Pokhara Bimarsha

Pokhara Bimarsha Welcome to Pokhara Bimarsha official page in siddharthachowk,pokhara,Nepal

आज साउने संक्रान्ति, कस्तो छ पौराणिक महत्व                                                        पाेखरा   ।    सूर्यले ...
17/07/2025

आज साउने संक्रान्ति, कस्तो छ पौराणिक महत्व पाेखरा । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविदहरु बताउछन् ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ-आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

त्यस्तै साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको बताइन्छ ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ । त्यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण,  महेन्द्र गुफामा शालिक,              पोखरा   ।     जनकवि केशरी धर्मराज थापाको ...
17/07/2025

जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण, महेन्द्र गुफामा शालिक, पोखरा । जनकवि केशरी धर्मराज थापाको १सय १ औं जन्म जयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रमका विच स्मरण गरिएको छ।

शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागीले राष्ट्रले चिनेको लोक सर्जकलाई अहिलेसम्म पनि आफ्नै क्षेत्रले उपयुक्त सम्मान दिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। जनकवि थापाको व्यक्तित्व र कृतित्वको बारेमा परिचर्चा गर्दै अधिकांश व्यक्तिले बाटुलेचौरको माटोमा जन्मिएर हुर्किएका जनकविलाई स्मरण गरेर मात्र नपुग्ने बताउँदै, उनको शालिक निर्माणमा जोड दिएका छन्।

पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जनकवि केशरी धर्मराज थापा लगायतका यस क्षेत्रका साहित्यक व्यक्तित्वको उचित सम्मान र योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानले कार्ययोजना सहित अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनकवि केशरी थापाको शालिक निर्माणका लागि महेन्द्र गुफा परिसर उपयुक्त हुने र त्यसको स्थलगत निरीक्षण गरिएको बताउँदै, यसका विषयमा पोखरा महानगरपालिका पनि सकारात्मक रहेको स्पष्ट पार्नुभयो। “त्यसका लागि जनकवि केशरीका परिवार पनि तयार रहेको, वडाले पनि केही बजेट विनियोजन गरेको र प्रतिष्ठानले अगुवाइ गरेमा सार्थकता पाउँछ” वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो। साहित्य विकासको लागि पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जनकवि केशरी धर्मराज थापा कुनै क्षेत्र विशेषको नभएर राष्ट्रिय गौरवको लोक साधक भएको स्मरण गर्दै, उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्न स्थानीय सरकारले पनि भुमिका खेल्नुपर्ने बताउनुभयो।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बाटुलेचौर साहित्य र लोकसंगीतको उर्वर भूमि भएको बताउँदै, श्रष्ट्राको सम्मानले नै समाज सम्मानित हुने बताउनुभयो। उहाँले जनकवि केशरी धर्मराज थापाले गन्धर्व समुदाय र सारङ्गीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पनि महत्वपुर्ण भुमिका रहेको भन्दै स्मरण गर्नुभयो। साहित्यकार एवं पत्रकार असफल गौतमले जनकवि केशरीको जीवनी प्रस्तुत गर्दै, लोक साहित्य र संगीतको मेरूदण्डका रूपमा चित्रित गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कवि एवं सल्लाहकार शिव त्रिपाठी, प्रतिविम्ब वाङ्मय प्रतिष्ठानका अध्यक्ष शिवहरि आचार्य, शिक्षासेवी यमनकाजी गुरुङ, पुर्व जनप्रतिनिधि कोमलप्रसाद बास्तोला, विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, कार्यक्रम संयोजक हरि बहादुर थापा लगायतले कविको जन्म घरलाई कविकुञ्जको रूपमा विकास गरी त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष नेत्र बहादुर बानियाँ, पुर्व सदस्य डोब बहादुर केसी लगायतले जनकवि केशरी धर्मराज थापाका कालजयी लोक गीत प्रस्तुत गरेका थिए। प्रतिष्ठानका सचिव रामप्रसाद पाैडेलले संचालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गिता भण्डारीले स्वागत गर्नुभएको थियो। त्यस अघि सहभागीले जनकवि केशरीको तस्वीरमा माल्यार्पण गरी कविको स्मरण गरेका थिए।

आजदेखी अनलाइनबाटै सूचना माग्न र पुनरावेदन गर्न सकिने                                 काठमाडौं   ।   राष्ट्रिय सूचना आयोग...
17/07/2025

आजदेखी अनलाइनबाटै सूचना माग्न र पुनरावेदन गर्न सकिने काठमाडौं । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीवारदेखि अनलाइनमार्फत उपलब्ध गराउन सुरु गरेको छ ।

