Radio Chimteshwor 90.9 MHz Nuwakot

Radio Chimteshwor 90.9 MHz Nuwakot ‘समुन्नत नेपालको समावेशी आवाज’
रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज
बेलकोटगढी नगरपालिका– ९, बाघखोर
नुवाकोट
(2)

03/09/2026

💔 बाढी प्रभावित क्षेत्रको पीडा… 🌊😢

हरेक दिन, हरेक पल आकाशमा हेलिकोप्टर उडिरहेको हुन्छ। 🚁
केही न केही बोकेर आएको हुन्छ…

तर तल उभिएका आँखाहरूको प्रतीक्षा भने एउटै हुन्छ—
“हराएको मान्छे भेट्टाएर परिवारले फेरि भेट्न पाउने हो कि?” 🙏

कि…
गुडेर गएको आफ्नै मान्छे
अब उडेर पो फर्किने हो कि…? 💔🚁

फर्किएला भन्ने आशामा बाटो हेरिरहेका परिवारका लागि
सबैभन्दा ठूलो डर—
आफ्नो मान्छेलाई चिन्न सकिने अवस्थामा भेटिने हो कि? 😢

कि पहिचान खुल्न नसकेर
पहिचानविहीन शवका रूपमा ‘बेवारिसे’ बन्ने हो? 💔

यो विपत्तिको पीडा कति सहनु?
कसलाई सुनाउनु?
कसलाई आफ्नो आँसु देखाउनु? 😭

बाढीले घर–सम्पत्ति मात्र बगाएको छैन,
कति परिवारको खुसी, सपना र आफ्ना मान्छे पनि बगाएको छ। 🌊💔

🙏 हराइरहेका सबै आफ्नाहरू सकुशल भेटिऊन्।
🙏 शोकमा रहेका परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

📰
🎙️
📻
District Police Office, Nuwakot

03/09/2026

🚨 माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा भइरहेको खोजतलास तथा उद्धार कार्यको ताजा अवस्था 🔎🌊🙏

⚠️ खोज तथा उद्धार कार्य जारी
🚑 उद्धार टोलीको निरन्तर प्रयास
🙏 फसेका तथा बेपत्ता व्यक्तिको खोजीमा विशेष प्राथमिकता

📰
🎙️
📻
District Police Office, Nuwakot

03/09/2026

🚨 रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र २ जनाको शव भेटियो 😢🙏

🔎 रसुवास्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र २ जनाको शव भेटिएको छ।

आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा ती दुई शव फेला पारेर बाहिर निकालेको हो। शवको पहिचान भने हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

🚑 नेपाली सेनाको टोलीले सुरुङभित्र खोज तथा उद्धार कार्य जारी राखेको छ। बेलुकासम्म शवको पहिचान खुल्न सक्ने सम्भावना रहेको भट्टराईले बताउनुभयो।

आयोजनामा बाढी आउनुअघि नै विद्युत् प्रवाह बन्द भइसकेकाले धेरै कामदार बाहिर निस्किसकेको अनुमान गरिएको छ। सुरुङभित्र करिब १५ जना कामदार रहेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक अवस्था खोजी कार्य सम्पन्न भएपछि मात्र स्पष्ट हुने बताइएको छ। 🌊⚠️

आयोजनाका कुल ६० जना कर्मचारी तथा कामदारमध्ये १९ जना सम्पर्कमा आएका छन् भने ३९ जना अझै बेपत्ता रहेको आयोजना प्रशासनले जनाएको छ। 😢

🙏 बेपत्ताहरूको सकुशल उद्धारको कामना गर्दै खोज तथा उद्धारमा खटिनुभएका नेपाली सेना तथा सबै उद्धारकर्मीप्रति सम्मान।

📰
🎙️
📻
District Police Office, Nuwakot

03/09/2026

🚨 अपर त्रिशूली–३बी सुरुङमा खोजी कार्य जारी 🔎

अपर त्रिशूली जलविद्युत् आयोजना–३बीको सुरुङको माथिल्लो आउटलेटबाट ईन्जिनियरसहित सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीको कमान्डमा विपद् व्यवस्थापन टोली खोजी कार्यका लागि सुरुङभित्र प्रवेश गरेको छ ।

टोली सुरुङभित्र करिब ७०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको जनाइएको छ । थप विवरण आउन बाँकी छ । 🙏

#खोजीतथाउद्धार #सशस्त्रप्रहरी #विपदव्यवस्थापन 🎙️ 📻 📰

गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म एक हजार २५२ जनाको शव भेटिएको छ ।
03/09/2026

गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म एक हजार २५२ जनाको शव भेटिएको छ ।

काठमाडौँ । गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म एक हजार २५२ जनाको शव...

