Radio Sumhatlung

Radio Sumhatlung सुम्हात्लुङ एफ.एमको आधिकारिक फेसबुक पेजमा स्वागत छ

सुम्हात्लुङ सञ्चार सहकारी स“स्था लि।
सुम्हात्लुङ एफ।एम १०४।२ मेगाहर्ज
पान्थरको
सहकारी सस्थाः
सहकारीको इतिहासमा पांन्थर जिल्लामा पञ्चायत कालिन अवस्थामा साझा वचत कार्यक्रम सञ्चालन हुदैं आएको थियो त्यहीनै यस जिल्लाको पहिलो औपचारिक सहकारीको रुप थियो । तर पञ्चायत कालिन समयमा समुदायमा आधारित तथा जन्ताहरुले विधिवत रुपमा सहकारी वचत संस्था खोलको अवस्था देखिन्दैन थियो किनकी सरकारी ऐन तथा नितिकै रुपमा संस्था

सहकारी ऐन वहुदलिय प्रजातन्त्रको स्थापना पश्चात मात्र सहकारी ऐन २०४८ लागु भएको पाइन्छ र सोको परिणाम स्वरुप जिल्ला र गांउमा कृषी, श्रृण तथा वचत, उपभोत्ता र वहुउद्देसिय सहकारी संस्थाहरु प्रसस्त मात्रामा दर्ता भई स्थापना भएता पनि सञ्चार सहकारी संस्था भने अन्य स्थापना नभएकोले गर्दा यस जिल्लाका समाज सेवि तथा नागरीक समाजहरुले एक सञ्चार सहकारी संस्थाको आवश्यक मशशुस गरी स्थापना गर्न तत्पर भएको हो । पांन्थर जिल्लामा विद्युतिय सञ्चार माध्यम कुनै नभएको अवस्थामा मितिः२०६३ साल कार्तिक २८ गतेको प्रथम भेलाले तदर्थ समिति गठन गरी आधिकारीक संस्थाको रुपमा स्थापना गर्न पहिलो कदम भएको थियो । पांन्थर जिल्ला लगायत आसपासका जिल्ला र क्षेत्रहरुमा विद्युतिय सञ्चार माध्यम मार्फत समाज र समुदायलाई सकारात्मक रुपान्तरण गर्न मितिः२०६३ साल पौष ११ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवा सुनसरीमा सहकारी ऐन २०४८ अनुसार विधिवत रुपमा दर्ता भएको सहकारी संस्था हो त्यसैले सहकारी ऐन, नियमावली र सिद्वान्तको आंत्मा साथ गरी लोकतान्त्रिक पद्वती अनुरुप संचालनमा रहेको यो सञ्चार सहकारी संस्था हो ।
रेडियोः
सुम्हात्लुङ सहकारी संस्था लिमिटेड पांन्थरले नेपाल सरकार, सुचना तथा सञ्चार मन्त्रालयको सञ्चार विभाग मार्फत मितिः २०६३ साल साल फाल्गुण १४ गते सामुदायिक रेडियो सुम्हात्लुङ एफ।एम।१०४।२ मेगाहर्ज १०० ध्बतत क्षमताको इजाजत प्राप्त गरी प्रशारण शुरुवात गरेको हो । यस पांन्थर जिल्लाको एक मात्र पहिलो सामुदायिक रेडियो सुमहँत्लुङ एफ।एम। रेडियो १०४।२ ःन्श् मार्फत परिक्षण प्रशारण शुरु भएको थियो । यस रेडियाको प्रशारणलाई औपचारीक वैधानिक रुपमा प्रशारणको लागि मितिः२०६४ साल माघ ८ गतेका दिन सम्माननिय सभामुख सुवासचन्द्र नेम्वाङ्गको वाहुलीवाट उदघाटन गरीएको थियो । यस रेडियोले शुरुमा दिनको जम्मा ६ घण्टा, १२ घण्टा रेडियोको प्रशारण गर्दै आएकोमा हाल आएर जम्मा १७ घण्टा प्रशारण गरेर समुदाय र श्रोता वर्गहरुको सुचना, समचार, समसामयिक घटना तथा विचार र मनोरञ्जन दिन भरमग्दुर कोशिस गर्दै आएको छ ।
