Drishya katha

Drishya katha "Drishya Katha" broadcast documentaries, investigates stories, informative programs, public awarenes Drishya Katha is a Mandala Online Pvt Ltd.

It is a platform of informational news, broadcast documentaries, investigative stories, informative programs, public awareness messages.

17/07/2025

सरकारले संघीय अस्पतालहरूमा बाँझोपन उपचार सेवा विस्तार गर्न थालिसकेको छ । डा. अमात्य सुझाउँछिन,‘चाइल्ड एडप्सन (धर्मसन्तान...
16/07/2025

सरकारले संघीय अस्पतालहरूमा बाँझोपन उपचार सेवा विस्तार गर्न थालिसकेको छ । डा. अमात्य सुझाउँछिन,‘चाइल्ड एडप्सन (धर्मसन्तान ग्रहण) पनि एउटा विकल्प हो। श्रीमतीको उपचार नगरी अर्को विवाह गर्नु भन्दा चाइल्ड एडप्ट गर्दा खर्च पनि कम हुन्छ र खुसी पनि मिल्छ ।’

☞ Connect with Drishya Kathaa: Official Website: www.drishyakathaa.comProducer : Mandala Online Pvt LtdConcept : Devaki Bistनेपाली समाजमा बच्चा जन्माउने योजन...

फ्रेम दिँदा सम्झना होइन, दिनहुँको घाउ कोटीन्छ - अब बन्द गरौँ यो चलनजीवनपछिको बोझिलो उपहारको कथामृत्यु एउटा अन्तिम सत्य ह...
14/07/2025

फ्रेम दिँदा सम्झना होइन, दिनहुँको घाउ कोटीन्छ - अब बन्द गरौँ यो चलन

जीवनपछिको बोझिलो उपहारको कथा

मृत्यु एउटा अन्तिम सत्य हो, जुन स्वीकार गर्न कहिल्यै सहज हुँदैन। जब घरको आँगनबाट एक जना आफन्तको चितामा अन्त्येष्टि हुन्छ, त्यही क्षणदेखि त्यो घरको हरेक कुनामा मौनता झुन्डिन्छ। त्यस मौनताभित्र एक–एक स्वर रोएको हुन्छ, तर त्यसको स्वर प्रायः बाहिर सुनिँदैन।

यही मौनताभित्रै आजकल देखिन्छन् - प्राय मान्छेहरु समावेदन दिंदा जाँदा सुनौलो फ्रेममा गहिरा शब्द लेखेर "समबेदना व्यक्त गरिन्छ" लेखिएका केही शब्द र तल हस्ताक्षर गरिएका केही नामहरू। यिनै फ्रेमहरू अहिलेको चलन बनेका छन्, जसलाई 'संवेदना' भनिन्छ। तर त्यो संवेदना साँच्चै मनको हो त? कि सामाजिक औपचारिकताको एउटा अर्को बोझ?

फ्रेम... जसले सम्झनु होइन, अझै गहिरो पीडा दिलाउँछ

यी फ्रेमहरू न त घरको भित्तामा झुन्ड्याएर सजाउन मिल्छ, न त सजिलै फाल्न नै सकिन्छ। एक किसिमको मानसिक द्वन्द्वको वस्तु बन्छ - किनकि यसमा प्रियजनको मृत्युको दिन, नाम, र पीडाको याद समेटिएको हुन्छ। हरेकपटक त्यसलाई आँखाले छोएको महसुस हुँदा, परिवारजनको मुटु फेरि चिरिन्छ। संवेदना दिन चाहनेको मन साँचो होलान्, तर यस्तो स्वरूपमा? जसले बाँचिरहेका परिवारजनका घाउ थप चिलाउँछ? कतिका घरमा त बोरामा प्याक गरेर घरको कुनामा लगेर नदेख्ने ठाँउमा राखिन्छ ता कि पिडा नहोस ।

समाजको “कृत्रिम” सहानुभूति

कहिलेकाहीँ त यस्ता फ्रेमहरू हेर्दा लाग्छ – संवेदना पनि आजभोलि देखावटी हुन थालेको छ। कसैको मृत्यु हुँदा केही नाम छापिएका फ्रेम लिएर पुग्नुपर्ने, फोटो खिचिने, सामाजिक सञ्जालमा पोस्ट गरिने - के यो आत्मियता हो? कि सामाजिक औपचारिकताको एउटा 'डिजिटल दाग'? संवेदना व्यक्त गर्न अब त मौनता पनि पर्याप्त नमानिने, शब्द र फ्रेम चाहिने?

साच्चिकै साथ दिने तिमी हौ, जो नबोलीकन बस्छौ, काख हाल्छौ

कुनै घरमा मृत्यु हुन्छ भने त्यो परिवारलाई चाहिने चाहिँ – केही दिनको चिया पकाइदिने कोही, बच्चालाई एकछिन पढाइदिने कोही, बुढाबुढीको औषधिको चिन्ता लिने कोही। त्यो “कोही” बन्ने आँट भने साह्रै कम देखिन्छ। बरु, फ्रेम बनेर पुग्ने हात चाँडो हुन्छ।

अब परिवर्तन चाहिन्छ

अब समय आइसक्यो, हामीले यी चलनहरूलाई फेरि समीक्षा गर्ने। संवेदना व्यक्त गर्न चाहिने हो भने, हामी उपस्थित हौं – एक कप चिया लिएर, एक भावुक मन, अँगालो लिएर, वा आवश्यक परे केही दिन त्यो परिवारको दुःख बाँड्ने स्वरूपमा।

