Sansar Feeds

Sansar Feeds SansarFeeds is a modern news media platform committed to delivering impartial, fact-based journalism without bias or influence.

Shree Salme Secondary School is committed to providing quality education that lays a strong foundation for our students' future. With our focus on advanced and innovative courses, we strive to equip our students with the knowledge and skills they need to excel in their academic and professional pursuits. Our dedicated faculty, state-of-the-art facilities, and comprehensive curriculum ensure a holistic learning experience, empowering our students to secure a bright and successful future.

शिक्षामन्त्री पोखरेलद्वारा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यावारिधि विद्यार्थी दीक्षितकृषि तथा वन विज्ञान विश्वव...
20/06/2026

शिक्षामन्त्री पोखरेलद्वारा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यावारिधि विद्यार्थी दीक्षित

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको पाँचौँ दीक्षान्त समारोहमा शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विद्यावारिधि (PhD) तहका विद्यार्थीलाई दीक्षित गर्नुभएको छ।

समारोहमा विभिन्न संकायका स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तह उत्तीर्ण विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको थियो। दीक्षान्त समारोहमा २ हजार १ सय ९३ विद्यार्थी दीक्षित भएका हुन् ।

तस्बरः सनद अधिकारी/रासस

खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु, ‘इलिफेन्ट इन द फग (तिनीहरू)’लाई १० लाखसहित सम्मानअसार ५,   चलचित्रलाई समुदा...
20/06/2026

खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु, ‘इलिफेन्ट इन द फग (तिनीहरू)’लाई १० लाखसहित सम्मान

असार ५, चलचित्रलाई समुदायसम्म पुर्‍याउने र समुदायलाई चलचित्र भवनसम्म आकर्षित गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ। असार ५ गते खुला मञ्चबाट कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको शुभारम्भ गर्नुभएको हो।

महोत्सव उद्घाटनका अवसरमा अन्तर्राष्ट्रिय रूपमा चर्चित नेपाली चलचित्र 𝐄𝐥𝐞𝐩𝐡𝐚𝐧𝐭 𝐢𝐧 𝐭𝐡𝐞 𝐅𝐨𝐠 (𝐓𝐢𝐧𝐢𝐡𝐚𝐫𝐮) लाई काठमाडौं महानगरपालिकाले नगद १० लाख रुपैयाँसहित सम्मान गरेको छ।

निर्देशक 𝐀𝐯𝐢𝐧𝐚𝐬𝐡 𝐁𝐢𝐤𝐫𝐚𝐦 𝐒𝐡𝐚𝐡 को निर्देशनमा बनेको उक्त चलचित्रले फ्रान्समा आयोजित 𝐂𝐚𝐧𝐧𝐞𝐬 𝐅𝐢𝐥𝐦 𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥 को ७९औँ संस्करणमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत प्रतिष्ठित जुरी प्राइज (Jurry Prize) जित्न सफल भएको थियो। साथै चलचित्रले ‘बेस्ट साउण्ड क्रिएसन’ अवार्डसमेत प्राप्त गरेको थियो।

कान्स प्रिमियरका क्रममा चलचित्रलाई दर्शकहरूले उभिएर लगातार आठ मिनेटसम्म ताली बजाएर सम्मान जनाएका थिए, जसले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा थप परिचित बनाएको छ।

महानगरपालिकाले चलचित्रका लेखक, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहित पर्दा अगाडि र पछाडि रहेर योगदान गर्ने सम्पूर्ण सर्जकहरूको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरेको जनाएको छ। सम्मान कार्यक्रममा चलचित्रका विभिन्न विभागबाट प्रतिनिधित्व गर्दै करिब ४० जना सहभागी भएका थिए।

असार ५ गतेदेखि सुरु भएको ‘टोल टोलमा फिल्म महोत्सव’ असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौंका विभिन्न स्थानमा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। महोत्सवमार्फत चलचित्र संस्कृतिको प्रवर्द्धन, रचनात्मक उद्योगको विस्तार तथा समुदायस्तरमा कला–संस्कृतिप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।

ड्राइभिङ लाइसेन्स रिन्यू गरिरहन आवश्यक छैन : हर्क साम्पाङ
20/06/2026

ड्राइभिङ लाइसेन्स रिन्यू गरिरहन आवश्यक छैन : हर्क साम्पाङ

दुवै खुट्टा गुमाए पनि सपना गुमेनन् : गिनिज वर्ल्ड रेकर्ड्स आइकन बनेका हरि बुढामगरनेपालका साहसी पर्वतारोही तथा पूर्व गोर्...
20/06/2026

दुवै खुट्टा गुमाए पनि सपना गुमेनन् : गिनिज वर्ल्ड रेकर्ड्स आइकन बनेका हरि बुढामगर

