Demo Khabar

Demo Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Demo Khabar, Media/News Company, Patan.

चालु आव - ' आर्थिक वृद्धिदरमा सुधार ' : प्रधानमन्त्री ओली डेमाे खबर शनिबार, असार २८ २०८२16SHARES   चालु आव  - '  आर्थिक ...
12/07/2025

चालु आव - ' आर्थिक वृद्धिदरमा सुधार ' : प्रधानमन्त्री ओली
डेमाे खबर
शनिबार, असार २८ २०८२

16
SHARES

चालु आव - ' आर्थिक वृद्धिदरमा सुधार ' : प्रधानमन्त्री ओली
तस्बिर : साभार कान्तीपुर


काठमाडौँ, असार । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा आर्थिक वृद्धिदरमा सुधार भएको बताएका छन ।

आफ्नो नेतृत्वमा सरकार गठन हुनुपूर्व ३ दशमलव ८७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा यसवर्ष ४ दशमलव ६१ पुगेको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन ।

साथै उनले अर्थतन्त्रका १८ वटा सूचकहरु सकारात्मक रहेका जनाउँदै आर्थिक उन्नयनका निम्ति सरकार क्रियाशील रहेको बताएका छन ।

हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौँ”, प्रधानमन्त्री ओलीले लेखेका छन ।

शिक्षा, स्वास्थ्य सेवा, सूचना प्रविधि, व्यापार, प्रशासनिक सेवा, निर्माण, उद्योग, विद्युत् तथा ग्यास, खानी, यातायात, बैक तथा बीमा, औद्योगिक उत्पादन, घरजग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा र आवास क्षेत्रका सूचक सकारात्मक छन् ।

बाढी र पहिरोको प्रकोप : ' देशका विभिन्न पाँच मुख्य राजमार्ग अवरुद्ध ' डेमाे खबर शनिबार, असार २८ २०८२21SHARES   बाढी र पह...
12/07/2025

बाढी र पहिरोको प्रकोप : ' देशका विभिन्न पाँच मुख्य राजमार्ग अवरुद्ध '
डेमाे खबर
शनिबार, असार २८ २०८२

21
SHARES

बाढी र पहिरोको प्रकोप : ' देशका विभिन्न पाँच मुख्य राजमार्ग अवरुद्ध '


काठमाडौँ, असार । बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् ।

पहिराले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग, कालीगण्डकी करिडोरका साथै खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा सवारी साधन सञ्चालन भएका हुन् ।

देशमा केही भएन भन्ने भ्रम फैलाउने प्रयास गलत : उपप्रधानमन्त्री सिंह डेमाे खबर शनिबार, असार २८ २०८२41SHARES   देशमा केही ...
12/07/2025

देशमा केही भएन भन्ने भ्रम फैलाउने प्रयास गलत : उपप्रधानमन्त्री सिंह
डेमाे खबर
शनिबार, असार २८ २०८२

41
SHARES

देशमा केही भएन भन्ने भ्रम फैलाउने प्रयास गलत : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, असार । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन ।

आज यहाँ नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरे ।

उनले भने, “देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीहरूले सत्य–तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ ।

विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ । अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो ।”

उनले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएकोमा जोड दिए ।

आफू विद्यार्थी हुँदा विषय छनोटमा सीमितता रहेको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमै बसेर अन्तरराष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था सिर्जना भएको बताउनुभयो ।

“देशलाई विकास र निर्माणको बाटोमा अगाडि बढाउने जिम्मेवारी हाम्रो हो, यसमा हामी गम्भीर भएर काम गर्नुपर्छ र गरिरहेका छौँ”, उनले भने ।

उपप्रधानमन्त्री सिंहले अध्ययनका लागि मात्र विदेश जानुपर्ने बाध्यता अहिले नरहेको बताउँदै देशमै बसेर उच्च शिक्षा आर्जन गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

कञ्चनपुरमा औलोको जोखिम बढ्दै शनिबार, असार २८ २०८२196SHARES   कञ्चनपुरमा औलोको जोखिम बढ्दैकञ्चनपुर, असार ।  कञ्चनपुरमा औल...
12/07/2025

कञ्चनपुरमा औलोको जोखिम बढ्दै
शनिबार, असार २८ २०८२

196
SHARES

कञ्चनपुरमा औलोको जोखिम बढ्दै
कञ्चनपुर, असार । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म औलोबाट जिल्लामा ५६ जना सङ्क्रमित भएका छन् । भारत र अफ्रिकन मुलुकबाट फर्केका व्यक्तिहरूमा औलोको सङ्क्रमण उच्च रहेको पाइएको छ । भारतबाट फर्केका ५२ जना, अफ्रिकन मुलुकबाट फर्केका दुई जना र स्थानीय दुई जनामा औलोको सङ्क्रमण देखा परेको औलो निरीक्षक भट्टले बताउनुभयो ।

प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्स लगायतका दुई परजिविबाट औलो सर्ने गर्दछ”, निरीक्षक भट्टले भन्नुभयो, “भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ, समयमै उपचार नभए फाल्सिपारमबाट बिरामीको मृत्यु हुनसक्ने सम्भावना उच्च रहने गर्दछ ।”

औलो सङ्क्रमितमध्ये प्लाज्मोडियम फाल्सिपारमबाट १२ जना र प्याज्मोडियम भाइभेक्सबाट ४४ जना बिरामी सङ्क्रमित भएको पाइएका छन् । गत वर्षको यसै अवधिमा भारतलगायत मुलुकबाट फर्केका २९ जनामा औलोको सङ्क्रमण देखा परेको थियो । बर्सेनि भारतबट फर्कने व्यक्तिहरूमा औलोको सङ्क्रमण देखिँदै आएको छ, स्थानीय औलोका बिरामी न्यून मात्रामा रहे पनि आयातीत बिरामीको सङ्ख्या बढ्दो छ”, औलो निरीक्षक भट्टले भन्नुभयो, “खुला सीमानाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमानाकामै औलोका शङ्कास्पद बिरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाउन आवश्यक छ ।

औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी पनि चुस्ने र लामखुट्टे सङ्क्रमित हुने भएकाले त्यस्ता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने उहाँको भनाइ रहेको छ । उहाँका अनुसार औलोबाट बच्न साँझ बिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिनुहुँदैन । आँैलो रोगबाट बच्ने उत्तम उपाय नै लामखुट्टेलाई टोक्न नदिनु नै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङख्या शून्यमा झार्ने लक्ष्य लिइएको छ ।

सुशासन, दु्रत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे शनिबार, असार २८ २०८२151SHARES   स...
12/07/2025

सुशासन, दु्रत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
शनिबार, असार २८ २०८२

151
SHARES

सुशासन, दु्रत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
काठमाडौँ, असार।सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका लागि अफ्रिकी मुलुक रुवाण्डा विश्वमै एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताउनुभएको छ ।

भूपरिवेष्टित एवं अल्पविकसित मुलुक रुवाण्डाको ३१औँ मुक्ति दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले केही वर्षअघि मात्र कूटनीतिक सम्बन्ध कायम भएको रुवाण्डासँग पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, व्यापारलगायतका क्षेत्रमा सहकार्य गरी लाभान्वित हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

द्वन्द्वका कारण अपुरणीय धनजनको क्षति व्यहोरेका दुवै देशले राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा उल्लेखनीय योगदान गरेको उल्लेख गर्दै उहाँले अल्पविकसित राष्ट्रका हैसियतले आपसी सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिइ दुवै देशका जनताको जीवनस्तर सुधारका पक्षमा यथासक्य बढी सहकार्य हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

भारत र नेपालका लागि गणतन्त्र रुवाण्डाकी राजदूत मुकाङ्गीरा जाक्लीनले सुशासन, पारदर्शिता, लैङ्गिक समानता, समावेशी सहभागिताजस्ता महत्वपूर्ण एवं आधारभूत पक्षलाई प्राथमिकता दिइ तीव्र आर्थिक वृद्धिदरका साथ रुवाण्डा अहिले विकास र समृद्धिको बाटोमा अघि बढिरहेको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई विश्वासमा लिइ शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रुवाण्डाबाट समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने सन्दर्भमा पाठ सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

रुवाण्डाको अवैतनिक परिषद्का ‘डिन’ को भूमिकामा रहनुभएका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार सन् २०१५ मा प्रतिव्यक्ति आय करिब २०० अमेरिकी डलर मात्र भएको रुवाण्डामा कुल ग्राह्स्थ उत्पादन १० प्रतिशतसम्म वृद्धि भइ अहिले प्रतिव्यक्ति आय ८०० अमेरिकी डलर पुगेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् १९९४ मा हत्याहिंसा र द्वन्द्वको चपेटाबाट मुक्त भएको रुवाण्डाले आन्तरिक तथा वाह्यदेशको समेत लगानी आकर्षित गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा अतुलनीय प्रगति गरेको बताउनुभयो ।

सो कार्यक्रमको आयोजक समेत रहनुभएका नेपालका लागि रुवाण्डाका अवैतनिक दूत प्रज्वलजङ्ग पाण्डेले नेपाल र रुवाण्डाबीचको व्यापारव्यवसाय प्रबद्र्धन, दिगो शान्ति र समृद्धि तथा कूटनीतिक सम्बन्ध विस्तारका पक्षमा आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले लगानीका हिसावले सहकार्यका क्षेत्रहरूको पहिचान गरी दुवै देशका जनतालाई लाभान्वित तुल्याउन आवश्यक सहकार्य गरौँ भन्नुभयो । विश्वमै कफी उत्पादन तथा निर्यातमा महत्वपूर्ण योगदान रहेको रुवाण्डाले दिगो शान्ति, द्वन्द्वरत पक्षबीचको मेलमिलाप, पुनःनिर्माणसहित विश्वशान्तिका पक्षमा मौलिक तथा उदाहरणीय काम गरेको सो अवसरमा बताइयो ।

मनसुनी वायुको प्रभाव देशभर : " यी प्रदेशमा भारी वर्षा हुने अनुमान " डेमाे खबर शनिबार, असार २८ २०८२306SHARES   मनसुनी वाय...
12/07/2025

मनसुनी वायुको प्रभाव देशभर : " यी प्रदेशमा भारी वर्षा हुने अनुमान "
डेमाे खबर
शनिबार, असार २८ २०८२

306
SHARES

मनसुनी वायुको प्रभाव देशभर : " यी प्रदेशमा भारी वर्षा हुने अनुमान "


काठमाडौँ, असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन- चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च- पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भू - भागका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपाल - चीन मितेरी पुल बग्यो : ' मानसरोवर जाने यात्रु समस्यामा ' रासस शनिबार, असार २८ २०८२266SHARES   नेपाल - चीन मितेरी...
12/07/2025

नेपाल - चीन मितेरी पुल बग्यो : ' मानसरोवर जाने यात्रु समस्यामा '
रासस
शनिबार, असार २८ २०८२

266
SHARES

नेपाल - चीन मितेरी पुल बग्यो : ' मानसरोवर जाने यात्रु समस्यामा '


काठमाडौँ असार । पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार एक विज्ञप्ती जारी गरी गत मङ्गलबार विहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्री समस्यामा परेको बताएका हुन ।

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली तथा विदेशी तीर्थयात्री तथा पर्यटक तिब्बत प्रवेश गर्नबाट वञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकासँग कुटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रूपमा राहदानी उपलब्ध गराउन गराउनसमेत सरकासँग माग गरे ।

