21/07/2025
कैलालीमा विष खुवाएर शिक्षकको हत्या !
कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुरका लोकेन्द्र रावल, जानकी गाउँपालिकाका सुनिल रावल, र वीरेन्द्र हमाल छन्।
धनगढीका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु शनिबार खाजा खाने बेला टीकापुरस्थित लोकल स्टेशन कटेजमा भएको थियो। बेहोस भएपछि अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
पन्तलाई विष खुवाएर हत्या गरिएको आरोपमा उनका साथीहरू विरुद्ध जाहेरी परेपछि प्रहरीले अनुसन्धान गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो। मृतक पन्त जानकी गाउँपालिका–४ को जनता माध्यमिक विद्यालयमा शिक्षक थिए।