नेपालका साहसी पर्वतारोही तथा पूर्व गोर्खा सैनिक Hari Budha Magar लाई गिनिज वर्ल्ड रेकर्ड्स (GWR) ले ‘आइकन’ को रूपमा सम्मानित गरेको छ। उनको जीवन यात्रा दृढ संकल्प, साहस र असम्भवलाई सम्भव बनाउने प्रेरणादायी उदाहरण बनेको छ।

ब्रिटिश सेनाको रोयल गोर्खा राइफल्समा सेवा गरिरहेका बेला सन् २०१० अप्रिल १७ मा अफगानिस्तानमा भएको विस्फोटमा उनले दुवै खुट्टा घुँडामाथिबाट गुमाएका थिए। तर उक्त दुर्घटनाले उनको सपना र आत्मविश्वासलाई भने रोक्न सकेन।

सन् २०२३ मे १९ मा हरि बुढामगर विश्वकै सर्वोच्च शिखर Mount Everest आरोहण गर्ने पहिलो डबल एबभ-नी एम्प्युटी (दुवै खुट्टा घुँडामाथिबाट गुमाएका व्यक्ति) बने। उनले यो उपलब्धिसँगै विश्वभरका अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रेरणाको नयाँ अध्याय लेखे।

उनका अनुसार यो यात्रा केवल विश्व कीर्तिमानका लागि नभई बाल्यकालदेखिको सपना पूरा गर्न र अपाङ्गताप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्नका लागि थियो।

“म अपाङ्ग भएपछि करिब दुई वर्षसम्म जीवन सकिएको जस्तो लागेको थियो। तर पछि मैले बुझें, सीमितता शरीरमा हुन सक्छ, सपनामा होइन,” उनले बताएका छन्।

एभरेस्ट आरोहणको तयारीका क्रममा उनले विभिन्न हिमालहरू आरोहण गर्दै अनुभव बटुले। उनले बर्फ र हिमाल चढ्न उपयुक्त कृत्रिम खुट्टा उपलब्ध नभएपछि आफ्नै डिजाइनको विशेष प्रोस्थेटिक खुट्टा विकास गरेका थिए।

उनको यात्रामा अर्को ठूलो चुनौती नेपालमा ६,५०० मिटरभन्दा माथिका हिमालमा डबल एम्प्युटी तथा दृष्टिविहीन व्यक्तिहरूलाई लगाइएको प्रतिबन्ध थियो। उक्त निर्णयविरुद्ध अभियान चलाउँदै उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरे र विजय हासिल गरेपछि एभरेस्ट आरोहणको बाटो खुलेको थियो।

एभरेस्टको सफल आरोहणपछि हरि बुढामगरले विश्वका सातै महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने ‘सेभेन समिट्स’ चुनौती पनि पूरा गरेका छन्। यस उपलब्धिसँगै उनी सेभेन समिट्स आरोहण गर्ने पहिलो डबल एम्प्युटी बनेका छन्।

उनको योगदानको कदरस्वरूप उनलाई बेलायत सरकारले MBE सम्मान प्रदान गरेको छ भने प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन’ अवार्डबाट समेत सम्मानित गरिएको छ।

हरि बुढामगरको कथा केवल एउटा कीर्तिमानको कथा होइन, यो चुनौतीसँग संघर्ष गरिरहेका लाखौं मानिसहरूका लागि आशा, साहस र सम्भावनाको सन्देश हो।

कक्षा १२ को नतिजामाथि उठेका प्रश्नबारे शिक्षामन्त्रीको स्पष्टीकरण, ‘हतारमा जाँच गरिएको होइन’राष्ट्रिय परीक्षा बोर्ड (NEB...
20/06/2026

कक्षा १२ को नतिजामाथि उठेका प्रश्नबारे शिक्षामन्त्रीको स्पष्टीकरण, ‘हतारमा जाँच गरिएको होइन’

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै धेरै विद्यार्थीहरूले मूल्यांकन प्रक्रियामाथि प्रश्न उठाइरहेका बेला शिक्षा तथा खेलकुद मन्त्री | प्रवक्ता – नेपाल सरकार Sasmit Pokharel ले नतिजा प्रकाशन र उत्तरपुस्तिका परीक्षण प्रक्रियाबारे स्पष्टिकरण दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले नतिजा छिटो सार्वजनिक गर्नका लागि विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताएका छन्।

उनका अनुसार विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष सम्बन्धित स्थानमै समपरीक्षण गर्न सकिने व्यवस्था मिलाइएको छ। यसले समय बचत हुनुका साथै अनावश्यक प्रशासनिक झन्झट पनि कम भएको उनको भनाइ छ।

