ओखलढुंगा समाचार

ओखलढुंगा समाचार ओखलढुंगा जिल्ला नेपालको पूर्वान्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अन्चलमा पर्दछ ।

मेरो प्यारो ओखलढुंगा

किंवदन्तीअनुसार राज्य एकीकरणको क्रममा भीम मल्लको फौजले किरात शासकहरुलाई धपाए । फौजले लुटेर ल्याएको धान एउटा खोपिल्टा परेको ढुंगामा कुटेर खाएका थिए । त्यही ढुंगाको ओखल रहेको ठाउँलाई ‘ओखलढुंगा’ भनिएको हो । ‘प्राचीन किरात राजा यलम्बरले पश्चिममा त्रिशुली नदीदेखि पूर्वमा टिस्टासम्म आफ्नो राज्य विस्तार गरेका थिए भन्ने अनुमान वा दावी सत्य भएको खण्डमा हालको ओखलढुंगा क्षेत्र पनि उक्त

राज्यमा परेको हुनुपर्छ भन्ने अड्कल गर्न सकिन्छ,’ मेचीदेखि महाकाली–१ पुस्तकमा छ, ‘अझसम्म पनि साधारण बोलीमा यो क्षेत्रलाई वल्लो किरात भनिने गरेकोबाट पनि किरातहरुको प्रभुत्व यस क्षेत्रमा रहेको अडकल गर्न गाह्रो पर्दैन ।’ ओखलढुंगालाई २०१८ सालको जिल्ला पुनर्गठनअघिसम्म ‘पूर्व तीन नम्बर’ भनेर चिनिन्थ्यो ।

जिल्ला प्रशासन कार्यालय , सिन्धुलीले वर्षात र बाढि पहिरोबाट सवारी साधन र यात्रुहरुलाइ सम्भावित जोखिमवाट हुनसक्ने मानवीय ...
30/10/2025

जिल्ला प्रशासन कार्यालय , सिन्धुलीले वर्षात र बाढि पहिरोबाट सवारी साधन र यात्रुहरुलाइ सम्भावित जोखिमवाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि मिति २०८२।०७।१३ र १४ गतेका (साँझ ५:०० बजे देखि विहान ५:०० बजेसम्मको समयमा) लागि वि.पि. राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाण्डौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ।

30/10/2025

ओखलढुंगा जिल्लाको एक पर्यट्कीय स्थल ककनीको केर्पेटार एक सुन्दर बस्तीमा जाने हैन त घुम्नलाई😘😘

कार्तिक १३,विशेष बाढी पूर्वानुमान बुलेटिनकोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा ...
30/10/2025

कार्तिक १३,
विशेष बाढी पूर्वानुमान बुलेटिन
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ | National Disaster Risk Reduction & Management Authority

29/10/2025

कुन पापिर्ले काट्यो फोनको तार

ओखलढुंगा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा मा सेवा सुचारु भय संगै सेवाग्रहीको भिड बडेको छ।
29/10/2025

ओखलढुंगा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा मा सेवा सुचारु भय संगै सेवाग्रहीको भिड बडेको छ।

29/10/2025

Breaking:
सगरमाथा आधार शिविर नजिकै लबुचेमा हेलिकप्टर दुर्घटना भएको छ ।हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेको र उनी सकुशल रहेको सुचना प्राप्त भएको छ ।
भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक लिन पुगेको अल्डिट्युड एयरको 9N-AMS कल साईनको हेलिकप्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछी, हेलिकप्टरलाई ब्यबस्थित गर्न खोज्दाखोज्दै हेलिकप्टर जमिनमा जोतिएको हो । दुर्घटनामा कुनैपनी मानवीय क्षती भएको छैन । क्याप्टेनलाई अर्को हेलिकप्टर मार्फत लुक्ला लगिएको छ ।

जानकी मन्दिर
28/10/2025

जानकी मन्दिर

बिपी राजमार्ग अन्तर्गत सुनकोसी,चैनपुर रातमाटे डाँडा नजिक  कार दुर्घटना भएको छ । ३ जना सवार कारमा २ जनाको अवस्था गम्भीर छ...
28/10/2025

बिपी राजमार्ग अन्तर्गत सुनकोसी,चैनपुर रातमाटे डाँडा नजिक कार दुर्घटना भएको छ । ३ जना सवार कारमा २ जनाको अवस्था गम्भीर छ। उद्धार कार्य भइरहेको छ। थप विवरण आउन बाँकी छ।
तस्बिर :- शिखर श्रेष्ठ

सोलु बाट काठमाडौ हिनेको सुमो र सोलु हाइड्रोको पाइप लिएर हिडेको टेलर घुर्मी बजारमा दुर्घटना ।सुमोको अगाडिको सिसा र अगाडिक...
28/10/2025

सोलु बाट काठमाडौ हिनेको सुमो र सोलु हाइड्रोको पाइप लिएर हिडेको टेलर घुर्मी बजारमा दुर्घटना ।
सुमोको अगाडिको सिसा र अगाडिको भाग कुचिने बाहेक अरु क्षेती नभएको।
Photo from @हाम्रो घुर्मीबजार

सोलुखुम्बु जिल्ला पत्ताले बाट अलि पर पर्ने धर्मिक स्थल गौरीटाप बाट देखिने रमणीय दृश्यPhoto by Khemraj Basnet
28/10/2025

सोलुखुम्बु जिल्ला पत्ताले बाट अलि पर पर्ने धर्मिक स्थल गौरीटाप बाट देखिने रमणीय दृश्य
Photo by Khemraj Basnet

Address

Okhaldhunga
Okhaldhunga Bazaar
56100

Website

Alerts

Be the first to know and let us send you an email when ओखलढुंगा समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ओखलढुंगा समाचार:

Share