि नेपालगन्जको आयोजनामा यही मिति २०८०/०९/१४ गते एन्फा ग्राउन्ड, विशालनगर, नेपालगन्जमा संचालन हुनलागेको ३औं राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता(3rd Nationwide Open Street Games)को प्रायोजनाको सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिका का आदरणीय मेयर प्रशान्त बिष्ट सचिवालय, नेपालगंज सर र उ.म.न.पा. Nepalgunj Ward no 1 का अध्यक्ष आदरणीय Pramod Rijal र सदस्य Indra Rana सरसंग संवाद गर्ने सौभाग्य प्राप्त भयो । यहाँको साथ, सहयोग र सुझावले हामीलाई सफल रुपमा कार्यक्रम सम्पन्न गर्न थप हौसला प्राप्त हुने कुरामा हामी पुर्ण आशावादी छौँ ।
नेपालगन्ज जिल्लाकै एउटा ऎतिहासिक व्यायाम प्रतियोगिता रुपमा आयोजना हुन लागेको यस कार्यक्रमलाइ सभ्य तथा भब्य रुपमा सम्पन्न गर्न विभिन्न सरकारी, गैरसरकारी संस्था, व्यवसाय तथा आम महानुभावहरु संगको सहकार्य अपरिहार्य रहेको हुदा यहाँहरु सम्पुर्णको साथ, सहयोग र समर्थनको लागि हार्दिक अनुरोध गर्दछौँ ।