उनले नेपालस्थित चिनीया राजदूतावासँग कुटनीतिक पहल गरी भिषा प्रकृयालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन र काठमाडौँमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउनका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे ।

टानले बाढीबाट मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै हराएकाको चाँडो खोजी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

सांसदसँग रासस संवाद संसदमा विवेकभन्दा आवेग हाबी - ' अवरोध र बहिष्कार बढ्याे ' : सांसद शर्मा डेमाे खबर शनिबार, असार २८ २०...
12/07/2025

सांसदसँग रासस संवाद
संसदमा विवेकभन्दा आवेग हाबी - ' अवरोध र बहिष्कार बढ्याे ' : सांसद शर्मा
डेमाे खबर
शनिबार, असार २८ २०८२

291
SHARES

संसदमा विवेकभन्दा आवेग हाबी - ' अवरोध र बहिष्कार बढ्याे ' : सांसद शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । संसद्मा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिनुभएका सांसद शर्मा राष्ट्रिय एजेण्डा उठाउन, लोकतान्त्रिक सुसंस्कृतिको अभ्यास गर्न र जनतालाई दिइएका वाचा पूरा गर्न क्रियाशील हुनुहुन्छ ।

तार्किक बहस र भद्र प्रस्तुतिको बेग्लै परिचय बनाउनुभएका महामन्त्री शर्मा जलवायु न्यायका वकालतकर्ता समेत हुनुहुन्छ । सांसद शर्माले राजनीतिलाई नैतिक र पारदर्शी बनाउन कानुन कडा बनाउनुपर्ने र त्यसको कार्यान्वयनमा इमानदारी जरुरी भएको धारणा राख्नुहुन्छ ।

झापाको मेचीनगर–५ स्थायी बसोबास रहेका शर्माले विस २०४१ मा नेपाल विद्यार्थी सङ्घको विद्यालय अध्यक्ष भई प्रजातान्त्रिक विचारधारालाई आत्मसात् गर्नुभएका उहाँ सोही सङ्घको क्याम्पस अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री, उपाध्यक्ष हुँदै अध्यक्ष हुनुभयो ।

त्यसपछि शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य, प्रवक्ता हुँदै विसं २०७८ देखि महामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्य शर्मासँग संसदीय अभ्यास, संसद्मा देखिने गरेका अवरोध, राजनीतिक सुधार, नयाँ नेतृत्वको तयारीलगायतका विषयमा राससका संमाचारदाता प्रगति ढकालले गर्नुभएको कुराकानीको सम्पादित अंशः

यहाँको संसदीय अभ्यासको अनुभव बताइदिनुहोस् न ?

प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएर आएको पहिलो पटक हो । पहिलो पटकमा सामान्यतया सिक्ने कुरा नै पहिलो अवसरको रूपमा प्रयोग गर्नुपर्छ भन्ने लाग्छ । कतिपय नसिक्नुपर्ने पाठहरू पनि पढिरहेको छु । राम्रा काम पनि संसद्बाट भएका छन् ।

संसद्बाट राम्रा सन्देश नगएका पनि उदाहरण छन् । कुन कुरालाई जीवनमा आत्मसात् गर्ने, कुन कुराबाट प्रभावित हुने र के कुरालाई अनुसरण गर्ने भन्ने महत्वपूर्ण हुन्छ । अहिले म सिक्ने चरणमा नै छु ।

संसद्मार्फत राष्ट्रिय राजनीतिका कतिपय महत्वपूर्ण विषयहरूमा आफ्नो स्पष्ट दृष्टिकोण राख्ने प्रयास गरिरहेको छु । आफ्नो निर्वाचन क्षेत्रको विकास र समग्र मुलुकको विकासमा पनि उचित ठानिएका विषयलाई आफ्ना प्रस्तुतिमा समेट्ने प्रयास गरिरहेको छु ।

संसद्मा यहाँले कस्ता एजेन्डा प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ र ती एजेन्डा सम्बोधन भएका छन् ?

संसद्मा उठाइएका विषयवस्तु सम्बोधन नहुँदासम्म निरन्तर प्रयास गरिरहनुपर्छ । मैले निर्वाचनको समयमा नै सोचेका मुख्य दुई–तीन विषय थिए । बाटो बन्नु र बिजुली बल्नु मात्र विकास होइन, समग्र मानव विकास नै विकास हो । तर राजनीतिक प्रणालीलाई सुसंस्कृत बनाउँदै जानुपर्छ ।

यो कर्तव्य राजनीतिक दलहरूको हो । राजनीतिक दलको आलोचना त हुन्छ, तर ती आलोचनालाई कति विनम्र बनाएर लैजाने भन्ने हुन्छ ।

शब्दमा विनम्रता र भावमा क्रान्तिकारी भाव राख्दा पनि आफ्नो कुरा खरो रूपमा राख्न सकिन्छ । ठूलो स्वरमा र कडा शब्द मात्रै राखेर अगाडि बढ्ने कुरा संसदीय संस्कृति होइन । त्यसमा विपक्षीको आलोचना, सरकारको आलोचना, आफ्नै आलोचना लोकतन्त्रमा स्वभाविक हो ।

अब राजनीतिमा परिवर्तन जरुरी छ । अर्को कुरा, मुलुकको विकासमा हामी कहाँ चुक्यौँ ? यसको व्याख्या पनि आउनुपर्छ । नबन्नुपर्ने संरचनाहरू बनेका छन्, घाटा बेहोर्नुपरेको छ । बन्नैपर्ने संरचना बनाउन कतिपय स्थानमा ध्यान पुगेन । लहडमा हुने कुरालाई रोक्नुपर्छ । उत्पादनशील क्षेत्रमा राज्यको लगानी हुनुपर्छ ।

