Arunodaya Educational Foundation

Arunodaya Educational Foundation Education

16/09/2025

आदरणीय अभिभावक ज्यू ,
उपरोक्त सम्बन्धमा नेपाल सरकारको निर्णय अनुसार Zen-Z आन्दोलनको क्रममा वीरगति प्राप्त गर्नुभएका अमर शहीदहरूको सम्मानमा २०८२ साल असोज १ गते बुधबारका दिन राष्ट्रिय शोक विदा दिइएको छ। यसैबिच भोलिको निर्धारित परीक्षा असोज ७ गते मङ्गलबार हुने र असोज २ गते देखिको परीक्षा यथावत सञ्चालन हुने व्यहोरा जानकारी गरिन्छ ।।

बिधालय प्रशासन
९८५११६५८४५
९८४११०८६७५

13/09/2025

आदरणीय अभिभावक ज्यु, शिक्षक साथीहरु र विद्यार्थीहरु,
मिति २०८२/०५/२९ गते आइतबार बाट बिधालयको नियमित पठनपाठन शुचारु हुने जानकारी गराउदछौ ।।

यसैगरी बिधालयको दोस्रो त्रैमासिक परिक्षा को नयाँ परिक्षा तालिका (New Exam Routine ) पनि बिधालयमा भोलि नै बितरण गरिने जानकारी गराउदछौ ।

बिद्यालय प्रशासन

12/09/2025

विद्यार्थी र अभिभावकका लागि सुझावहरू
आदरणीय अभिभावक र प्रिय विद्यार्थीहरू, यो अप्ठ्यारो समय हाम्रो एकता र लगनशीलताको समय हो। विद्यालयका ढोका अस्थायी रूपमा बन्द भए पनि सिकाइको यात्रा कहिल्यै रोकिँदैन। यो समयलाई हामीले रचनात्मक र उत्साहपूर्ण बनाएर, ज्ञानको उज्यालो बालेर अगाडि बढ्न सक्छौं।

विद्यार्थीहरूका लागि मुख्य सुझावहरू
1. पुस्तकसँग मित्रता र नोट्स लेखन: पाठ्यपुस्तकलाई प्रिय साथी बनाएर बिस्तारै र रुचिपूर्वक पढ्नुहोस्। महत्त्वपूर्ण बुँदाहरू टिपोट गर्नुहोस्, जसले बुझाइ र सम्झना गहिरो बनाउँछ।

2. प्रश्नपत्र र प्रश्न अभ्यास: पुराना प्रश्नपत्रहरू समाधान गर्नुहोस् र पाठबाट आफैं प्रश्न बनाएर उत्तर लेख्ने अभ्यास गर्नुहोस्। यसले परीक्षाको तयारी र समय व्यवस्थापनमा सहयोग गर्छ।

3. भाषा र शब्दको विकास: नयाँ शब्दहरूको अर्थ खोजेर दैनिक प्रयोग गर्नुहोस्। निबन्ध, कथा, कविता वा दैनिकी लेखेर भाषा र रचनात्मकता उजागर गर्नुहोस्।

4. गणितको अभ्यास: दैनिक गणितका समस्याहरू समाधान गर्नुहोस्।

5. पठन र शैक्षिक स्रोतको उपयोग: समाचार पत्र, पत्रिका, उपन्यास वा शैक्षिक टिभी/रेडियो कार्यक्रमहरूको मजा लिनुहोस्। इन्टरनेटका शैक्षिक वेबसाइट र भिडियोहरूको उपयोग गर्नुहोस्।

6. रचनात्मकता र समूह अध्ययन: चित्रकला, संगीतजस्ता रचनात्मक गतिविधिमा रमाउनुहोस्। साथीहरूसँग अनलाइन समूह बनाएर सहकार्यमा सिक्नुहोस्।

7. समय व्यवस्थापन र समीक्षा: नियमित समय तालिका बनाएर अनुशासित पढाइ गर्नुहोस्। सिकेका कुराहरूलाई बारम्बार दोहोर्‍याएर सम्झनालाई बलियो बनाउनुहोस्।
अभिभावकलाई विशेष अनुरोध

