Google Pati

Google Pati This is official page of our news portal googlepati.com operating by youth journalists of Nepal. Media/news company

05/07/2026

सुचना तथा सञ्चार मन्त्री डा. बिक्रम तिमल्सिना
पत्रकार महासंघको राष्ट्रिय सम्मेलनमा सम्बाेधन गर्नुहुदै

Jagadish kharel
24/06/2026

Jagadish kharel

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिध.....

24/06/2026

रास्वपा केन्द्रीय सदस्य (आदिवासी जनजाति खुल्ला) मा मिलन लिम्बूलाई मत किन ?
Rastriya Swatantra Party - RSP

24/06/2026

रास्वपा निर्वाचनमा मत माग्ने अ आफ्नै शैली
Rastriya Swatantra Party - RSP

24/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी चहलपहल । केन्द्रीय सदस्यकाे मतदान प्रक्रिया अघि बढ्दै ।
Rastriya Swatantra Party - RSP

12/05/2026

काठमाडौं : नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकार अन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा भक्तपुरको नगकोटमा आयोजित ‘सहकारी पत्रकारिता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।

दुई दिनसम्म (बैशाख २६ र २७) सञ्चालन भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट सहभागी ४० जना पत्रकारलाई सहकारी पत्रकारिता, अनुसन्धानमूलक रिपोर्टिङ, सहकारी संकटमा मिडियाको भूमिका, सहकारी पत्रकारितामा नैतिकता, सहकारी कानुन, वर्तमान चुनौती तथा अवसर लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिममा पत्रकार यादव हुमागाईंले सहकारी पत्रकारिताको अवधारणा, अनुसन्धानमूलक पत्रकारिताका अभ्यास, सहकारी क्षेत्रमा देखिएका चुनौती र मिडियाले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै, सहकारीका वित्तीय सूचक, प्रतिवेदनमा आधारित समाचार लेखन, सहकारी वित्तीय विवरण विश्लेषण, जोखिम संकेत पहिचान, वित्तीय स्वास्थ्य परीक्षण गर्ने तरिका, वित्तीय मूल्यांकनका आधार तथा सहकारी संकटका वित्तीय संकेतहरूबारे राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहजीकरण गर्नुभएको थियो ।

यसैगरी, पत्रकार हिक्मत आचार्यले तथ्यजाँच (फ्याक्ट चेक) को अवधारणा, तथ्यजाँच गर्ने विधि, मिथ्या सूचना र भ्रामक सूचनाबीचको भिन्नता तथा भ्रामक सूचनाका प्रकारका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको समापन अवसरमा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले सहकारी क्षेत्रको विश्वसनीयता बढाउन तथ्यमा आधारित, जिम्मेवार र अनुसन्धानमूलक पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रलाई गलत प्रवृत्तिबाट मुक्त गर्न र सही सूचनामार्फत जनतालाई सचेत गराउन पत्रकारहरूले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीको सेवा प्रवाहलाई सहज बनाउन केही समयअघि मात्रै ललितपुरमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरिएको मन्त्री रायमाझीले बताउनुभयो । उहाँले अब सहकारीहरूले सेवा लिन प्रदेश राजधानी नै धाउनुपर्ने बाध्यता हटेको उल्लेख गर्दै प्रदेश सरकारले मकवानपुर र ललितपुरबाट सहकारीहरूलाई सेवा दिने व्यवस्था मिलाएको बताउनुभयो ।

मन्त्री रायमाझीले प्रदेश सरकारले गरिबी निवारणसम्बन्धी नीति निर्माण गरेको जानकारी गराउँदै सो नीति सरकारले छिट्टै पास गर्ने बताउनुभयो । उहाँका अनुसार उक्त नीतिअन्तर्गत रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका बागमती प्रदेशका ८ जिल्लाका विपन्न दलित, पिछडिएको वर्ग तथा सिमान्तकृत समुदायका एक हजार घरपरिवारलाई लक्षित गरिएको छ ।

