kandaranews.com

kandaranews.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from kandaranews.com, Purbakhola/3, Palpa.

आफूले माग गरेअनुसार विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा बजेट आएपछि प्रधानमन्त्रीसँग खुसी साट्दै : महावीर पुन।
29/05/2026

आफूले माग गरेअनुसार विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा बजेट आएपछि प्रधानमन्त्रीसँग खुसी साट्दै : महावीर पुन।

15/05/2026

जेठ १, रामपुर पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था रामपुर पाल्पाले ब्लक नम्बर १ को ब्लक स...

काठमाडौँ — २०८२ सालको एसईई नतिजा सोमबार सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीहरूले राति ९ बजेद...
11/05/2026

काठमाडौँ — २०८२ सालको एसईई नतिजा सोमबार सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीहरूले राति ९ बजेदेखि वेबसाइट, SMS, IVR तथा मोबाइल एपमार्फत नतिजा हेर्न सक्नेछन्।
यस वर्ष देशभरबाट करिब ५ लाख १२ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए। परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। सरकारले दिएको निर्देशनअनुसार यसपटक एक महिनाभित्रै नतिजा सार्वजनिक गरिएको हो।
SEE को नतिजा हेर्ने तरिका कमेन्ट मा छ।

10/05/2026

पूर्वखोला गाउँपालिका पाल्पा जिल्लाको पूर्वी भेगमा अवस्थित प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक विविध....

श्री सत्यवती देवीको नवनिर्मित मन्दिर समुद्घाटन सम्पन्नhttps://www.kandaranews.com/2026/05/10/15437/पाल्पा । पूर्वखोला गा...
10/05/2026

श्री सत्यवती देवीको नवनिर्मित मन्दिर समुद्घाटन सम्पन्न

https://www.kandaranews.com/2026/05/10/15437/

पाल्पा । पूर्वखोला गाउँपालिका–२ जल्पामा निर्माण गरिएको श्री सत्यवती देवीको नवनिर्मित मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता जल्पा वडाका जनप्रतिनिधि श्री नीर बहादुर सारुले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननीय श्री खेम बहादुर सारुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, गाउँपालिका प्रशासकीय अधिकृत राजु नेपाल तथा गाउँपालिका प्रवक्ता मेहर सिंह सारुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष नीर बहादुर सारुले सत्यवती देवी मन्दिर धार्मिक आस्था, संस्कृति र सामाजिक एकताको केन्द्रका रूपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले मन्दिर क्षेत्रको संरक्षण तथा थप पूर्वाधार विकासमा वडा कार्यालय निरन्तर लागिरहने उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउँदै यस्ता धार्मिक स्थलहरूले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक विकासमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।
त्यसैगरी गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले धार्मिक स्थलको विकासले गाउँपालिकाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गाउँपालिका प्रशासकीय अधिकृत राजु नेपालले धार्मिक तथा सामाजिक गतिविधिले समुदायमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।गाउँपालिका प्रवक्ता मेहर सिंह सारुले सत्यवती देवी मन्दिरको प्रचारप्रसार र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । साथै, धार्मिक पर्यटनको विकाससँगै स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको थियो ।कार्यक्रम सञ्चालन जल्पा स्वास्थ्य चौकी प्रमुख पदम बहादुर दर्लामीले गर्नुभएको थियो ।
फोटो :- Madhav Pandey

पिडाका बिच रमिता हेर्नेको भिडभाड । बुटवल ।
16/04/2026

पिडाका बिच रमिता हेर्नेको भिडभाड ।
बुटवल ।

नवलपुरको कावासोतीमा जारी महोत्सवमा दर्शकको ओईरो...
14/04/2026

नवलपुरको कावासोतीमा जारी महोत्सवमा दर्शकको ओईरो...

14/04/2026

पाल्पाको जल्पामा बद्री पंगेनीलाई पञ्चेबाजासहित हजारौं दर्शकद्वारा भव्य स्वागत
video - Madhav Pandey

13/04/2026

🎊 नववर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🎊

⚠️ गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढ्न सक्छ ⚠️गर्मी मौसममा लामखुट्टे बढ्दा डेंगी लगायतका रोग लाग्ने जोखिम पनि बढ्छ। त्...
12/04/2026

⚠️ गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढ्न सक्छ ⚠️
गर्मी मौसममा लामखुट्टे बढ्दा डेंगी लगायतका रोग लाग्ने जोखिम पनि बढ्छ। त्यसैले सबैले समयमै सचेत बनौं र आफ्नो घरपरिवार सुरक्षित राखौं। 🦟
✅ घर वरिपरि पानी जम्न नदिनुहोस्
✅ टायर, गमला, ड्रम, बोतल जस्ता भाँडामा पानी नराख्नुहोस्
✅ झुल प्रयोग गर्नुहोस्
✅ पूरा बाहुला भएका कपडा लगाउनुहोस्
✅ सरसफाइमा विशेष ध्यान दिनुहोस्
सामान्य सावधानी अपनाऔं, डेंगीबाट बचौं, स्वस्थ रहौं। 🙏
✍️ www.kandaranews.com
पूर्वखोला मिडिया प्रा. लि.

Address

Purbakhola/3
Palpa

Alerts

Be the first to know and let us send you an email when kandaranews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to kandaranews.com:

Share