बिहीबार आयोगले एक पत्रकार सम्मेलन आयोजना गर्दै आरटीआई म्यानेजमेन्ट सिस्टमलाई अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन सुरु गरिएको जानकारी दिएको हो ।

आयोगका सूचना आयुक्त एवं प्रवक्ता गगन विष्टले पहिलो चरणमा संघीय सरकारका मन्त्रालय, संवैधानिक आयोग, विभाग र विभागस्तरका सूचना अनलाइमार्फत माग गर्न सकिने र सूचना उपलब्ध नगराएको खण्डमा अनलाइनमार्फत नै पुनरावेदन दिन सकिने व्यवस्थाको शुरुवात गरेको जानकारी दिए ।

विष्टका अनुसार उक्त प्रणालीलाई क्रमशः तीन तहको सरकार र देशव्यापी रूपमा लागु गर्ने आयोगको योजना छ । आयोगले सूचना प्रवाहमा उदासिन रहने सार्वजनिक निकायमाथि निगरानी र कारबाही प्रक्रिया समेत तीव्र बनाएको उनको भनाइ छ ।

उनले आर्थिक वर्ष २०८१/८२ को भित्र १०५३ वटा सूचना पुनरावेदन मुद्दा दर्ता भएको जानकारी दिए । आयोगका अनुसार सात दिनभित्र सूचना दिनुपर्ने आदेश ४५३ वटा जारी गरिएको छ ।

यस अवधिमा ७०९ वटा मुद्दा फर्छ्यौट गरिएको पनि प्रवक्ता विष्टले जानकारी दिए । उनले सार्वजनिक निकायका प्रमुखहरूले मनासिव कारण विना सूचना नदिएको भन्दै कारबाही किन नगर्ने भनी २३ वटा आदेश जारी गरिएको पनि जानकारी दिए ।

यस अवधिमा आयोगको इजलासले ८३ पटक बैठक बसेर २ हजार ८ सय ४१ वटा पत्राचार गरेको छ ।

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरी: प्रदेश प्रमुख भट्ट                             पाेखरा    ।   गण्डकी प्रदेशका प्र...
17/07/2025

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरी: प्रदेश प्रमुख भट्ट पाेखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ ।

ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।


नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको बताउँदै प्रदेश प्रमुख भट्टले ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवद्र्धन र उनीहरूमाथि हुने दुर्व्यवहार, हिंसा र विभेदको रोकथाम जरुरी रहेको उल्लेख गर्नुभयो ।

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको उल्लेख गर्नुहुँदै उहाँले राज्य सँगसँगै ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न सङ्घसंस्था तथा निजीस्तरले पनि सरोकार राख्न थालेकोमा खुशी व्यक्त गर्नुभयो । ‘असहाय, निःसहाय, दीनदुःखी ज्येष्ठ नागरिकको संरक्षणका लागि मानव सेवा आश्रम, सामुदायिक वृद्धाश्रमले काम गरिरहेका छन् ।’ उहाँले भन्नुभयो – ‘सामाजिक रूपमा सम्मान गर्ने परम्पराको विकास हुँदै गएको छ । जुन खुशीको कुरा हो ।’


धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले समाजले गरेको शिव महापुराण महायज्ञ, ब्राह्मणद्वारा हवन, पूजा अर्चना आदि कार्यक्रमबाट धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याण र विश्व शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पूरा गर्न सकोस् भन्ने कामना पनि उहाँले गर्नुभयो ।

अब सार्वजनिक पदाधिकारीले निजी स्वार्थ जोडिने निर्णय गर्न नपाउने                     काठमाडौं   ।     सार्वजनिक पदाधिकारी...
17/07/2025

अब सार्वजनिक पदाधिकारीले निजी स्वार्थ जोडिने निर्णय गर्न नपाउने काठमाडौं । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन तथा जिम्मेवारीलाई निष्पक्ष, जबाफदेही तथा विश्वसनीय बनाउन सरकारले स्वार्थको द्वन्द्व व्यवस्थापन सम्बन्धी कानुन बनाउने प्रक्रिया सुरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तयार गरेको छ । नेपालमा यस्तो विधेयक पहिलो पटक निर्माण गरिएको र सर्वसाधारणको सुझावका लागि कार्यालयको आधिकारिक वेबसाइट राखिएको कार्यालयका प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्यले जानकारी दिए ।