नीतिअन्तर्गत ती परिवारका लागि बसोबासका लागि आवास निर्माण गरिनेछ । साथै बिउ पुँजी उपलब्ध गराइनेछ । आयआर्जनका लागि आवश्यक सिप विकास तालिम प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नीति तयार भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएको अध्यक्ष कृष्ण सारु मगरले बताउनुभयो । उहाँले पत्रकारहरूलाई विधागत ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी पत्रकारिता तालिम आयोजना गरिएको जानकारी दिनुभयो । अध्यक्ष मगरका अनुसार नेपाली पत्रकारिता अहिले संक्रमणकालीन मोडमा छ । परम्परागत पत्रकारिताको प्रभाव घट्दै गएको र डिजिटल युगको पत्रकारिता तीव्र रूपमा प्रवेश गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले बदलिँदो प्रविधि र सञ्चार माध्यमको स्वरूपसँगै पत्रकारहरूले नयाँ सीप, तथ्यमा आधारित रिपोर्टिङ र अनुसन्धानमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै सहकारी क्षेत्रजस्तो संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा जिम्मेवार, सत्यतथ्य र निष्पक्ष पत्रकारिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

तालिमले पत्रकारहरूलाई सहकारीको संरचना, वित्तीय अवस्था तथा जोखिम संकेतबारे बुझ्न सहयोग पुगेको र सहकारीसम्बन्धी समाचारलाई अझ विश्वसनीय बनाउन योगदान दिने अपेक्षा महासंघले गरेको कार्यक्रमका संयोजक तथा सचिव काजी श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, तालिमले पत्रकारहरूलाई सहकारी क्षेत्रका वित्तीय विवरण बुझ्ने क्षमता अभिवृद्धि गर्नुका साथै सहकारीसम्बन्धी समाचारलाई तथ्यमा आधारित र जिम्मेवार ढंगले प्रस्तुत गर्न सहयोग पुगेको बताउनुभयो ।

27/04/2026

विश्वप्रसिद्ध टाइम म्यागेजिनले विश्वकाे १०० प्रभावशाली ब्यक्तिकाे सुचीमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह B***n  ला...
15/04/2026

विश्वप्रसिद्ध टाइम म्यागेजिनले विश्वकाे १०० प्रभावशाली ब्यक्तिकाे सुचीमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह B***n लाई समावेश गरेको छ । हामी सबै नेपालीका लागि खुशीकाे कुरा हाे ।
The 100 Most Influential People of 2026
Apr 15, 2026
B***ndra Shah
by
Charlie Campbell
Editor at Large
NurPhoto—Getty Images
“Money seems to grow on trees for those that sell their integrity,” raps B***ndra Shah, the 35-year-old Nepali former hip-hop star who in March was elected the Himalayan nation’s youngest-ever Prime Minister. That landslide victory was galvanized by deadly street protests in the fall led by a Gen Z determined to purge a political old guard perceived as venal and out of touch. Enter Shah, commonly known as B***n, a civil-engineering graduate whose brooding stage presence and abrasive polemics skewering corrupt officials powered his becoming, four years ago, Kathmandu’s mayor—and now the leader of Nepal’s 30 million people. B***n’s rise is as much populist youthquake as it is a wholesale repudiation of South Asia’s ossified dynastic politics, sending shudders through the region’s establishment. As mayor, B***n managed to cut through bureaucratic red tape to improve waste management, education, and health care. Much hinges on whether this professed devotee of Tupac Shakur and 50 Cent can translate that success onto the national stage. “All politicians, new and old, are thieves,” B***n once posted on social media. Nepalis will hope he proves himself wrong.

13/04/2026

Routine of jiri culture
पर्या साहित्य महाेत्सव, जिरी

Address

Patan

Telephone

+9779855070638

Website

Alerts

Be the first to know and let us send you an email when Google Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Google Pati:

Shortcuts

Share