ओखलढुंगा

ओखलढुंगा ओखलढुंगा जिल्ला नेपालको पूर्वान्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अन्चलमा पर्दछ ।

मेरो प्यारो ओखलढुंगा

किंवदन्तीअनुसार राज्य एकीकरणको क्रममा भीम मल्लको फौजले किरात शासकहरुलाई धपाए । फौजले लुटेर ल्याएको धान एउटा खोपिल्टा परेको ढुंगामा कुटेर खाएका थिए । त्यही ढुंगाको ओखल रहेको ठाउँलाई ‘ओखलढुंगा’ भनिएको हो । ‘प्राचीन किरात राजा यलम्बरले पश्चिममा त्रिशुली नदीदेखि पूर्वमा टिस्टासम्म आफ्नो राज्य विस्तार गरेका थिए भन्ने अनुमान वा दावी सत्य भएको खण्डमा हालको ओखलढुंगा क्षेत्र पनि उक्त

राज्यमा परेको हुनुपर्छ भन्ने अड्कल गर्न सकिन्छ,’ मेचीदेखि महाकाली–१ पुस्तकमा छ, ‘अझसम्म पनि साधारण बोलीमा यो क्षेत्रलाई वल्लो किरात भनिने गरेकोबाट पनि किरातहरुको प्रभुत्व यस क्षेत्रमा रहेको अडकल गर्न गाह्रो पर्दैन ।’ ओखलढुंगालाई २०१८ सालको जिल्ला पुनर्गठनअघिसम्म ‘पूर्व तीन नम्बर’ भनेर चिनिन्थ्यो ।

काभ्रेमा रोशी खोलाले सडक अवरुद्ध, ओखलढुङ्गा जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहकाभ्रे, असार ३० — गएराति परेको...
15/07/2025

काभ्रेमा रोशी खोलाले सडक अवरुद्ध, ओखलढुङ्गा जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काभ्रे, असार ३० — गएराति परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाको रोशी खोलामा पानीको बहाव बढेपछि अधिकांश स्थानमा सडक अवरुद्ध भएको छ। खोलामा आएको बाढीले सडक कटान र पहिरो समेत ल्याएपछि आवागमन पूर्ण रूपमा रोकिएको स्थानीय प्रशासनले जनाएको छ।

सडक विभागले दर्जनौँ डोजर, स्काभेटर र प्राविधिक जनशक्ति परिचालन गरी बाटो खुलाउने प्रयास गरिरहेको भएपनि अविरल वर्षाले समस्या झन् जटिल बनाएको छ। हालसम्म सडक खुल्न नसकेको र जोखिम कायमै रहेको जनाइएको छ।

सडक अवरुद्ध हुँदा काठमाडौंबाट ओखलढुङ्गा, रामेछाप, र सोलुखुम्बु जाँदै आएका सवारी साधन खाडीचौर-चरिकोट-मन्थली मार्ग हुँदै वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्। यद्यपि त्यो मार्गमा पनि लगातारको वर्षाले यात्रा जोखिमपूर्ण भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाटोको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ।

स्थानीय प्रशासनले जोखिमपूर्ण स्थानहरूमा आवागमन नगर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

13/07/2025

नागरिक सेवामा समर्पित राष्ट्रलाई नै सर्वोच्च राखी,
हरेक टोल, समाजमा खटिने नेपाल प्रहरी नागरिकको साथी ।

ओखलढुंगाको चर्चित पहिरे खोलामा नेपाल प्रहरीद्वारा बिरामी स्टेचरमा वारीबाट पारी तार्दै। विगत लामो समयदेखिको पुल नबन्दा स्थानीय मारमा। असार २९ । पैह्रे खोला अबरुद्ध : गए राती भएको वर्साका कारण पैह्रे खोला अबरुद्ध भएको खबर छ । यात्रा गर्दा प्रहरी सङग समन्वय गरेर मात्र गर्नुहोला ! !
#ओखलढुंगा #

ओखलढुंगा र रामेछाप जोड्ने मोटरेबल पुलको गुणस्तरमाथि प्रश्न, स्थानीयद्वारा पुनर्निर्माणको मागओखलढुंगाको खिजीदेम्बा-७ र रा...
12/07/2025

ओखलढुंगा र रामेछाप जोड्ने मोटरेबल पुलको गुणस्तरमाथि प्रश्न, स्थानीयद्वारा पुनर्निर्माणको माग

ओखलढुंगाको खिजीदेम्बा-७ र रामेछापको उमाकुण्ड जोड्ने भेगकै महत्त्वपूर्ण मानिएको मोटरेबल पुलको निर्माण सम्पन्न भएको भनिए पनि स्थानीयले यसको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएका छन्। पुल निर्माणकै क्रममा पटकपटक प्राविधिक त्रुटि र कमसल सामानको प्रयोग भएको भन्दै विरोध हुँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको भनाइ छ।
पुल निर्माणका क्रममा सुरुदेखि नै यस क्षेत्रका एक प्राविधिक व्यक्तिले स्थलगत निरीक्षण गरी सामानको गुणस्तर र कामको शैलीमाथि प्रश्न उठाउँदै आएका थिए। उनको पहलमा काम रोकिएर सम्बन्धित निकायमा खबरसमेत गरियो। यद्यपि, प्राविधिकको कुरालाई बेवास्ता गर्दै अन्य जिम्मेवार व्यक्तिहरू पूर्वाग्रह राखी निर्माण कम्पनीको पक्षमा उभिएको ती प्राविधिकको आरोप छ।
हाल निर्माण कम्पनीका प्रतिनिधिले पुलको निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको बताएका छन्। तर, स्थलगत अवस्था भने सन्तोषजनक नभएको स्थानीयको भनाइ छ। उनीहरूले यो पुल आफ्नो भविष्यसँग जोडिएको बहुप्रतीक्षित संरचना भएको भन्दै कुनै पनि पूर्वाग्रह नराखी यसको गुणस्तर सुधार गर्नुपर्ने र सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
"यो हाम्रो सबैको साझा सम्पत्ति र राज्यको लगानीमा बनेको पुल हो। जस-जसले यसको पहल गर्नुभएको छ, जस उहाँहरूले नै लिने हो। तर, हामीलाई भरपर्दो र गुणस्तरीय संरचना चाहिएको छ," एक स्थानीयले बताए।
स्थानीयले राज्यको लगानीमा बनेको यो महत्त्वपूर्ण पुलको गुणस्तरमा कुनै सम्झौता हुन नहुने माग गरेका छन्। उनीहरूले यस विषयमा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदै पुलको आवश्यक मर्मतसम्भार वा पुनर्निर्माण गरी दिगो र भरपर्दो बनाउन आग्रह गरेका छन्।