यो रेडियोको स्थापना स्थानिय समुदायहरु विशेस गरेर लिम्वु, महिला, माझी, तामाङ, राई, शेर्पा, मगर, गुरुङ, दलित र अन्य सिमान्तकृत समुदाय तथा पहुंचविहिन क्षेत्रका समुदायहरुको शिक्षा, आर्थिक, स्वास्थ्य, भाषा, संस्कृती, धर्म, विकास निर्माण, शुसासन कायम गर्न र सुचनामा सुसजाीत गरी आर्थिक उन्नती, रोजगारी सृजना, सुचना र सञ्चारमा पहुंच वृद्वी, शान्ति तथा मेलमिलाप तथा सस्कृती संरक्षण कार्यहरुमा सहयोग पुरयाई स्थानीय समुदाय तथा समाजहरुको समग्र विकासमा सहयोग पुरयाई देशको समग्र विकासको साझेदारीमा सहभागी गराउनको लागि यो रेडियो स्थापना भएको हो । ९अनुसूची २० ग्रामिण क्षेत्रका समुदायहरुमा समचार र सुचनाको पहुंच पुरयाउन सव भन्दा वडि उपयोगी भएको देखिन्छ । एफ।एम। रेडियो मार्फत ७० प्रतिशत, टेलिभिजन मार्फत १५ प्रतिशत, छापा पत्रिका मार्फत १० प्रतिशत र अन्य सञ्चार माध्यम मार्फत ५ प्रतिशत सर्वसाधारण समुदाय र सामाजमा सुचनाको पहुंच पुने भएकोले यो रेडियोको औचित्य सावित भएको देखिन्छ । रेडियोले सृजनसिलता, रोजगारमुलक, खोज तथा अनुसन्धान मुलक, सुचना मुलक र प्रेरणा दायक कार्यक्रमहरुको निरन्तर उत्पादन र प्रशारण गरी समाज र समुदायहरुलाई सहयोग पुरयाई रहेको छ ।
रेडियोको कार्यक्रमहरुमा लैंगिक विभेद्व विरुद्व, धार्मिक विभेद, जातिय तथा वर्गीय विभेद्व, दलित तथा अपांग विभेद विरुदका जानकारी तथा सुचना मुलक र शुसासन कार्यक्रमहरु जस्तो सार्वजानिक महत्वका विषयहरुमा सर्वसाधारणमा सुचना र कार्यक्रमहरु प्रशारण गरी जनचेतना जगाई जनमानसमा सकारात्मक सन्देश पुरयाई सकारात्मक समाज रुपान्तणमा सहयोग पुरयाई राज्यको चौथो अंगको रुपमा समेत सहयोग पुरयाउंदै आएको छ ।
रेडियोको आवद्वताः
नेपालमा २०५८ सालमा ५ वटा सामुदायिक रेडियोहरुको सम्लग्नतामा प्रारम्भ भएको सामुदायिक रेडियो प्रशारण संघ ९एकोरयाप० मा मितिः२०६३ साल फाल्गुणमा ७० औं सदस्यको रुपमा आवद्व भएको छ । हाल आएर यो सामुदायिक रेडियोहरुको संघ ९एकोरयाप० मा देश भरका ३०० भन्दा वडि सामुदायिक रेडियोहरु आवद्व भई सकेका छन । सामुदायिक रेडियोहरुले राज्यलाई समुदाय प्रति वफादार तथा समुदाय मैत्री निति, नियम तथा निर्देशिकाहरु वनाई लागु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा दवाव सृजना गरी कार्य गर्दै आएको छ र सो कार्यमा यस रेडियोका पनि संलग्नता रहन्दै आएको छ ।

कार्यक्रम "शुभबिहानी " हरेक बिहानिको समय ६:३०-७: :30 बजेसम्म सुन्न अनि सहभागीता जनाउन सक्नुहुनेछ । सहभागिताको लागि ९७०७३...
12/08/2026

कार्यक्रम "शुभबिहानी " हरेक बिहानिको समय ६:३०-७: :30 बजेसम्म सुन्न अनि सहभागीता जनाउन सक्नुहुनेछ । सहभागिताको लागि ९७०७३५१०३४ (9707351034)
Sumhatlung fm 104.2 mhz.& wit- रेडियो कर्मी इच्छया लिम्बू

