Panchthar FM

Panchthar FM Panchthar Fm official page.
(1)

पाँचथरमा १५ दिनका लागि कुखुरा, चल्ला र कुखुराजन्य वस्तुको रोक--छिमेकी जिल्लाहरुमा फैलिएको बर्ड फ्लुको जोखिम बढेसँगै पाँच...
23/04/2026

पाँचथरमा १५ दिनका लागि कुखुरा, चल्ला र कुखुराजन्य वस्तुको रोक

--छिमेकी जिल्लाहरुमा फैलिएको बर्ड फ्लुको जोखिम बढेसँगै पाँचथरमा १५ दिनका लागि कुखुरा, चल्ला र कुखुराजन्य वस्तुको ढुवानीमा रोक लगाइएको छ । वर्ड फ्लु समन्वय समिति पाँचथरको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिको निर्णय कार्यन्वयनका लागि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले सार्वजनिक सूचना जारी गर्दै झापा, मोरङ र सुनसरी जिल्लामा पछिल्लो समय बर्ड फ्लु रोगको जोखिम पाँचथरमा पनि उत्तिकै रहेको भन्दै जिल्लासँग सडक सञ्जाल र व्यापारिक आवागमनले जोडिएका कारण संक्रमण फैलिने जोखिम उच्च रहेको जनाएको हो ।

18/04/2026

हार्दिक निमन्त्रणा

परापूर्वकालदेखि परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक तङ्सुम् तङ्नाम त्रिशाली पूजा तथा मेला यस वर्ष कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार, पाँचथरमा भव्य रूपमा आयोजना हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजन, स्थानीयवासी तथा सरोकारवालाहरूसमक्ष हार्दिक निमन्त्रणा गर्दछौँ।

मिति २०८३ साल बैशाख २३ गतेदेखि २५ गतेसम्म पूजा–आजा तथा विविध सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुनेछ।

आयोजक
• तङ्सुम् तङ्नाम त्रिशाली पूजा तथा मेला मूल समारोह समिति, कुम्मायक गाउँपालिका–१, यासोक बजार

प्रवर्द्धक / सहयोगी
• कुम्मायक गाउँपालिकाको कार्यालय यासोक पाँचथर

Wow Inspiration : नेपाल प्रहरीको AIG सुशील सिंह राठौर, र उनकी छोरी नेपाल प्रहरीको इन्स्पेक्टर एकै साथ 😮❤️
14/04/2026

Wow Inspiration : नेपाल प्रहरीको AIG सुशील सिंह राठौर, र उनकी छोरी नेपाल प्रहरीको इन्स्पेक्टर एकै साथ 😮❤️

12/04/2026

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने, प्रथम पुरस्कार ४ लाख २५ हजार, नेपालका चर्चित ८ क्लबहरुको सहभागिता रहने।

तङ्सुम तङ्नाम त्रिसाली पुजा तथा मेलामाको तयारी तिब्रयासोक/ पाँचथरक कुम्मायक गाउँपालिकामा लाग्ने ऐतिहासिक तङ्सुम तङ्नाम त...
07/04/2026

तङ्सुम तङ्नाम त्रिसाली पुजा तथा मेलामाको तयारी तिब्र

यासोक/ पाँचथरक कुम्मायक गाउँपालिकामा लाग्ने ऐतिहासिक तङ्सुम तङ्नाम त्रिसाली पजा तथा मेलाको तयारी तिव्र पारिएको छ। २०८३ साल बैशाख २३ गते देखि २५ गते सम्म पाँचथर कुम्मायक गाउँपालिका यासोकमा लाग्ने तङ्सुम तङ्नाम त्रिसाली पुजा तथा मेलाको तयारी तिव्र पारिएको हो।

तीन बर्षको अन्तरमा पुजा तथा मेलाको आयोजना हुने यस कुम्मायक र कुस्सायक माङद्वारा श्रद्धालु भक्तजनको मनोकाङक्षा पुरा हुने बिश्वास लिने गरिन्छ। तङ्सुम तङ्नाम/त्रीशालि पूजा एवम् मेलामा खेलकुद, संगितिक कार्यक्रम, पुजा लगायत अन्य कार्यक्रम हुने गरेका छन। यस पटक कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिता यलम्बर युवा सस्थाले संचाालन गर्दे छ। आयोजक सहित ८ वटा टिमको सहभागिता रहने प्रतियोगिता करि टिमको टङगो लागेको यलम्बर युवा सस्थाका अध्यक्ष भिम नारेन लावतीले जानकारी दिनभयो। प्रतियोगिता संचान गर्न लाग्ने आर्थिक पनि संकलन भईरहेको छ।

त्यस्तै चेस, व्याटमिन्टन लगायत अन्य प्रतियोगिताको तयारी पनि चलिरहेको छ। बजार सजावट र मिनिमेला लगाउने पनि तयारी तिब्र परिएको त्रिसाली मेला तथा पुजा मुल आयोजक समितिका अध्यक्ष देबेन्द्र कुमार लावतिले जानकारी दिनुभयो।

सरकारी कार्यालयमा झुन्ड्याउन सूचना तथा प्रशारण विभागले जारी गरेको प्रधानमन्त्रीको आधिकारिक तस्बिर ।
31/03/2026

सरकारी कार्यालयमा झुन्ड्याउन सूचना तथा प्रशारण विभागले जारी गरेको प्रधानमन्त्रीको आधिकारिक तस्बिर ।

30/03/2026

सहयोग को अपिल
क्यान्सर पिडित बरिस्ठ पत्रकार कबिन्द्र सेर्माले उपचारका लागि आर्थिक सहयोगकोआग्रह गर्नु भएको छ। हाल उहाँ राजिब गान्धी क्यान्सर अस्पताल नया दिल्ली भारतमा उपचार गर्दै हुनुहुन्छ।

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउसम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको सीआईबी स...
29/03/2026

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको सीआईबी स्रोतको दाबी छ ।

29/03/2026

जस्ले जे गरेपनी आखिर दुख पाउने सुरक्षाकर्मी नै हो 😥🙏

समाचार वाचन प्रतियोगिता बारे सूचना!!समाचार वाचनमा सहभागी हुनुहोस पुरस्कार जित्नुहोस।
29/03/2026

समाचार वाचन प्रतियोगिता बारे सूचना!!
समाचार वाचनमा सहभागी हुनुहोस पुरस्कार जित्नुहोस।

29/03/2026

कुम्मायकमा नियमित श्रमदान!!!

कुम्मायक-१ नम्बर वडा कार्यालयको आयोजना र कुम्मायकमा रहेका सरकारी तथा गैह्रसरकारी सघ सस्थाहरुको सहकार्यमा उत्तरे - यासोक कालोपत्रे मोटरबाटो अन्तर्गत ''यासोक बजार फिक्कल सडक खण्डमा विरुवा गोडमेल तथा जालि लगाइ बारबेर गर्ने कार्यक्रम मिति २०८२ साल चैत्र १४ गते शनिवारको श्रमदान कार्यक्रम सम्पन्न भएको छ । उक्त श्रमदान कार्यक्रम स्थलमा रु १५ हजार आर्थिक सहयोग गर्नु हुने हाल हङ्कङ निवासी हरिश्चन्द्र लाओतीका बाबु कर्ण बहादुर लाओतीबाट रकम हस्तान्तरण भएको र जालि १ न वडा कार्यालयबाट प्राप्त भएको थियो ।

Address

Kumayak/1 Yasok Panchthar
Phidim

Alerts

Be the first to know and let us send you an email when Panchthar FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panchthar FM:

Share