23/10/2025
ङिमा पाख्रीन पर्देशी को "मेरो माया"
कबिन्द्र सेर्मा-
अमेरिका/ गीतकार ङिमा पाख्रीन (Np pardeshi) को सुमधुर गित "मेरि माया" स्रोता तथा दर्शक माझ आएको छ।
जिग्मे घिसिङ को स्वर रहेको उक्त गित Ngima pakhrin yutube chanal मार्फत हेर्न र सुन्न सकिने गीतकार ङिमा पाख्रीन ( NP pardeshi ) ले बताउनु भएको छ।
यो गितमा मिलन बिछोड जस्ता प्रेम भाब झल्काउने सब्दहरु रहेका छन। यो गित ङिमा पाख्रीन ले रचना गर्नु भएको हो भने पदम थापाले सङ्गीत गर्नु भएको छ।
रोशन तामाङको निर्देशन रहेको उक्त गितमा रन्जिता तामाङ, राम तामाङ र लक्ष्मण तामाङले अभिनय गर्नु भएको छ।
उक्त च्यानल मार्फत ङिमा पाख्रीन ले रचना गर्नु भएका देश प्रेम , माया प्रेम जस्ता मिलनका खुशी , बिछोड्का पीडा जस्ता दर्जनौं गीतहरु सुन्न र हेर्न सकिने पनि गीतकार ङिमा पाख्रीन ले जानकारी दिनु भएको छ।
मेरो माया गीत नेपालका विभिन्न रमर्णिय स्थल हरुमा छायांकन गरिएको हो। ङिमा पाख्रीन पर्देशीका गीतहरु सुनेर हेरेर प्रतिक्रिया दिन समेत आग्रह् गरिएको छ। गीतकार ङिमा पाख्रीन पर्देशी अमेरिका बस्दै आउनु भएको छ।
एक दर्जन भन्दा बढी गीत रेकर्ड गराइ सक्नु भएका गीतकार ङिमा पाख्रीन का गीतहरुमा राजेश पायल राइ, जिग्मे घिसिङ,दिपा लामा,अशुसेन लामा,मिना निरौला, हरि लम्साल,मेनुका पौडेल,मेनुका राई,कबिता श्रेष्ठ ,निशान भट्टराइ, गम्बु शेर्पा,सुश्मा तामाङ ले स्वर दिएका छन।
Mero maya l Jigme Chhyoki Ghising l Nepali Official Video l Ranjita Tamang Ram Tamang, Laxman Tamangvocal: jigme chhyoki ghising, lyrics: NP Pardeshi (Ngima ...