कामको गति बढाउने सन्दर्भमा संसद्मा मैले निरन्तर बोलिरहेको छु । तर संसद्मा मात्र बोलेर हुँदैन भनेर मैले ‘ऐना’ कार्यक्रममार्फत पनि विषय उठान गरिरहेको छु । धनी मुलुकचाहिँ राति पनि बाटो बनाउँछ ।

गरिब राष्ट्र नेपालचाहिँ ‘सूर्य अस्त, नेपाल मस्त’ किन हुन्छ ? नेपालले तीन सिफ्टमा काम गर्नुपर्छ । तीन सिफ्टमा तीन समूह श्रमिकले कार्य गर्न सम्भव पनि छ । तसर्र्थ राजनीतिक परिवर्तनदेखि, गरेका गल्तीहरूमा सुधार गरेर अगाडि बढ्ने कुरा, काम गर्ने शैलीमा रूपान्तरण गर्ने कुरा निर्वाचनको समयदेखि संसद्मा राख्दै आएको छु ।

यहाँले प्रतिनिधित्व गर्ने क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्न पहल कस्तो छ त ?

सामान्यतया एउटा सांसदले आफ्ना निर्वाचन क्षेत्रहरूमा दुई–तीन वटा काम गर्नुपर्छ । त्यो क्षेत्रसँग सम्बन्धित मुद्दाहरू संसद्मा प्रस्तुत गर्नुपर्छ । जस्तै, डुबान, नदी तटबन्धका कुराहरू मैले उठाउँदै आएको छु । कतिपय व्यक्तिले धनीपुर्जा नपाएको अवस्था छ, अव्यवस्थित बसोबास, सुकुम्बासीका समस्या छन् । यी समस्या सम्बोधन गरियोस् भनेर कुरा उठाउँदै आएको छु ।

भारतबाट ठूलो सङ्ख्यामा झापामा हात्ती प्रवेश गरेर मानिसको ज्यान लिएको छ, यस्ता समस्याहरू पनि उठाएँ । यही असार ३० गते सबै राजनीतिक दल एकै ठाउँमा उभिएर करिब दुई सयजना नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरी वर्षौंदेखिको समस्यालाई हल गर्दैछौँ ।

हात्तीको समस्या समाधान गर्न गएको तीन महिनामा मात्रै रु साढे चार करोड थप निकासा गराएर हात्ती नियन्त्रणको काम भइरहेको छ ।

रु अढाइ करोड मूल्य बराबरको वन मन्त्रालयमार्फत १८ किलोमिटर लामो सोलार फेन्सिङ बनाउने क्रममा जाँदैछौँ । ती क्षेत्रमा यी मुद्दाहरू ज्वलन्त थिए । त्यसबाहेक पर्यटनको सन्दर्भमा पनि कामहरू भएका छन् ।

चन्द्रागढ भन्ने ठाउँमा सिमसार छ, त्यसलाई बजेट राखेर पर्यटकीय विकासका कामहरू गर्दैछौं । काँकडभित्तामा खेल मैदान निर्माणका लागि पहल भएको छ ।

बुद्धशान्ति गाउँपालिकाको वडा नं ६ र ७ वारि र पारिमा जोड्ने रु पाँच करोड ९८ लाखको लागतमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल बनायौँ । खानेपानीका परियोजना लगेका छौँ । झापामा सामुदायिक इञ्जिनियरिङ क्याम्पस खुलेको छ । त्यो सबैको प्रयास थियो, तर म जनप्रतिनिधि भएकाले मेरो पहल अलिक बढी भयो ।

बजेट बनाउने बेलामा, कुनै पनि दलले आफ्नो गल्तीबाट प्रभावित भएर प्रस्तुति गर्न हुन्न । झापा क्षेत्र नं १ को सन्दर्भमा, सङ्घीय सांसद कांग्रेसको, प्रदेश सांसद राष्ट्रिय प्रजातन्त्र पार्टीको, अर्को प्रदेश सांसद कांग्रेसको, नगरप्रमुख एमालेको, अन्य स्थानीय तहका प्रमुख पनि विभिन्न दलका छन् तर हामी सबै एकै ठाउँमा बसेर सल्लाह गर्छौं, काठमाडौँ आएर प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीलाई भेट्छौँ ।

हामी राजनीतिलाई आफ्नो ठाउँमा राखेर, विकासको सन्दर्भमा एकै ठाउँमा उभिन्छौँ । विकासका प्राथमिकता प्रस्तुत गरेर बजेट माग गर्छौं । विकास र समृद्धि सहकार्यमा हुनुपर्छ । प्राथमिकता स्पष्ट हुनुपर्छ र सबैले अपनत्व बोध गर्नुपर्छ ।

उसो भए यहाँले निर्वाचनको समयमा जनतासमक्ष राखेका प्रतिबद्धता सबै पूरा हुनेतर्फ अगाडि बढेका छन् ?

निर्वाचनअघि मैले ठोस रूपमा ‘यो बाटो, यो पुल म बनाउँछु’ भन्ने किसिमको प्रतिबद्धता गरेको थिइनँ । चुनावमा जाँदा म अनावश्यक कुरा गर्दिन । मैले भनेको थिएँ – म विपक्षीलाई गाली गर्दिन । गाली गरेर चुनाव जितिन्छ भन्ने सोच्ने हो भने माफ गर्नुहोला, म तेस्रो पटक हार्न तयार छु भनेको थिएँ ।

अनि अर्को कुरा, खोला देख्नासाथ पुल बनाउँछु भन्ने शैली गलत छ । सांसदले के भन्नुपर्छ भने – म आफ्नो योग्यता र क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक लाग्नेछु । “यो गर्छु त्यो गर्छु, भन्दा म जे सक्छु त्यो गर्छु”, भनेर बोलेको थिएँ ।

पछिल्लो समय संसद्मा देखिने गरेका अवरोध र बहिष्कारका प्रवृत्तिलाई तपाईँ कसरी हेर्नुहुन्छ ?