🚨 कृष्णभीरमा पहिरोले सडक अवरुद्ध, आवागमन ठप्पभोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा गत भदौ १४ गते कृष...
03/09/2026

🚨 कृष्णभीरमा पहिरोले सडक अवरुद्ध, आवागमन ठप्प

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा गत भदौ १४ गते कृष्णभीरमा नदी किनारबाटै जमिन भासिएपछि सडक अवरुद्ध भएको छ । 🏔️🌊

जमिन भासिएसँगै उक्त सडकखण्डमा आवागमन पूर्णरूपमा प्रभावित भएको छ ।⚠️🚧

#कृष्णभीर #त्रिशूलीनदी #भोटेकोशीबाढी #सडकअवरुद्ध #नुवाकोट #बाढीपहिरो

🎙 📻 📰

क्षति, खोज तथा उद्धार, राहत वितरण एवं पुनःउत्थानसम्बन्धी पछिल्लो विवरण 🚨🙏📍 नुवाकोट🌊 क्षतिको अवस्था🔎 खोज तथा उद्धार🤝 राहत...
03/09/2026

क्षति, खोज तथा उद्धार, राहत वितरण एवं पुनःउत्थानसम्बन्धी पछिल्लो विवरण 🚨🙏

📍 नुवाकोट
🌊 क्षतिको अवस्था
🔎 खोज तथा उद्धार
🤝 राहत वितरण
🏗️ पुनःउत्थान तथा पुनःस्थापना
📢 पछिल्लो अद्यावधिक विवरण

📰
🎙️
📻
District Police Office, Nuwakot

खोज तथा उद्धार अपडेट (२०८३ भाद्र १८ गते, ११०० बजे)१. खोज तथा उद्धार कार्य• नेपालीसेना द्वारा हवाई साधनमार्फत आज मिति २०८...
03/09/2026

खोज तथा उद्धार अपडेट (२०८३ भाद्र १८ गते, ११०० बजे)

१. खोज तथा उद्धार कार्य
• नेपालीसेना द्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र १८ गतेको ११०० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ६ जनाको उद्धार गरिएको।
२. टनेलमा खोज तथा उद्धार कार्य
• लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो-सानो होल बनाई खोजी कार्य भइरहेको।
• चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको।
• त्रिशूली-3A मा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा Excavator को प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने क्रममा रातको करिब २ बजे Outlet को होललाई ठुलो बनाउन Crown लाई ब्लाष्टिङ्ग गरी सफा गर्ने कार्य भइरहेको।
• त्रिशूली-3B मा नेपालीसेना को ८९, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न Excavator बाट बाटो बनाउन Bobcat को प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको।

३. जमिनी खोज तथा उद्धार र राहत
• प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र वस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई आवश्यक उद्धार एवम् डाक्टर अधिकृत सहित स्वास्थ्य सेवा प्रदान गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायलाई स्वास्थ्य सेवा समेत प्रदान गरेको।
• त्रिशूली पारी कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोट जिल्लाको विभिन्न स्थानहरूमा खोज तथा उद्धारको कार्य भइरहेको ।
• नेपालीसेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीद्वारा स्याफ्रुवेशी इलाकामा खोज तथा उद्धारको कार्य गरिरहेको।
• डा. अधिकृतहरूबाट नुवाकोटको पिपलटार र देवघाटमा रहेको होल्डिङ्ग सेन्टरहरूमा सम्भावित सङ्क्रमण फैलिन नदिनको लागि सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको।
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपालीसेना का ९ हजार ३ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।

४. स्थलगत अनुगमन
• प्रधान सेनापति महारथी अशोक राज सिग्देलले नेपालीसेना लगायत सम्बद्ध निकायहरूद्वारा संयुक्त रूपमा सञ्चालित खोज तथा उद्धार कार्यको स्थलगत (त्रिशूली, उद्धार कार्य टनेल लगातयका क्षेत्रहरूको) अवलोकन गरी सबै सरोकारवाला निकायबिच प्रभावकारी समन्वय र सहकार्य गर्दै #नेपालीसेना का सकलदर्जालाई उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ।

🌊 भोटेकोशी बाढीले स्याफ्रुबेसी बजार बगरमा परिणत 😔रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको प्रमुख व्यापारिक तथा पर...
03/09/2026

🌊 भोटेकोशी बाढीले स्याफ्रुबेसी बजार बगरमा परिणत 😔

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेसी बजार क्षेत्र बगरमा परिणत भएको छ । 🌊🏚️

बाढीले बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि स्याफ्रुबेसीको अवस्था अहिले भयावह बनेको छ । 😢🙏

#स्याफ्रुबेसी #रसुवा #भोटेकोशी #बाढी #बाढीपहिरो #विपद्

🎙 📻 📰

Address

Nuwakot
444100

Alerts

Be the first to know and let us send you an email when Radio Chimteshwor 90.9 MHz Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Chimteshwor 90.9 MHz Nuwakot:

Shortcuts

Share