सुन्दर चिसंखु गढी गाउँपालिका
11/07/2025

सुन्दर चिसंखु गढी गाउँपालिका

चिसंखु गढी गाउँपालिका ढुंगाना गाउ बाट सबैजनामा  सुभबिहानि
11/07/2025

चिसंखु गढी गाउँपालिका ढुंगाना गाउ बाट सबैजनामा सुभबिहानि

Highway update : वि.पि. राजमार्गमा आएको लेदोका कारण काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-९, पिन्थली क्षेत्रमा अवरुद्ध...
09/07/2025

Highway update :
वि.पि. राजमार्गमा आएको लेदोका
कारण काभ्रेपलाञ्चोक जिल्लाको
रोशी गाउँपालिका-९, पिन्थली क्षेत्रमा
अवरुद्ध भएको सडक हाल लेदो हटाएर
दुवैतर्फी सवारी आवागमन सुचारु भएको
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले
जनाएको छ।

पोकली झरना नजिकै रहेको पुवारू टोलमा गएरातिको वर्षाले २ घर जोखिममा पारेको छ । लिखु गाउँपालिका ९ मा पर्ने पुवारू टोलका पदम...
09/07/2025

पोकली झरना नजिकै रहेको पुवारू टोलमा गएरातिको वर्षाले २ घर जोखिममा पारेको छ । लिखु गाउँपालिका ९ मा पर्ने पुवारू टोलका पदमबहादुर मगरातीको घर माथिबाट झरेको पहिरो र सन्तबहादुर मगरातीको घर मुनिबाट झरेको पहिरोले घर जोखिममा पारेको हो । पदमबहादुरको घरको केही भाग पुरिएको र केही भाग चर्किएको स्थानीयले जानकारी दिएका छन् ।

09/07/2025
ओखलढुंगामा भीषण वर्षासँगै आएको पहिरोले प्रमुख सडकहरु अवरुद्धओखलढुंगा , असार २४ — मङ्गलबार साँझको अविरल वर्षासँगै आएको पह...
09/07/2025

ओखलढुंगामा भीषण वर्षासँगै आएको पहिरोले प्रमुख सडकहरु अवरुद्ध

ओखलढुंगा , असार २४ — मङ्गलबार साँझको अविरल वर्षासँगै आएको पहिरो र भलबाढीका कारण ओखलढुंगाका प्रमुख सडकहरू अवरुद्ध भएका छन्। पहिरोका कारण यातायात सम्पर्क पूर्ण रूपमा बन्द हुँदा स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन्।

सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुंगा –सोलुखुम्बु सडकखण्डको सिद्धिचरण नगरपालिका वडा नम्बर ७ स्थित चौतारा डाँडा भन्ने स्थानमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। सो स्थानमा खसेको पहिरोले मोटरसाइकल समेत आवतजावत गर्न नसक्ने गरी बाटो पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

त्यस्तै, ओखलढुंगा बाट रामपुर हुँदै पश्चिमतिर जाने सडकसमेत पहिरोले क्षति पु-याएको छ। मोलुङ गाउँपालिका–२, वरुणेश्वरको पहिरे खोला भन्ने स्थानमा सडकभन्दा मुनिबाट कटान भएर बाटो भासिँदा यातायात चल्न नसकेको प्रहरीले जानकारी दिएको छ। उक्त स्थानमा पनि मोटरसाइकल समेत चल्न नसक्ने अवस्था छ।

अहिले सडक डिभिजन कार्यालय र सुरक्षा निकायको टोलीले बुधबार बिहानैदेखि बाटो खुलाउने प्रयास जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। निरन्तर वर्षा भइरहेकाले उद्धार तथा सरसफाइ कार्यमा केही कठिनाइ भए पनि यथाशीघ्र यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिइएको छ।
त्यस्तै
Highway Update:
गए रातिको वर्षाका कारण विभिन्न स्थानमा लेदो झरेर विपि राजमार्ग
अवरुद्ध भएको छ भने सडक खुलाउने प्रयास भने भईरहेको छ। काभ्रे र सिन्धुली प्रहरी कार्यालयबाट सडकको जानकारी लिएर यात्रा गर्नुहोस्।

स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र सम्भावित जोखिमयुक्त क्षेत्रमा नजान समेत प्रहरीले अनुरोध गरेको छ। आगामी दिनमा पनि निरन्तर वर्षा जारी रहने सम्भावना भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ।

Address

Okhaldhunga

Website

Alerts

Be the first to know and let us send you an email when ओखलढुंगा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ओखलढुंगा:

Share