16/10/2023
💓💓💓💓💓 ** गजल **
"""""""""""""""""""""""""**
जिन्दगी त कल्पनामा सोच्दा सोच्दै सकिने भो
सुखहरु लगातार मैले खोज्दा खोज्दै सकिने भो
अब त छैन कुनै आशा, भरोसा जिन्दगीको पनि
अभागी रहेछु दुखै दु:ख भोग्दा भोग्दै सकिने भो
न त आफुलाई पुग्यो न अरुलाई नै पुग्यो फेरि
अचम्म छ खुशी पनि बाड्दा बाड्दै सकिने भो
एकछिन आराम गरि सुस्ताउने दिने कहिले आएन
सधै गरुगो भारी मैले बोक्दा बोक्दै सकिने भो
कसैलाई मनको कहानी सुनाउने हिम्मत पनि गरिन
व्यथाले मनभित्र सार्है पिरोल्दा पिरोल्दै जिन्दगी सकिने भो
💓💓💓💓💓💓💓💓
✍️✍️✍️✍️✍️✍️✍️...... आशिष भुजेल्💓
दुबई