विषयवस्तुलाई हेरेर विवेकसङ्गत रूपमा कुरा गर्दा सजिलो हुन्छ । आवेगलाई हावी बनाउँदा यस्ता जटिलता आउने गर्छन् । अहिलेको समस्याको हल गर्नकै लागि छानबिन समिति बनाइएको छ । भिजिट भिसा प्रकरण वर्षौंदेखि चल्दै आएको रहेछ । यसबीचमा छ जना गृहमन्त्री बन्नुभयो ।

अख्तियार जस्तो संवेदनशील संस्थाले अनुसन्धान सुरू गरिसकेपछि त्यो अनुसन्धानलाई सबैले सघाएर जानुपर्छ । जो–जो दोषी देखिन्छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ । संवैधानिक अङ्गले अनुसन्धान गरेको कुरामा भरोसा गर्नुपर्छ ।

अर्को, विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

आवेगमा आएर ‘छोड’ भन्नु वा ‘नछोड्दासम्म विरोध’ गर्नु राजनीतिक फण्डा मात्रै हो । ठगिएका मानिस सबै पार्टीका हुन्, उनीहरूले न्याय पाउनुपर्छ । अनुसन्धान राम्रोसँग हुनुपर्छ र त्यो अनुसन्धानलाई सबै दलले सघाउनुपर्छ ।

कानुन सक्रिय हुँदा राजनीति मौन बस्नुपर्छ । प्रतिपक्षीले प्रश्न उठाउँदा त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ । प्रश्न र गुनासो मात्रै नभई अहिले देखिएको भिजिट भिसा प्रकरणजस्तो विषय छानबिनबाट टुङ्गिनुपर्छ ।

संसद्मा प्रस्तुत हुने विधेयकमा गहिरो छलफल हुनुको सट्टा हतारमा पारित हुन्छ भन्ने आलोचना छ, तपाईँको धारणा के छ ?

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सन्दर्भमा भएको शब्द फेरबदल गम्भीर त्रुटी हो । हामी सबै त्यसका अंशियार छौँ – मात्रात्मक रूपमा कमबेसी होला । यसमा सर्वदलीय छानबिन समिति पनि बनेको छ । तर विधेयकको सन्दर्भमा कम छलफल हुन्छ भन्ने होइन ।

राज्य व्यवस्था समितिमा निजामती विधेयक पनि लामो समय छलफल भएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक पनि सोही समितिले लामो छलफलपछि संसद्मा पठाएको हो ।

कहिलेकाहीँ हतारिएर विधेयक पारित गराउने प्रयास हुन्छ्, त्यस्तो रोक्न हामी लागेका छौँ । केही दिनअघि संसदमा प्रस्तुत गर्ने तयारीसहित कार्यसूचीमा राखिएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा सहमति जुटाएर मात्र अगाडि बढाउनुपर्ने भन्दै कार्यसूचीबाट हटाउन मैले नै पहल गरेको थिएँ ।

सांसदको रूपमा तपाईँले देख्नुभएको विधेयक निर्माण प्रक्रियामा सबैभन्दा ठूलो कमजोरी के हो ? सुधारका लागि तपाईँका दृष्टिकोणहरू के छन् ?

अध्यादेशमार्फत पनि विधेयक आउँछ । संसद्ले स्वीकृत गरेपछि प्रतिस्थापन विधेयकको रूपमा आउँछ । अध्यादेश मार्फत् विधेयक ल्याएको कुरामा प्रश्न उठ्छ ।

आरोप पनि आउँछ – नेपाली कांग्रेसले विपक्षमा हुँदा अध्यादेशको विरोध ग¥यो, सरकारमा हुँदा समर्थन ग¥यो । तर यो बिर्सनुभएन कि – २०८१ साल वैशाखमा हामी विपक्षमा हुँदा लगानी सहजीकरणसम्बन्धी विधेयकलाई समर्थन गरेका थियौँ । विषयवस्तु हेरेर समर्थन–विरोध गर्नुपर्छ । विषयलाई राम्रोसँग अध्ययन गरेर आवेगविहीन सोचको विकास गर्नुपर्छ ।

राजनीतिमा देखिएको नैतिकताको गिरावट र भ्रष्टाचारबारे तपाईँको दृष्टिकोण के छ रु यसमा कांग्रेसको भूमिका कस्तो हुनुपर्छ ?

कुनै पनि देशमा बलियो कानुन भएमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । भ्रष्टाचारका मुद्दामा सबै दलका नेताहरू परेका छन् । कानुन निर्माण गरेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्नेमा सबैभन्दा अग्रसर नेपाली कांग्रेस देखिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान ऐन, २०४८ कांग्रेस नेतृत्वको सरकारले ल्याएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ पनि कांग्रेस नेतृत्वकै सरकारले ल्याएको हो । कानुन पढेर संसद्मा प्रस्तुत गर्ने कांग्रेसकै मन्त्री जेल जानुभयो ।

मुलुकी अपराध संहिता, २०७४ पनि कांग्रेस नेतृत्वकै सरकारबाट आएको हो । कांग्रेसले बनाएको कानुनले कांग्रेसकै नेता जेल गएका छन् नि । भोलि मैले गल्ती गरे म पनि जेल जान्छु । तर कानुन कार्यान्वयन इमान्दारपूर्वक हुनुपर्छ ।

आफ्नो दललाई कारबाही गर्दा ‘गलत’ र प्रतिस्पर्धी दललाई कारबाही गर्दा ‘ठीक’ भन्ने प्रवृत्ति गलत हो । कानुन कार्यान्वयन गर्ने निकायले पारदर्शी रूपमा काम गर्नुपर्छ । ती निकायहरूलाई राजनीतिमुक्त गराउनुपर्छ । नेपाललाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त बनाउन समय लाग्ला, तर त्यस दिशामा प्रयास भइरहेका छन् ।

आफ्नो पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नव–नेतृत्व उत्पादन र प्रशिक्षणको अभ्यासबारे तपाईंको मूल्याङ्कन के छ ?