12/08/2026

cin news 6 am

12/08/2026

पाँचथरको फिदिममा सरकारी सवारीसाधनको आफ्नो कर्मचारीले पानी ल्याउने बहानामा चरम दुरुपयोग गरेकोबारे के भन्नू हुन्छ त नापी कार्यालय पाँचथरका प्रमुख उमेश नेम्वाङ
भिडियो अजेन्द्र वाईबा तामाङ

कार्यक्रम मेरो रोजाई साता को सातै दिन दिउँसो४:०० बजे देखि ५:०० बजे सम्मसहभागीता को लागि टेलिफोन नम्बर - 9707351034Messen...
11/08/2026

कार्यक्रम मेरो रोजाई साता को सातै दिन दिउँसो
४:०० बजे देखि ५:०० बजे सम्म
सहभागीता को लागि टेलिफोन नम्बर - 9707351034
Messenger - Sumhatlung FM Panchthar
page - Radio Sumhatlung
सहभागिताको लागि ९७०७३५१०३४
Sumhatlung fm 104.2 mhz Manisha Manisha Rasailee

11/08/2026

पाँचथरको फिदिममा सरकारी गाडीको चरम दुरुपयोग यसरी दैनिकजसो घरायसी सामान ढुवानीमा प्रयोग भईरहेकाे छ।
भिडियो अजेन्द्र वाईबा तामाङ

10/08/2026

News 7 pm

कार्यक्रम मेरो रोजाई साता को सातै दिन दिउँसो४:०० बजे देखि ५:०० बजे सम्मसहभागीता को लागि टेलिफोन नम्बर - 9707351034Messen...
10/08/2026

कार्यक्रम मेरो रोजाई साता को सातै दिन दिउँसो
४:०० बजे देखि ५:०० बजे सम्म
सहभागीता को लागि टेलिफोन नम्बर - 9707351034
Messenger - Sumhatlung FM Panchthar
page - Radio Sumhatlung
सहभागिताको लागि ९७०७३५१०३४
Sumhatlung fm 104.2 mhz Manisha Rasailee

कञ्चनजंघा टी स्टेटद्वारा चिया श्रमिकका बालबालिकालाई शैक्षिक सामग्री वितरण ।।आइतबार २०८३/०४/२४ चिरञ्जीवी शंकर    पाँचथर  ...
09/08/2026

कञ्चनजंघा टी स्टेटद्वारा चिया श्रमिकका बालबालिकालाई शैक्षिक सामग्री वितरण ।।
आइतबार २०८३/०४/२४
चिरञ्जीवी शंकर

पाँचथर : पाँचथर फिदिमस्थित कञ्चनजंघा टी स्टेट प्रालिले आफ्ना चिया श्रमिकका छोराछोरीलाई विद्यालय पोसाक, जुत्ता, झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ।
आज आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत कञ्चनजंघा टी स्टेटमा कार्यरत श्रमिकका छोराछोरी गरी जम्मा ७९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
जसअन्तर्गत कालिका माध्यमिक विद्यालय नाङ्लापाका २१ जना, अरुणीको माध्यमिक विद्यालय हम्फाबुङका १४ जना, श्री नयाँ नमुना बोर्डिङका १४ जना, फिदिम माध्यमिक विद्यालयका १६ जना, श्री काटिके आधारभूत विद्यालयका ५ जना, रानीटार माध्यमिक विद्यालयका ३ जना, गडी माध्यमिक विद्यालयका २ जना, विद्या बोर्डिङका २ जना र नीलकण्ठ बोर्डिङका २ जना विद्यार्थी रहेका छन्।
कञ्चनजंघा टी स्टेटका नेपाल अर्गानिक टी सर्टिफिकेसन इन्स्पेक्टर ऋतिक आचार्यले चिया श्रमिकका बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो।
आचार्यका अनुसार कञ्चनजंघा टी स्टेटले आफ्ना श्रमिकका छोराछोरीको वार्षिक विद्यालय शुल्कसमेत तिर्दै आएको छ।

यसैगरी, आज कञ्चनजंघा टी स्टेटमा कार्यरत श्रमिकहरूलाई गम्बुटसमेत वितरण गरिएको बताइएको छ।

09/08/2026

भदौरे मेला 2083 phalelung 8 akashe panchthar।

Address

Phidim-4 Panchthar
Phidim

Alerts

Be the first to know and let us send you an email when Radio Sumhatlung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Sumhatlung:

Shortcuts

Share