Edainiki

Edainiki Welcome to you in edainiki.com. Here you can read types of news that we published everyday.

निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहि...
26/08/2024

निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहिष्णुताले भरिपुर्ण सामाजिक विविधता । मानिसहरु कृषि र विभिन्न पेशामा मन्त्रमुग्ध छन् । समय परिवेशअनुसार यहाँका स्थानियका दैनिकी र विकासका गतिविधिहरुले पनि स्वरुप परिवर्तन गर्ने क्रम जारी छ । सिंगो निसीखोलाका समस्या,चुनौति र सम्भावनाहरुलाई शुक्ष्म ढंगले केलाएर स्थानिय सरकारले विभिन्न योजनाहरु अगाडी बढाउने प्रयास गरिरहेको छ ,प्रस्तुत छ यसै विषयमा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरसंग गरिएको कुराकानीः

पोखरा । निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्.....

‘दिलसरा’ विशेषगरी नारी कथानक चलचित्र भएकोले ‘दिलसरा’ पात्रको प्रतिनिधित्व गर्ने महिलाहरु जो आफ्नो क्षेत्रमा संघर्षरत छन्...
15/08/2024

‘दिलसरा’ विशेषगरी नारी कथानक चलचित्र भएकोले ‘दिलसरा’ पात्रको प्रतिनिधित्व गर्ने महिलाहरु जो आफ्नो क्षेत्रमा संघर्षरत छन् र समाज र राष्ट्रलाई अग्रदिशातर्फ डो¥याउन अभिप्रेरित गर्न सक्छन् त्यस्ता जुझारु महिलाहरुको खोजी गरी समाज र राष्ट्रमा नै चिनाउने चलचित्र टिमको उद्देश्य रहेको चलचित्रका कार्यकारी निर्माता प्रेम थापामगरले बताए ।

पोखरा । सबै समुदायले विगतदेखि नै आफ्ना समुदायको कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजाग...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷...
08/08/2024

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ ।

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिब...

पोखरा रंगशाला गेट अगाडी मगरसंघको हलमा विहान ८ बजेबाट पर्सि हुने मगर पत्रकार संघ कास्कीको अधिवेशन तथा कौर्हा संरक्षण पुरस...
28/07/2024

पोखरा रंगशाला गेट अगाडी मगरसंघको हलमा विहान ८ बजेबाट पर्सि हुने मगर पत्रकार संघ कास्कीको अधिवेशन तथा कौर्हा संरक्षण पुरस्कार वितरण कार्यक्रमको बारेमा छलफल गरेर करिव ११ बजेतिर छुटियौ । लखनचोकमा आउदा गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’पठाओलाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आन्दोलन स्वरुप विभिन्न अराजक गतिविधि गरिरहेका थिए । आउदा आउदै बाटैमा पर्ने भएकोले हामी सबैजनाले फोटो र भिडियो खिच्न लाग्यौ आफ्ना आफ्ना मिडिया मार्फत सम्प्रेषण गर्न तर त्यही क्रममा यो पठाओ आयो हान हान भन्दै उनीहरु मगर पत्रकारसंघ कास्कीका अध्यक्ष विनु थापामगर तथा उपाध्यक्ष सुरज थापामगर चढेको स्कुटर तोडफोड तथा उनीहरु माथी कुटपिट भयो । घटना स्थलमा स्वयम आफै भएकोले यो गतिविधिनले मानसिक रुपमा निकै विक्षिप्त बनाएको छ । दोषी कोहो भिडियोमा प्रष्ट छ । घटनामा पिडितको भौतिक तथा मानसिक क्षतिपुर्ति हुने गरि सुनुवाई होस

विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत सञ्चालित बिई कम्प्युटर, बिई आर्किटेक्चर, बिई सिभिल, बिई सिभिल (रुरल),...
25/07/2024

विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत सञ्चालित बिई कम्प्युटर, बिई आर्किटेक्चर, बिई सिभिल, बिई सिभिल (रुरल), बिई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बिई सफ्टवेयर, बिई आइटी र बिई सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी इन्भाइरोन्मेन्ट कार्यक्रममा चार सय ९० कोटाका लागि दरखास्त आह्वान गरेको छ । व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित बिबिए, बिबिए(फाइनान्स), बिसिएस आइटी, बिएचसिएम, बिएचएम र बिबिए टीटी कार्यक्रममा सात सय ७० कोटा तथा मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सञ्चालित बिडेभ्स, बिइसिएस र बिएएलएलबी कार्यक्रममा ३९ कोटाका लागि दरखास्त आह्वान गरेको ढकालले जानकारी दिए ।

गण्डकी । पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको द.....

भनिन्छ, हजार शव्दहरुको अर्थ पढ्न एउटै तस्विर हेरे पुग्छ । पर्यटकीय राजधानी पोखराका जुनसुकै स्थान पनि आकर्षक र रमणीय छन् ...
20/07/2024

भनिन्छ, हजार शव्दहरुको अर्थ पढ्न एउटै तस्विर हेरे पुग्छ । पर्यटकीय राजधानी पोखराका जुनसुकै स्थान पनि आकर्षक र रमणीय छन् । यीनै पर्यटकीय स्थानहरुलाई क्यामेरामा कैद गरेर प्रचार प्रसार गरि पर्यटन प्रवद्धन गर्नमा पोखराका फोटो पत्रकारहरुको योगदान अतुलनिय छ । यहि सन्दर्भमा नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक २०२४ गरेको छ ।

पोखरा । भनिन्छ, हजार शव्दहरुको अर्थ पढ्न एउटै तस्विर हेरे पुग्छ । पर्यटकीय राजधानी पोखराका जुनसुकै स्थान पनि आकर.....

11/07/2024

बर्खाको समय, देशभर बाढीपहिरोको जोखिम छ । छोटो समयमै कयौले ज्यान गुमाए । यात्रा गर्नु अगाडी सडकको अवस्था बुझेर मात्रै गर्ने गरौँ,जसका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ, धन्दवाद 🙏

प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाईरिङमा २० देखि ८५ केजी तौल समूह र मह...
08/06/2024

प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदकका लागि पुरुषतर्फ स्पाईरिङमा २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा भएको थियो । यस्तै महिला तथा पुरुष प्याट्रन तर्फ हरियो, निलो र रातो कलर वेल्ट तथा प्रथम, द्धितीय र तृतीय डान समूहमा प्रतिस्पर्धा भएको थियो ।

पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्ज.....

आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५...
09/05/2024

आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ ।

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्.....

यो विषयमा पालिकाका सम्बन्धित पक्षले लिखित रुपमा ठोस छलफल र सम्झौता नगरेसम्म ताला नखोलिने समितीका जिल्ला सदस्य मिलन हमालल...
02/05/2024

यो विषयमा पालिकाका सम्बन्धित पक्षले लिखित रुपमा ठोस छलफल र सम्झौता नगरेसम्म ताला नखोलिने समितीका जिल्ला सदस्य मिलन हमालले बताए । उनले निश्चित कार्मचारी र प्रतिनिधिको यो खालको पटक पटकको गतिविधिले सिंगो पालिकाकै प्रशासनिक र विकासका कार्यहरु प्रभावित भैरहेको बताए । अहिले निसीखोला अध्यक्ष र उपाध्यक्ष काम विषेशले अन्तै रहेको खवर प्राप्त भएको छ ।

पोखरा । बागलुङको निसीखोला गाउँपालिकामा नयाँ हाकिम आएको एक हप्ता नपुग्दै सरुवा पत्र आएपछि कार्यालयमा आज तालाबन्.....

जनहितमा जारी सुचनागण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब...
30/04/2024

जनहितमा जारी सुचना

गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए ।
हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले बताए ।
नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उहाँको भनाइ छ । नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।

Address

Pokhar

Alerts

Be the first to know and let us send you an email when Edainiki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Edainiki:

Share