21/07/2025
लायन्स क्लव अफ पाल्पा भैरवको आयोजनामा तानसेनको वतासेडाडामा फुलहरुको वृक्षरोपण गरिएको छ । तानसेन नगरपालिका वडा नम्बर ५ बतासे डाँडामा पुरानो वृक्षलाई संरक्षण गर्दै नयाँ वृक्षारोपण गरिएको हो। वातावरणको जगेर्ना गर्ने र पर्यटकीय क्षेत्रको महत्व अझ बढाउन बतासे डाँडामा विक्षारोपण गरिएको आयोजकले जनाएको छ।