Nijgadh news

Nijgadh news newspaper

04/09/2025

आज मिति २०८२।०५।१९ गते निजगढ नगरपालिकाको सभाहलमा निजगढ नगरपालिकाको नगर सभाको सोह्रौ अधिवेशनको बैठक निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरि ज्यु को अध्यक्षतामा बसि विविध प्रस्तावहरु पारित गरि सम्पन्न भयो। बैठकमा निजगढ नगरपालिकाका उपप्रमुख तथा नगर सभाका उपाध्यक्ष श्री सोम माया थिङ्ग र निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव श्री राजेन्द्र बहादुर अर्याल, नगर सभाका सदस्यहरु, नगर कार्यपालिकाको कार्यालय, निजगढमा कार्यरत कर्मचारीहरु, समेतको उपस्थिति रहेको थियो।उक्त नगरसभामा निजगढ नगरपालिकाका नगर प्रमुख एवं सभाका अध्यक्ष श्री सुरथ पुरीद्वारा निजगढ नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नगरसभामा नगरसभाकी उपाध्यक्ष एवं नगर उपप्रमुख श्री सोममाया थिङ्गद्वारा निजगढ नगरपालिकाको आ.व. २०८२।०८३ को लागि रु.१,०१,०३,१४,१५३/- (एक अर्व एक करोड तीन लाख चौध हजार एक सय त्रीपन्न मात्र), बजेट प्रस्तुत गर्नुभयो । यस अघि उपप्रमुखद्वारा टेवल गरिएको निजगढ नगरपालिकाको नीति तथा कार्यक्रम, निजगढ नगरपालिकाको आर्थिक विधेयक ,२०८२ निजगढ नगरपालिकाको विनियोजन विधेयक,२०८२, र निजगढ नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ टेवुल भएकोमा उक्त प्रस्तावहरुलाई निजगढ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री विसन सापकोटा, वडा नं.६ .का वडा अध्यक्ष श्री घनश्याम तिमल्सिना, वडा नं. ८ का वडा अध्यक्ष श्री स्वर्ण लामाले समर्थन गर्नुभएको थियो । नगरसभामा नगरसभाका सदस्यहरु श्री कुमार मोक्तान, मेघराज वाइवा, धन वहादुर थापा, रेणुकुमारी दर्जी, शम्भु थोकरले आफ्नो सुझावहरु नगर सभा समक्ष राख्नुभएको थियो ।सभाका अध्यक्षद्वारा बैठकमा टेवल गरिएको प्रस्तावहरु निर्णयार्थ पेश गर्नुभएकोमा उक्त प्रस्तावहरुमा नगर सभा सदस्य ज्यूहरुको समर्थन रहेको भनि नगर सभा अध्यक्षद्वारा प्रस्तावहरु सर्वसहमतिले पास भएको घोषणा गर्नुभयो । नगर प्रमुखद्वारा नगर सभा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै सभाको आजको बैठकको अन्त्य गर्नुभएको थियो ।

बन्द  गरिने apps हरू।।
04/09/2025

बन्द गरिने apps हरू।।

04/09/2025

सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेकै बेला सर्वोच्चले परमादेश जारी गरेको हो।
थप समाचार कमेन्टमा 👇👇👇

03/09/2025

नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ।
थप समाचार कमेन्टमा

03/09/2025

Investing in share market made easy. You can open DEMAT, TMS, Meroshare, C-ASBA, Saving account completely online through our Ek Sath 5 service through Digital Universe.

03/09/2025

१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको तालामाराङ केन्द्र विन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ । राति ११ बजेर २३ ....

07/11/2024


जनकपुरबाट नारायणगढ जाँदै गरेको वस निजगढ भमरा छेउमा भर्खरै दुर्घटना भएको छ ।

07/11/2024
07/11/2024
28/05/2022

भोलि बिहान ८ बजे है !!!
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमान स्थल नबनाउने सर्वोच्च अदालतको आदेश विरुद्ध सबै निजगढ नगरबासी एकजुट भई आन्दोलन गरौं । सम्पुर्ण विद्यार्थी साथिहरु लगाएत सम्पुर्ण निजगढ नगरबासीहरुमा राष्ट्रिय झन्डा सहित हाम्रो यो आन्दोलनमा एक्वबद्दता जनाउन हार्दिक अनुरोध गर्दछौ ।

आयोजक- स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्च
मिति- २०७९ साल जेठ १५ गते आइतबार (भोलि)
समय- भोलि बिहान ८ बजे
स्थान - सहिद चोक

17/05/2022

बाराको निजगढ नगरपालिका वडा नं. ४ लाई निर्णायक वडाको रुपमा हेरिएको छ । ५०० मत गणनाको परिणाम ⬇️
मेयर :
सुर्य- १२५
रुख- २९९
उपमेयर:
सुर्य- १८८
हसिया हतौडा - २४५
वडा अध्यक्ष :
गठबन्धन का ( बिसन सापकोटा)- २३९
एमालेका( जय राम कुवर)- २२२

16/05/2022

स्थानिय निर्वाचन २०७९, निजगढ नगरपालिका वडा नं ११, १२ र १३ को सम्पुर्ण मतगणना अपडेट....

मेयर मा गठबन्धन र उपमेयर मा नेकपा एमाले को अग्रता ।

मेयर: हालसम्म को तथ्यांक हेर्दा ३ वटै वडा बाट कुल

(सुरेश खनाल) गठबन्धन:-
वडा नं ११ बाट:- ७५१
वडा नं १२ बाट:- ८२१
वडा नं १३ बाट:- ६३०
गरि कुल मत २२०२ रहेको छ ।

(सुरथ पुरी) नेकपा एमाले:-
वडा नं ११ बाट:- ६९८
वडा नं १२ बाट:- ६२३
वडा नं १३ बाट:- ५८३
गरि कुल मत १९०४ रहेको छ ।

{२९८ मतको अन्तरले गठबन्धन का सुरेश खनालको अग्रता रहेको}

उपमेयर: हालसम्म को तथ्यांक हेर्दा ३ वटै वडा बाट कुल

(सोममाया थिङ) नेकपा एमाले:-
वडा नं ११ बाट:- ७१९
वडा नं १२ बाट:- ६९१
वडा नं १३ बाट:- ५९९
गरि कुल मत २००९ रहेको छ ।

(रविराज दंगाल) गठबन्धन:-
वडा नं ११ बाट:- ४६२
वडा नं १२ बाट:- ६५८
वडा नं १३ बाट:- ५८९
गरि कुल मत १७०९ रहेको छ ।

{३०० मतको अन्तरले नेकपा एमाले कि सेममाया थिङ को अग्रता रहेको । }

Address

Nijgadh
Nijgarh

Website

Alerts

Be the first to know and let us send you an email when Nijgadh news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share