अन्य दलको तुलनामा नेपाली कांग्रेसभित्र अलि व्यवस्थित अभ्यास छ । जति लोकप्रिय भए पनि दुई पटकभन्दा बढी जिल्ला वा केन्द्रीय सभापति बन्न पाइँदैन । महाधिवेशन आउनुअघि नै अहिले पाँच जना सभापतिका आकाङ्क्षी देखिनुभएको छ ।

को बन्छ थाहा छैन, तर अरू दलमा चाहिँ को अध्यक्ष हुन्छ पहिल्यै थाहा हुन्छ । कांग्रेसमा हरेक ४–५ वर्षमा महाधिवेशन हुने, प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन हुने परिपाटी छ । प्रश्न उठाउँदैमा पार्टीबाट निष्कासन हुँदैन । मैले सभापति शेरबहादुर देउवालाई ‘तपाईं अब छैटौँ पटक प्रधानमन्त्री बन्नुहुन्न’ भनेको थिएँ, भोलिपल्ट उहाँसँगै बसेर चिया पियौँ । मेरो हातमा स्पष्टीकरणको पत्र परेन नि त ।

अबको महाधिवेशनमा नेपाली कांग्रेस नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्दैछ । तपाईं स्वयं लामो समयदेखि पार्टीको विचार, सिद्धान्त र संगठनमा सक्रिय हुनुहुन्छ । सभापतिको जिम्मेवारीमा उम्मेदवारी दिने चाहना वा तयारी तपाईंको छ कि छैन ?

पार्टीको महामन्त्री भइसकेको मान्छे सभापति बन्नुपर्छ भन्ने आकाङ्क्षा हुनु अनौठो कुरा होइन । आकाङ्क्षा पुरा गर्नुपर्छ, तर अहिले गर्नुपर्छ भन्ने छैन ।

म पक्कै जित्छु, तर अहिले होइन । अहिले जसको हातमा जे जिम्मेवारी छ, उसले त्यो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नुपर्छ । सिधै भन्नुपर्दा, १५औँ महाधिवेशनमा नै सभापति बन्ने मेरो आकाङ्क्षा छैन । अरू साथीहरूलाई शुभेच्छा र शुभकामना छ ।

जलवायु परिवर्तनका विषयमा तपाईंको चासो झनै बढेको देखिन्छ । जलवायुजन्य सङ्कटको प्रभाव न्यूनीकरण तथा व्यवस्थापनमा तपाईंको भूमिका कस्तो रहनेछ ?

धेरै कुरामा रूपान्तरण जरुरी छ । जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लिएर कालापत्थरमा परिणत भएका छन् । यसको असर विश्वव्यापी रूपमा परेको छ ।

नेपालले बेमौसमी बाढीका घटना बेहोर्नुपरेको छ । इसिमोड र युएनडिपीका अध्ययनले नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल फुट्न सक्ने देखाएको छ । तीमध्ये २५ चीनमा, २१ नेपालमा र १ भारतमा पर्छ । यी हिमताल जुनसुकै बेला पनि फुट्न सक्छन् । तिनको सतह घटाएपछि मात्रै क्षति न्यूनीकरण गर्न सकिन्छ । असार २४ गते सुप्राग्लेसियर ताल फुट्दा रसुवामा बाढी आयो ।

नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको छ । त्यसर्थ, जलवायु न्यायका लागि हामीले अन्तर्राष्ट्रिय समुदायमा वकालत बढाउनुपर्छ । जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली विकास, विपद् व्यवस्थापन र प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । जनचेतना बढाउनुपर्छ । हिमाल हाम्रो सम्पत्ति हो — जलवायु सङ्कटबाट हिमाल जोगाउन पैरवी बढाउनुपर्छ ।

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम : '  हिमताल विस्फोटको खतरा ' प्रगति ढकाल/रासस शुक्रबार, असार २७ २०८२316SHARES   पर्वतीय क्...
11/07/2025

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम : ' हिमताल विस्फोटको खतरा '
प्रगति ढकाल/रासस
शुक्रबार, असार २७ २०८२

316
SHARES

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम : ' हिमताल विस्फोटको खतरा '


काठमाडौँ, असार । गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ ।

तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छभने मितेरी पुल बगाएको छ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार अवरुद्ध भएको छ ।

जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्षमा पुगेको छ । विभागका बाढीविज्ञ विनोद पराजुलीले सुप्राग्लेसियर ताल फुट्दा बाढी आएको भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

“रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहबाट करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्छ ।

हिमनदीको करिब बीच भागमा विकास भएको सुप्राग्लेसियर ताल ९हिमताल० करिब ०।७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले उक्त हिमतालको क्षेत्रफल करिब ०।६० वर्ग किलोमिटरमात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिकोे तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलका क्षेत्रमा परेको देखिएको छ ।”

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ‘सुप्राग्लेसियर ताल’ फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।

गत साउन ३२ गते दिउँसो १ः३० बजेतिर सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहित आएको बाढीको घटना नसेलाउँदै फेरि रसुवामा आएको बाढीले त्रास फैलाएको छ ।

थामेमा पनि स्थानीयले यसरी एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले बगरमा परिणत भएको थामेको दृश्यले जोकोहीको मन पनि भक्कानिन्छ अझैसम्म ।

हालैका यी घटना ९रसुवाको बाढी र सगरमाथाको थामे क्षेत्रको विस्फोट० नयाँ बनेका साना, सुप्राग्लेसियर तालहरूबाट भएको इसिमोडले पुष्टि गरिसकेको छ ।

