18/06/2025
ओखलढुंगामा यात्रुबाहक बस दुर्घट.ना हुँदा चार जना घा.इते भएका छन्। काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको बा.प्र.-०१-००६ख ५५८१ नम्बरको बस सिद्धिचरण नगरपालिका-८, जरङगेस्थित सिद्धिचरण लोकमार्गमा अनिय.न्त्रित भई सडकभन्दा करिब ४-५ मिटर तल खसेको हो।
प्रहरीकाअनुसार घाइ.तेहरूको अवस्था सामान्य छ र उनीहरूलाई तत्काल उपचारका लागि रमाईलोडाँडास्थित पोलिक्लिनिकमा पठाइएको छ। घाइते हुनेहरूमा चम्पादेवी गाउँपालिका-३, की ५० वर्षीया कुमारी माया बुढाथोकी, बसका सहचालकहरू मानेभञ्ज्याङ गाउँपालिका-३, उबुँका २५ वर्षीय विनोद अधिकारी तथा सिद्धिचरण नगरपालिका-८, लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोशी गाउँपालिका-१, बलखुका ४२ वर्षीय सहदेव गिरी रहेका छन्।
दुर्घ.टनापछि बस चालक फ.रार छन् र प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ। दुर्घटनाग्रस्त बसलाई घट.नास्थलबाट निकाल्ने प्रयास भइरहेको छ भने बाटो अवरोध भएको छैन।
#ओखलढुङ्गारेडियो