फ्रेम होइन, सजीव साथ हो साँचो सहानुभूति।
संवेदना अब फ्रेममा होइन,
तपाईंको समयमा, तपाईंको मौनता, तपाईंको छेउमा बस्ने क्षमतामा होस्।

कृपया…
अब कसैको मृत्यु भएपछि
फ्रेम लिएर होइन - रित्तो हात, तर भरिएको मन लिएर जानुस्।
किनकि…
❝ संवेदनाको मूल्य सुनौलो फ्रेममा होइन, सुनिने निसब्दतामा हुन्छ ❞

अन्त्यमा...
मानिस मर्छ, सम्झना बाँच्छ। तर हामीले दिने सम्झनाको स्वरूप यस्तो हुनु हुँदैन, जुन पीडाको ताजा चोट बन्न सकोस्। समबेदनाका फ्रेमहरू अब पुराना भए, अब न्यानो उपस्थितिको संवेदना नयाँ संस्कार होस्।

Note : तस्बिरमा देखिएका एमाले नेता लालबाबु पन्डित हुन भने तल बोरामा रहेको समबेदनाका फ्रेमहरु हुन जुन लालबाबुसँग कुनै सम्बन्ध छैन । आफ्नि जिबन साथीलाई माया गर्ने लालबाबुले अरुले दिएका फ्रेमहरुलाई कहाँ राख्लान ? उनलाई ति फ्रेमले पिडा दिएको छ कि माया ? यो हामीले बुझ्न पर्ने दिन ढिला भैसक्यो अब फ्रेम बन्द गर्नुपर्छ Source : Social site

उप्रेतीले यो वर्ष वर्खाको समयमा हिड्दा सबै सर्वसाधारणले जल तथा मौषम विभागले पूर्वानुमान गरिएका मौषमका बारेमा विश्वास गर्...
05/07/2025

उप्रेतीले यो वर्ष वर्खाको समयमा हिड्दा सबै सर्वसाधारणले जल तथा मौषम विभागले पूर्वानुमान गरिएका मौषमका बारेमा विश्वास गर्न पनि अनुरोध गरेका छन् । डा. उप्रेती लामोसमय देखि राष्ट्रिय र अन्र्तराष्ट्रिय रूपमा जलवायु परिवर्तन र विपद् विज्ञका रूपमा कार्यरत छन् । बाँकी भिडियोमा …

यो वर्ष वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ । मन्थनमा कुराकानी गर्दै जलवायु परिवर्तन र वि.....

26/06/2025

विस २०८१ फाल्गुन महिनामा गृहमन्त्री रमेश लेखक यस्तो भन्नुभएको थियो ।

Manthan_तेस्रोलिङ्गी माता Samjhana KC । प्रहरी देखि सडकसम्मको यात्रा ।। रेड लाइट एरियाको बहस _EPI_12
17/06/2025

Manthan_तेस्रोलिङ्गी माता Samjhana KC । प्रहरी देखि सडकसम्मको यात्रा ।। रेड लाइट एरियाको बहस _EPI_12

☞ Connect with Drishya KathaaOfficial Website: www.drishyakathaa.comProducer : Mandala Online Pvt LtdConcept : Devaki Bist ...

१२८ जना मध्येकी साहसी चेली Charimaya Tamang
11/06/2025

१२८ जना मध्येकी साहसी चेली Charimaya Tamang

☞ Connect with Drishya KathaaOfficial Website: www.drishyakathaa.comProducer : Mandala Online Pvt LtdConcept : Devaki Bist ...

ज्यान बचाउन मोवाइलको लाइट बालेरै अपरेसन गर्नुपर्र्यो
05/06/2025

ज्यान बचाउन मोवाइलको लाइट बालेरै अपरेसन गर्नुपर्र्यो

☞ Connect with Drishya KathaaOfficial Website: www.drishyakathaa.comProducer : Mandala Online Pvt LtdConcept : Devaki BistDress Designer : Anusha CollectionO...

२९ वर्ष अगाडि उद्दार गरिएका १२८ जना मध्येकी चरीमाया तामाङले मन्थनमा कुराकारी गर्दै बलिवुड अभिनेता सुनिल सेट्टीलाई धन्याव...
04/06/2025

२९ वर्ष अगाडि उद्दार गरिएका १२८ जना मध्येकी चरीमाया तामाङले मन्थनमा कुराकारी गर्दै बलिवुड अभिनेता सुनिल सेट्टीलाई धन्यावाद दिनुभएको छ ।

२९ वर्ष अघि बलिवुड अभिनेता सुनिल सेट्टीले बेचिएका नेपाली चेलीहरू स्वदेश फिर्ती हुँदा विमान चार्टड गरेको कुरा अह....

नेपाल सरकारले मुम्बईको कमाठीपुरा कोठीमा बेचिएका १२८ जना नेपाली चेली स्वदेश फिर्ती हुनुहुँदैन भन्दा कसले पुर्याइदियो नेपा...
03/06/2025

नेपाल सरकारले मुम्बईको कमाठीपुरा कोठीमा बेचिएका १२८ जना नेपाली चेली स्वदेश फिर्ती हुनुहुँदैन भन्दा कसले पुर्याइदियो नेपाल

☞ Connect with Drishya KathaaOfficial Website: www.drishyakathaa.comProducer : Mandala Online Pvt LtdConcept : Devaki Bist ...

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Drishya katha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Drishya katha:

Share

छोराकोलागि मृत्युसँग लड्ने आमाको कथा ।

छोराकोलागि मृत्युसँग लड्ने आमाको कथा । https://www.youtube.com/watch?v=MtP3B4MjHAk