15/09/2026
भाद्र ३०,नेपालगन्ज
:-"नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गरिने भएको छ"।।
:-"बाढीपहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्का बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढाउने निर्णय गरेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिए"।
:-"अहिले भेरी अस्पतालमा छ जनाको शव व्यवस्थापन गर्न सकिने शवगृह छ । यसको क्षमता बढाएर ५० बनाउन मन्त्रालयले निर्णय गरेर परिपत्र पठाएको छ”, उनले भने, “यद्यपि बजेट भने पठाएको छैन, भेरी अस्पतालसँग यो संरचना बनाउन जमिन पर्याप्त छ"।।