इसिमोडले १९८५ देखि हिमनदी, हिमताल र त्यसमाथिको विपद् अनुगमन गर्दै आएको छ । त्यसबेला सोलुखुम्बुस्थित खुम्बुमा डिजछो ताल फुट्दा जलविद्युत् आयोजना बगाएर झण्डै ३० लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो ।

त्यसपछि इसिमोडले उक्त घटनाको मूल्याङ्कन गर्नुका साथै मेलम्ची, वीरेन्द्र ताल, हुम्ला र भारतको सिक्किमस्थित चामोली, दक्षिण लोनाकमा आएका विपद्को समेत अध्ययन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले जलवायु परिवर्तनका कारण हिउँ पग्लिनु, हिमताल विस्फोट हुनुजस्ता शृङ्खलाबद्ध असरको सुरुआत भएको भन्दै यसको ठूलो क्षति तल्लो क्षेत्रमा पर्न जाने बताउनुभयो ।

“हालको हिमताल विस्फोटबाट अझ सतर्क हुनुपर्ने र तापक्रम वृद्धिका आधारमा समयमै पूर्वसूचनाका प्रणाली अपनाउन अत्यावश्यक देखिएको छ”, उहाँले भन्नुभयो ।

विश्व जनसङ्ख्या दिवसविश्वको जनसंख्या सातअर्ब ९० करोड : ' विविध कार्यक्रम गरी मनाइँदै ' डेमाेखबर शुक्रबार, असार २७ २०८२29...
11/07/2025

विश्व जनसङ्ख्या दिवस
विश्वको जनसंख्या सातअर्ब ९० करोड : ' विविध कार्यक्रम गरी मनाइँदै '
डेमाेखबर
शुक्रबार, असार २७ २०८२

291
SHARES

विश्वको जनसंख्या सातअर्ब ९० करोड : ' विविध कार्यक्रम गरी मनाइँदै '


काठमाडौँ, असार । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।

राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ ।

जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।

विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवा युवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ।

राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले चौध देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षण अनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छा अनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ ।

यो दिवसका अवसरमा मन्तव्य व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिएका छन ।

आज जारी गरेको सन्देशमा उनले दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि उनीहरुका अधिकारको समर्थन आवश्यक भएको बताएका छन । युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरुलाई सशक्त बनाउने यो वर्षको जनसङ्ख्या दिवसको नारा हो ।

" मुलुकको अर्थतन्त्रमा सुधार "  :  प्रधानमन्त्री ओली डेमाे खबर शुक्रबार, असार २७ २०८२41SHARES   " मुलुकको अर्थतन्त्रमा स...
11/07/2025

" मुलुकको अर्थतन्त्रमा सुधार " : प्रधानमन्त्री ओली
डेमाे खबर
शुक्रबार, असार २७ २०८२

41
SHARES

" मुलुकको अर्थतन्त्रमा सुधार " : प्रधानमन्त्री ओली


काठमाडौँ, असार । प्रधानमन्त्रीे केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन ।

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताएका छन ।

प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म रु १० खर्ब ९७ अर्ब राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

“अर्थतन्त्रमा प्रष्ट सुधार ! हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब बढेर ६१ खर्ब पुगेको छ । राजस्व गत वर्षभन्दा एक खर्ब आठ अर्ब बढेको छ । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी । आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३ दशमलव ८७ प्रतिशत,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन ।

राष्ट्र बैङ्क : मौद्रिक नीति सार्वजनिकबैङ्क दर र नीतिगत दर घटाइयो - 'आवास र शेयर कर्जा खुकुलो ' डेमोखबर अर्थब्यूरो शुक्र...
11/07/2025

राष्ट्र बैङ्क : मौद्रिक नीति सार्वजनिक
बैङ्क दर र नीतिगत दर घटाइयो - 'आवास र शेयर कर्जा खुकुलो '
डेमोखबर अर्थब्यूरो
शुक्रबार, असार २७ २०८२

36
SHARES

बैङ्क दर र नीतिगत दर घटाइयो - 'आवास र शेयर कर्जा खुकुलो '


काठमाडौँ, असार । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन । आगामी आर्थिक वर्ष २०८२- ८३ मार्फत राष्ट्र बैङ्कले ब्याजदर थप घट्ने गरी बैङ्कदर तथा नीतिगत दर घटाइएको छ भने व्यक्तिगत आवास र शेयर कर्जामा थप लचिलो नीति अबलम्बन गरिएका छन् ।

सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति र परिदृश्यलाई मध्यनजर गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ । यसबाट निजी क्षेत्रको पुँजी निर्माण र सरकारको आन्तरिक ऋण परिचालनको लागतमा समेत कमी आई आर्थिक गतिविधि अभिवृद्धि सहज हुने अपेक्षा गरिएको छ , मौद्रिक नीति प्रस्तुत गर्नुहुँदै गभर्नर पौडेलले भने ।

वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनलगायत नियामकीय व्यवस्थामा तादात्म्यता कायम गरिएको गभर्नर पौडेलको दाबी छ ।

त्यस्तै, खुला बजार कारोबार एवम् ब्याजदर करिडोरलाई थप सुदृढ बनाई मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाइने नीति राष्ट्र बैङ्कले लिएको छ ।

आगामी आर्थिक वर्ष २०८२-८३ मा पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्दै सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

यसैगरी, आगामी आर्थिक वर्षका लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ प्रतिशतसम्म रहने प्रक्षेपण मौद्रिक नीतिमार्फत गरिएको छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैङ्कदरलाई ६ दशमलव पाँच प्रतिशतबाट घटाइ ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप सङ्कलन दरलाई तीन प्रतिशतबाट घटाइ दुई दशमलव ७५ प्रतिशत निर्धारण गरिएको छ ।

