29/10/2025
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका, कटुन्जे घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएकी १९ वर्षीया करिना मानन्धर यही २०८२ कार्तिक १२ गते बिहान करिब ६ः३० बजे किर्तीपुर मच्छेगाउँबाट निस्केकी थिइन्।
अन्दाजी ५ फिट उचाइ, गहुँगोरो वर्ण भएकी उनले माथिल्लो भागमा कालो र तल्लो भागमा पहेँलो रङको कपडा लगाएकी थिइन्।
त्यसपछि उनलाई परिवारजनले सम्पर्क गर्न नसकेको र उनी सम्पर्कविहीन रहेको जानकारी आएको छ।
उनीलाई देख्नुभएका वा फेला पार्नुभएका महानुभावहरूले नजिकैको प्रहरी कार्यालयमा वा ९७४९४२६८५८ वा ९७४०३०८५३५ नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिन्छ।