आदरणीय अभिभावकहरू, तपाईंका बालबालिकाको सपनालाई उडान दिने पखेटा तपाईंको प्रेरणा र साथ हो। उनीहरूको पढाइमा रुचि जगाउनुहोस्, उनीहरूलाई प्रोत्साहित गर्नुहोस् र समयको रचनात्मक उपयोग गर्न मार्गदर्शन गर्नुहोस्। तपाईंको सानो सहयोगले उनीहरूको आत्मविश्वास र उत्साहले नयाँ उचाइ छुनेछ।
यो कठिन समय हाम्रो धैर्य, एकता र सिकाइप्रतिको लगावको परीक्षा हो। तर, हामीसँग ज्ञानको असीम शक्ति र सँगै उभिने अदम्य साहस छ। हरेक चुनौतीलाई अवसरमा बदल्दै, हामी हाम्रा बालबालिकाको उज्ज्वल भविष्यको आधार तयार गरिरहेका छौं। आउनुहोस्, हातमा हात राखेर, यो यात्रालाई प्रेरणादायी र अविस्मरणीय बनाऔं, र सिकाइको दियो सधैं उज्यालो बनाइराखौं। तपाईंको विश्वास र सहयोगका लागि हृदयदेखि धन्यवाद!

11/09/2025

श्री नवदुर्गा साकोस को २२औं साधारण सभामा हाम्रा विद्यार्थीहरुको प्रस्तुती ।।
२०८२/०५/२१
Manila Shrestha Isha Pokhrel Kripa KC Kristina Surkheti

10/09/2025

आदरणीय अभिभावक ज्यु, शिक्षक साथीहरु र विद्यार्थीहरुमा नमस्कार ।।

देशका विभिन्न भागहरूमा निरन्तर रूपमा भएको आन्दोलन तथा असहज परिस्थितिका कारण पनौती नगरपालिका शिक्षा शाखाको निर्देशन अनुसार मिति २०८२/५/२७ गते शुक्रबार सम्म बिद्यालय बिदा हुने जानकारी गराउँदछौं ।

बिद्यालय प्रशासन

शोक बिदा सम्बन्धि  सूचना ।।आज २०८२ भाद्र २३ गते काठमाडौं लगायत देशका विभिन्न भूभागमा भएका दुःखद घटनाहरूमा परी धेरैजना वि...
08/09/2025

शोक बिदा सम्बन्धि सूचना ।।

आज २०८२ भाद्र २३ गते काठमाडौं लगायत देशका विभिन्न भूभागमा भएका दुःखद घटनाहरूमा परी धेरैजना विद्यार्थीहरूले ज्यान गुमाएको समाचारले हामीलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ।

उक्त घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै, दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौं।

यस शोकपूर्ण परिस्थितिमा २०८२ भाद्र २४ र २५ गते (दुई दिन) हाम्रो विद्यालयको सम्पुर्ण पठनपाठन बन्द रहनेछ।

शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। एबम घाइते हरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।।
😭😭😭

🇳🇵🇳🇵राष्ट्रिय सेवा दल, नेपाल सि. सं.५१ जुनियर डिभिजन एन सी.सी. तालिमको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न ।यस विशेष अवसरमा र...
31/08/2025

🇳🇵🇳🇵राष्ट्रिय सेवा दल, नेपाल सि. सं.५१ जुनियर डिभिजन एन सी.सी. तालिमको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न ।

यस विशेष अवसरमा राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय, महोत्तरी–बर्दिबासका तालिम अधिकृत सेनानी सुरेश के.सी.ज्यू लगायत अन्य महानुभावहरुको उपस्थितिले कार्यक्रमलाई थप गौरवशाली र प्रेरणादायी बनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण प्रशिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं। 🙏

25/08/2025

*This is to inform all the respected teachers, parents, staffs, and students from grade PG to 10 that the school will remain closed on the occasion of "Teej" and "Rishi Panchami" as per the academic calendar.
* It is also informed that school remains closed on 11th of the month for the celebration and respect of female teachers and staffs and womenhood.

*Holiday Schedule:
Teej Festival: 2082/05/10 (Tuesday)
Celebration holiday:2082/05/11(Wednesday)
Rishi Panchami Festival: 2082/05/12 (Thursday)

*Regular classes will resume from the following day (Friday).
*The school family extends its warm wishes to all for a joyful celebration of these festivals. May this occasion bring peace, happiness, and good health to everyone.

Happy Teej & Rishi Panchami !!!

Address

Arun Marg
Panauti Village

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

011-440312

Website

Alerts

Be the first to know and let us send you an email when Arunodaya Educational Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arunodaya Educational Foundation:

Share