Hamro मिक्लाजुङ खबर

Hamro मिक्लाजुङ खबर यो पेज नितान्त सामाजिक कार्यको लागि हो ? समाजको हरेक विकार तत्वहरूको विरूद्ध बोल्ने हामी । धन्यवाद🙏

30/10/2025

साथि हो भाषण गर्दा अब देखि < अ त यो कारण> ले भनेर नरोकिनुस दाया बाया नसमात्नुस है !!
मलाई त भाषण सुन्नजान पनि ढर पो लाग्यो झुटा मुद्दा लगाएर देश भ्रमणमा निकाले भने त ......

30/10/2025

पहिला पहिला बा आमा मेरेपछि छोराछोरी टुहुरा हुन्थे !
आजभोलि छोराछोरी पढेपछि बा आमा टुहुरा हुन्छन् !!🇳🇵🙏🇳🇵

29/10/2025

दुई वटा प्रश्नको एउटै जवाफ के होला ?
१, गोठमा के छ ?
२, कति बज्यो ?

28/10/2025
पाँचथरमा बुबाबाट छोराको गोली हानी हत्यापाँचथर, कार्तिक ९ - पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा आइतबार बु...
26/10/2025

पाँचथरमा बुबाबाट छोराको गोली हानी हत्या

पाँचथर, कार्तिक ९ - पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा आइतबार बुबाले आफ्नै छोराको गोली हानी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिङ्घकलाई भरुवा बन्दुक प्रयोग गरी गोली प्रहार गरेका हुन्। घटनास्थलमै छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका प्रारम्भिक अनुसन्धान अनुसार विजय सिङ्घक दीर्घकालीन मदिरा सेवन गर्ने बानीका कारण परिवारमा प्रायः विवाद हुने गर्थ्यो। आइतबार पनि सोही कारणले घरायसी विषयमा विवाद भएको र त्यसै क्रममा उनले छोरामाथि गोली चलाएको अनुमान गरिएको छ।

स्थानीयवासी गणेश वाजीका अनुसार विजय सिङ्घक अत्यधिक मदिरा सेवन गर्ने बानीका कारण पारिवारिक झगडा नियमितजस्तै हुने गरेको थियो। उनले उक्त घटनापछि गाउँमा त्रास फैलिएको बताए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख रुपेश तामाङका अनुसार घटनापछि प्रहरी टोलीले आरोपी बुबालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिएका छन्।

21/10/2025
21/10/2025

साथिहरू घाम चर्कोलाग्न थालिसको ,
बिहान सबेरै खरबन पुगिएन भने घास काट्न पनि झर्को लागि सक्यो !
#जिन्दगी यस्तै छ 🙏

Address

Phidim

Alerts

Be the first to know and let us send you an email when Hamro मिक्लाजुङ खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro मिक्लाजुङ खबर:

Share