NayaBoli Media

NayaBoli Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NayaBoli Media, Video Creator, dhamboji 1, Nepalganj.
(2)

नयाँ बोली मिडिया द्ररा सञ्चालित NayaBoli Media आधिकारिक पेमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो Page Follow गर्नु होला

07/09/2026

राजा महेन्द्र उभिएको मञ्चमा बालेन, अब विश्वले सुन्नेछ नेपालको आवाज! Balen

07/09/2026

ओली सरकारमा दर्ता भएको ‘ग्रीन आर्मी’ बालेनको पालामा खारेज! आखिर किन ? Green Army Nepal

06/09/2026

श्रीमान् भारतबाट घर फर्किएको भोलिपल्ट श्रीमती घरमा भयको पैसा सुन लिएर बेपता ; श्रीमती खोज्दै नेपालगन्ज आइपुगे श्रीमान् Surkhet News

गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि सैनिक अस्पताल, छाउनीमा भर्ना हुनुभएको छ। अस्पताल स्रोतका अनुसार उहाँलाई...
06/09/2026

गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि सैनिक अस्पताल, छाउनीमा भर्ना हुनुभएको छ। अस्पताल स्रोतका अनुसार उहाँलाई ज्वरो, ढाड दुख्ने तथा शरीर र खुट्टामा डाबरजस्ता खटिरा देखिएको छ। रसुवाको भीषण बाढीपछि करिब १० दिनसम्म निरन्तर उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिनुभएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ हुनुभएको हुन सक्ने चिकित्सकले बताएका छन्।

06/09/2026

सुन्दर भविष्यको सपना बोकेर दुबई पुगेका कमलको ३ महिनामै मृत्यु, श्रीमती भन्छिन्– ‘सास छ कि लास?’

गृहमन्त्री सुदन गुरुङ अस्पताल भर्नाबाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा लगातार खटिँदै आएका गृहमन्त्री सुदन गु...
06/09/2026

गृहमन्त्री सुदन गुरुङ अस्पताल भर्ना

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा लगातार खटिँदै आएका गृहमन्त्री सुदन गुरुङ ज्वरो आएपछि अस्पताल भर्ना भएका छन्।

गृहमन्त्री गुरुङ बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामको स्थलगत अनुगमनमा सक्रिय थिए।

यसै क्रममा उनलाई ज्वरो आएपछि अस्पताल लगिएको हो। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा भने उद्धार तथा राहतका काम जारी छन्।

गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

06/09/2026

आईजीपी दानबहादुर कार्की बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनमा

उद्धारमा खटिएका रास्वपा सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प...
06/09/2026

उद्धारमा खटिएका रास्वपा सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन्। उद्धारमा आफ्नो अनुभव र ज्ञान प्रयोग गर्दै आवश्यक परे प्रत्यक्ष उद्धारमा खटिन आफू त्यतै जाँदै गरेको उनले बताएका छन्।

क्यासिनोबाट पालिका प्रमुख, प्रहरी निरीक्षकसहित ८ जना पक्राउ, को-को हुन् ?
06/09/2026

क्यासिनोबाट पालिका
प्रमुख, प्रहरी निरीक्षकसहित
८ जना पक्राउ, को-को हुन् ?

भारी वर्षापछि आएको बाढीले जमिनमुनिको ओडार पानीले भरिँदा एउटा कुकुरका सातवटै छाउरा त्यहीँ फसे। बाहिर निस्कने बाटो पानीले ...
06/09/2026

भारी वर्षापछि आएको बाढीले जमिनमुनिको ओडार पानीले भरिँदा एउटा कुकुरका सातवटै छाउरा त्यहीँ फसे। बाहिर निस्कने बाटो पानीले छेकेपछि ती अबोध छाउराहरूको जीवन संकटमा परेको थियो।

तर आफ्ना सन्तानलाई बचाउन उनीहरूको आमाले हार मानिनन्। उनी पटक–पटक बाढीको पानीभित्र पसेर आफ्ना छाउराहरू भएको ओडारसम्म पुगिन्। आफ्नो ज्यान जोखिममा राख्दै उनी एकपछि अर्को गर्दै बच्चाहरूलाई बाहिर निकालिरहिन्।

यस क्रममा पशु उद्धारकर्मी एडिनिया फ्लोर्गोमेसले पनि ओडारको प्रवेशद्वार फराकिलो बनाउन र त्यहाँ जमेको पानी बाहिर निकाल्न सहयोग गरिन्। आमाको अथक प्रयास र उद्धारकर्मीको सहयोगले अन्ततः सातवटै छाउरालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भयो।

अहिले आमा र उनका सातवटै छाउरा स्वस्थ र सुरक्षित छन्। छाउराहरू केही ठूला भएपछि उनीहरूका लागि मायालु र सुरक्षित घर खोज्ने तयारी भइरहेको छ।

सन्तानको जीवन बचाउन एउटी आमाले आफ्नो ज्यानको समेत पर्वाह गरिनन्। यो घटनाले फेरि एकपटक प्रमाणित गरिदिएको छ आमाको माया साँच्चिकै कुनै सीमा मान्दैन।

Address

Dhamboji 1
Nepalganj
27900

Website

Alerts

Be the first to know and let us send you an email when NayaBoli Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category