Kasthamandap Television Gold

Kasthamandap Television Gold Launched in July 2022, as one of the private television channels, this is the official page

विराटनगर किङ्स र एभरेस्ट बैंकबीच सहकार्यको निरन्तरतानेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स...
05/10/2026

विराटनगर किङ्स र एभरेस्ट बैंकबीच सहकार्यको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर रहने भएको छ।

विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो। विराटनगर किंग्स र एभरेस्ट बैंकबीचको सहकार्यसम्बन्धी सम्झौता विराटनगरमा एक कार्यक्रमबीच सम्पन्न भएको छ।

नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको बैंक र विराटनगर किंग्सबीचको यो सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास गरिएको छ।

सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ। टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने अभियानमा कर्पोरेट क्षेत्रको साथ महत्वपूर्ण रहेको जनाएको छ।

विराटनगर किङ्सले एभरेस्ट बैंकलाई निरन्तर विश्वास, सहयोग र सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यो साझेदारीलाई अझ प्रभावकारी र दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको निरन्तर सहकार्यले खेलकुद र कर्पोरेट क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

05/10/2026

मिडियाबारे क्यान अध्यक्ष चतुर बहादुर चन्दको भनाई।😱

THE GOD OF NEPALI CRICKET 🥹
05/10/2026

THE GOD OF NEPALI CRICKET 🥹

04/10/2026

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय क्रिकेट टोलीका सिनियर तथा जुनियर खेलाडीलाई अनुशासनको विषयलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्।

रेड पल्टन च्याम्पियनसिप २०२६: दाङ र रुपन्देही फाइनलमा प्रवेश!एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आज  सम्पन्न रेड पल्टन च्या...
04/10/2026

रेड पल्टन च्याम्पियनसिप २०२६: दाङ र रुपन्देही फाइनलमा प्रवेश!

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आज सम्पन्न रेड पल्टन च्याम्पियनसिप २०२६ का सेमिफाइनल खेलहरूले अत्यन्तै रोमाञ्चक नतिजाहरू दिएका छन्।

आज भएको पहिलो सेमिफाइनलमा दाङले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पछ्याउने क्रममा बर्दिया १८ ओभरमा ८१ रनमै अलआउट हुँदा दाङ १५ रनले विजयी भयो।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तुले दिएको ९१ रनको सामान्य लक्ष्य रुपन्देहीले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो, जससँगै रुपन्देही ९ विकेटले शानदार जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि दाङ र रुपन्देहीबीच कडा प्रतिस्पर्धा हुनेछ ।

भरतपुर स्पोर्ट्स क्लबद्वारा आयोजित बीसिएप्राइड लिगको उद्घाटन खेलमा भरतपुर बुल्सले जित हात पारेको छ भने दोस्रो खेलमा माडी...
04/10/2026

भरतपुर स्पोर्ट्स क्लबद्वारा आयोजित बीसिएप्राइड लिगको उद्घाटन खेलमा भरतपुर बुल्सले जित हात पारेको छ भने दोस्रो खेलमा माडी टाइगर्सले जित हात पारेको छ।

ICC Cricket World cup league २ का लागि ओमान प्रस्थान गर्ने नेपाली पुरुष क्रिकेट टोलिलाई बिधाई गरिएको छ।
04/10/2026

ICC Cricket World cup league २ का लागि ओमान प्रस्थान गर्ने नेपाली पुरुष क्रिकेट टोलिलाई बिधाई गरिएको छ।

04/10/2026

सोम्पाल कामीको XTREME संगको सम्झौताका लागि विशेष इन्ट्री 😍❤️ |

04/10/2026

XTREME संगको सम्झौताको लागी रोहित पौडेलको इन्ट्री ।😍❤️

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सस्ट्रीमको “पावरफुल” साझेदारीः राष्ट्रिय टोलीका ९ खेलाडी बने “टिम एक्सस्ट्रीम” का सदस्य  ...
04/10/2026

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सस्ट्रीमको “पावरफुल” साझेदारीः राष्ट्रिय टोलीका ९ खेलाडी बने “टिम एक्सस्ट्रीम” का सदस्य

​
नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सस्ट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई "टिम एक्सस्ट्रीम" का सदस्यका रूपमा आबद्ध गरेको छ।

​काठमाडौंस्थित एभरेष्ट होटलमा आज आयोजित विशेष कार्यक्रममा एक्सस्ट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।
​सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम "टिम एक्सस्ट्रीम" का सदस्यका रूपमा आबद्ध भएका छन्।

​सम्झौतापछि आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सस्ट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, एक्सस्ट्रीम इनर्जी ड्रिंकले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसमबन्धी गतिविधिमा पनि यी खेलाडीहरूको सहभागिता रहनेछ।

​नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राख्दै गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपाली क्रिकेटको विकास र खेलाडीलाई प्रोत्साहन गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्तो सहकार्य महत्वपूर्ण हुने एक्सस्ट्रीम इनर्जी ड्रिंकले जनाएको छ।

​

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Kasthamandap Television Gold posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kasthamandap Television Gold:

Shortcuts

Share

Category