मन्त्री पोखरेलले उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको उल्लेख गरेका छन्। “यसको अर्थ कसैलाई हतारहतार उत्तरपुस्तिका जाँच गर्न लगाइएको होइन,” उनले स्पष्ट पारेका छन्।

उनले परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतको तुलनामा बढी जनशक्ति परिचालन गरिएको र प्रक्रियागत ढिलासुस्ती हुन नदिएको बताएका छन्।

यसैबीच, पुनर्योग (Retotaling) शुल्क वृद्धि सम्बन्धी आलोचनाप्रति प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले उक्त शुल्क वृद्धि वर्तमान सरकारले गरेको निर्णय नभएको बताएका छन्। उनका अनुसार पुनर्योग शुल्क गत वर्षको पूरक परीक्षादेखि नै लागू भइसकेको व्यवस्था हो र यस सम्बन्धमा हालको सरकारले कुनै नयाँ निर्णय नगरेको स्पष्ट पारेका छन्।

मन्त्री पोखरेलले यस वर्ष नतिजा “असामान्य रूपमा छिटो” नभई विगतमा हुने गरेको अनावश्यक ढिलाइलाई सुधार गरेर उचित समयमा प्रकाशित गरिएको दाबी गरेका छन्।

उनले पुनः दोहोर्याउँदै भनेका छन्, “उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन। आवश्यक जनशक्ति बढाइएको छ, समपरीक्षणका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता हटाइएको छ, उत्तरपुस्तिका लामो समय रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको छ।”

मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा १२ को उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्यसमेत स्मरण गराएका छन्।

यसअघि नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरै विद्यार्थीहरूले प्राप्ताङ्क अपेक्षाभन्दा कम आएको, मूल्यांकनमा त्रुटि भएको आशंका तथा पुनर्योग शुल्क वृद्धि भएको भन्दै गुनासो व्यक्त गरेका थिए।

गुनासा व्यवस्थापनका लागि गृह मन्त्रालयद्वारा ‘हेलो गृह कल सेन्टर’ सञ्चालनगृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित...
19/06/2026

गुनासा व्यवस्थापनका लागि गृह मन्त्रालयद्वारा ‘हेलो गृह कल सेन्टर’ सञ्चालन

गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव संकलन गर्न ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउने उद्देश्यले गुनासो व्यवस्थापन शाखाअन्तर्गत उक्त कल सेन्टर स्थापना गरिएको हो।

सर्वसाधारणले टोल फ्रि नम्बर १११२ मा फोन गरेर, [email protected] मा इमेल पठाएर वा ९८५१३६०६०३ नम्बरमा (ह्वाट्सएपसहित) सम्पर्क गरी गृह मन्त्रालयसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव दर्ता गर्न सक्नेछन्।

त्यसैगरी, मन्त्रालयले क्यूआर कोड स्क्यान गरेर पनि गुनासा तथा सुझाव दर्ता गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।

मन्त्रालयले यस सेवामार्फत नागरिकका गुनासा तथा सुझावलाई व्यवस्थित रूपमा संकलन गरी सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने अपेक्षा गरेको छ।

‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमासडक, पुल, खानेपानी लगायत पूर्वाधारसम्बन्धी समस्या तथा गुनासोको प्रभावकारी सुनुवाइका लाग...
19/06/2026

‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा

सडक, पुल, खानेपानी लगायत पूर्वाधारसम्बन्धी समस्या तथा गुनासोको प्रभावकारी सुनुवाइका लागि पूर्वाधार विकास मन्त्रालयले ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवामार्फत नागरिकहरूले टोल-फ्रि नम्बरमा सम्पर्क गरी आफ्ना गुनासा, सुझाव तथा समस्याबारे जानकारी गराउन सक्नेछन्। टेलिफोन कलमार्फत कार्यालय समयमा सेवा उपलब्ध हुनेछ भने अन्य माध्यमबाट २४सै घण्टा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

नागरिकका समस्या छिटो सुनुवाइ गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यो सेवा सञ्चालनमा ल्याइएको छ।

Central Zoo, located in Jawalakhel, Lalitpur, is closed until further notice following the detection of bird flu inside ...
19/06/2026

Central Zoo, located in Jawalakhel, Lalitpur, is closed until further notice following the detection of bird flu inside the zoo

19/06/2026

Class 12 Grade Increment (Re-exam) will be conducted on Shrawan 2 & 3 from 11 AM to 2 PM.

69.75% Pass Rate Achieved by Regular Students in Class 12 Exam 2083
19/06/2026

69.75% Pass Rate Achieved by Regular Students in Class 12 Exam 2083

Address

Kispang-4, Salme
Nuwakot
44900

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Saturday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+9779851348520

Website

Alerts

Be the first to know and let us send you an email when Sansar Feeds posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sansar Feeds:

Share