नीतिगत दरलाई पाँच प्रतिशतबाट घटाइ साढे चार प्रतिशत कायम गरिएको छ ।

वित्तीय प्रणालीमा देखिएका विद्यमान अवसर र चुनौतीको सम्बोधन गर्दै वित्तीय प्रणालीको दिगो विकास र विस्तारका लागि दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपश्चात् कार्यान्वयनमा ल्याइने मौद्रिक नीतिमा उल्लेख छ ।

निजी आवास खरिद गर्न प्रवाह हुने कर्जामा लचिलो नीति राष्ट्र बैङ्कले लिएको छ ।

“निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा रु दुई करोडबाट बढाई रु तीन करोड कायम गरिनेछ । पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइनेछ”, मौद्रिक नीतिमा भनिएको छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गरिने जनाइएको छ ।

कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गरी न्यून र मध्यम आय भएका घरपरिवारको जीवनस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले केही नयाँ व्यवस्था राष्ट्र बैङ्कले ल्याएको छ ।

“बैङ्क तथा वित्तीय संस्थाले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैँले मूल्याङ्कन गरी रु १० लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिनेछ ।

यसरी प्रवाह हुने रु १० लाखसम्मको कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिनेछ”, मौद्रिक नीतिमा भनिएको छ, “खाद्यान्न, बाली, पशुपन्छी, माछापालनलगायत कृषि व्यवसायसँग सम्बन्धित कार्यका लागि व्यक्ति वा व्यावसायिक फर्मलाई फसल तथा उत्पादनको प्रकृतिसँग तालमेल हुनेगरी विभिन्न अवधि र प्रकृतिका कर्जा प्रवाह गर्नसक्ने व्यवस्थालाई थप सरलीकरण गर्दै कार्यान्वयनको प्रभावकारी अनुगमन गरिनेछ ।”

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले सिफारिस गरेका जातका कृषि उपजको उत्पादन अभिवृद्धि गर्ने उद्देश्यका लागि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

त्यस्तै, हुलाकी राजमार्ग तथा मध्य–पहाडी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण लोगो (सङ्केत) लिएका होटल तथा रेष्टुरेन्ट र राजमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न उक्त क्षेत्रका उद्योग व्यवसायीलाई प्रवाह हुने कर्जाका लागि पनि केही नयाँ व्यवस्था ल्याइएका छन् ।

त्यस्तै, रु तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइने राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तो कर्जामा आधार दरमा बढीमा दुई प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी कर्जा प्रवाह हुने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले लिएको व्यवस्थाअनुसार जाजरकोट, रुकुमलगायतका भूकम्प प्रभावित क्षेत्रमा परियोजना रहेका व्यावसायिक कर्जा तथा उक्त क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिले लिएको कर्जा पुनः तालिकीकरण वा पुनः संरचना गर्न चाहेमा बैङ्क तथा वित्तीय संस्थाले ऋणीको आवश्यकता र औचित्यका आधारमा ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी बुझाउनुपर्ने ब्याज रकमको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी पुनःतालिकीकरण वा पुनःसंरचना गर्न सक्नेछन् ।

ऊर्जा उत्पादनका क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पुँजीकरण गर्नेसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने जनाइएको छ । बैङ्क तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने ‘मार्जिन’ प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा रु १५ करोडबाट बढाई रु २५ करोड बनाइएको छ ।

चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

वाणिज्य बैंकहरूको तरलता जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन आन्तरिक तरलता पर्याप्तता मूल्याङ्कन प्रक्रियासम्बन्धी मार्गदर्शन जारी गरिने पनि केन्द्रिक बैंकले जनाएको छ ।

हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रकृयागत व्यवस्था, कर्जाको ब्याजदर गणना, सेवा शुल्क लगायतका विषयलाई समेटी उक्त नियमाकीय व्यवस्थामा आवश्यक संसोधन गरिने जनाइएको छ ।

नेपाल सरकारले तोकेको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका निकायले वित्तीय श्रोत जुटाउन जारी गरेका डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सकिने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

विकास बैंक तथा वित्त कम्पनीले विगत लामो समयदेखि वासेल २ र ३ अनुसारका न्यूनतम पुँजी पर्याप्तता अनुपातलगायत विभिन्न नियामकीय मापदण्ड कार्यान्वयनमा रहेको सन्दर्भमा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीले प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा हटाइएको छ ।

त्यसैगरी, बैङ्क तथा वित्तीय संस्थाले गैर बैङ्किङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पँुजीमा गणना गर्न सकिने व्यवस्था ल्याइएको छ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतीमा आफ्नो पुँजी बढाउन सक्ने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ ।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमार्फत ल्याएको सहुलियतपूर्ण कर्जासम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गरिने जनाइएको छ ।

बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा तथा गैरबैङ्किङ सम्पत्ति व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्यले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिने पनि राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत जनाएको छ ।

त्यस्तै, समस्याग्रस्त हुने अवस्थामा पुगेका बैङ्क तथा वित्तीय संस्थाको समस्याको पहिचान गरी सुधारात्मक कारबाही गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली परिमार्जन गर्ने नीति लिइएको छ ।

विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको सन्दर्भमा बैङ्क तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गरिने जनाइएको छ ।

त्यस्तै, विगतमा फरक आवश्यकता र चुनौती सम्बोधन गर्न स्थापित कतिपय संस्थाको कार्यदायरा पुनरावलोकन गर्न आवश्यक देखिएको र राज्यको प्राथमिकता प्राप्त क्षेत्रमा साधन परिचालन अपेक्षित रुपमा हुन नसकेको सन्दर्भमा बैङ्क तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गर्न विस्तृत अध्ययन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्थाले ग्राहकको क्रेडिट स्कोरका आधारमा समेत कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्ने राष्ट्र बैङ्कले जनाएको छ । रासस

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Demo Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share