विधेयकमा सार्वजनिक पदाधिकारीले स्वार्थको द्वन्द्व व्यवस्थापनका लागि आफू नियुक्त, मनोनयन वा निर्वाचित भई आफ्नो कार्यभर वा जिम्मेवारी सम्हाल्नु अघि आफ्नो निजी स्वार्थ रहन सक्ने विषय आफू कार्यरत निकायमा लिखित रूपमा जानकारी गराउने व्यवस्था राखिएको छ ।

सार्वजनिक पदाधिकारीले आफूले निर्णय गर्नुपर्ने विषयमा प्रत्यक्ष वा परोक्ष रूपमा आफ्नो निजी स्वार्थ रहेको भएमा त्यस्तो विषयमा निर्णय गर्न नहुने उल्लेख छ । स्वार्थ जोडिने विषयमा कारण खुलाइ सोही निकाय वा कार्यालयमा आफू सरहको पदाधिकारी भए निजबाट निर्णय गराउन पर्ने व्यवस्था गरिएको छ ।

विधेयकमा स्वार्थ जोडिने विषय परेर निर्णय गर्न नमिल्ने भए मन्त्री वा मुख्यसचिवले नेपाल सरकार मन्त्रिपरिषद् समक्ष, संवैधानिक निकायको पदाधिकारी भए बाँकी रहेका पदाधिकारी समक्ष, विशिष्ट श्रेणीको पदाधिकारी भए मुख्यसचिव समक्ष, अन्य सार्वजनिक पदाधिकारी भए एक तह माथिको पदाधिकारी समक्ष निर्णयका लागि पेस गर्नुपर्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ ।

सार्वजनिक पदाधिकारीले विधेयकमा भएको व्यवस्था विपरीत निर्णय गरेमा स्वतः बदर हुने व्यवस्था पनि प्रस्तावित विधेयकमा गरिएको छ ।

निजी स्वार्थको विषय जानकारी गराउनुपर्ने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ ।

रोपाई महोत्सवमा रमाए स्वदेशी र विदेशी पर्यटक                                                                   पोखरा    ...
30/06/2025

रोपाई महोत्सवमा रमाए स्वदेशी र विदेशी पर्यटक पोखरा । असार १५ अर्थात धान दिवसको अवसरमा पोखरामा आयोजना गरिएको २० औ असारे रोपाई महोत्सवमा आन्तरीक र बाह्य पर्यटक रमाए ।

पोखरा पर्यटन परिषदले विगत १९ वर्षदेखि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रोपाई महोत्सव गदै आएको छ । आइतबार पोखरा २६ गुदेताल क्षेत्रमा आयोजना गरिएको महोत्सवमा आन्तरिकसंगै बाह्य पर्यटक समेत रमाएका हुन् ।

पर्यटकलाई दही र चिउराले स्वागत गर्न पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २६ का स्थानीयहरु ब्यस्त थिए । टपरीमा दही रोटी र चिउराको स्वाद अनि हिलोमा खेलेर पर्यटक रमाएका थिए । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यस पटक लेखनाथमा आयोजना गरिएको पोखरा पर्यटन परिषदले जनाएको छ । नेपाली किसानका लागी मानो रोपेर मुरी उब्जाउने चटारो भएपनि नेपाली संस्कृतिका बारेमा पर्यटकलाई जानकारी गराउदै पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो पाेखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनुभयाे ।

खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुदैँ पर्यटक दही र चिउराको स्वादमा नाच्दै नेपाली संस्कृतीमा रमाए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने हुनुभएको थियो । असारे रोपाई महोत्सवको लागी भनेर विभिन्न देशका पर्यटक सहभागी हुनुभयो । रोपाई महोत्सवमा सहभागी हुनकै विभिन्न देशकाहरु पोखरा आएका थिए । “पोखरा सवै मौसमका लागी” भन्ने नारा सहित महोत्सव आयोजना गरिएको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ताले यस्ता महोत्सवले संस्कृतिको जगेर्ना गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले बताउनुभयो ।

विदेशी पर्यटकहरु नेपालको नाम सुने पनि असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी लागेको बताउनुहुन्छ । अष्टे«लियाका डेनीसले भने हिलोमा खेल्दा रमाईलो लाग्यो । उनले हिलोमा खेलेको र धान रोपेको देख्दा रमाइलो लागेको बताए । मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त छन् । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने ।

लोपहुदैं गएको परम्परागत कृषि प्रणालीलाई जोगाई नेपाली सँस्कृतिलाई जगेर्ना, कृषि क्षेत्रलाई बढवा दिई कृषि उद्योगलाई सघाउने र आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित पोखरेली पर्यटनकर्मीले असारे पन्ध्रमा रोपाँई महोत्सवको आयोजना गदै आएका छन् । खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । रोपाहारले हातमा धानको बीउ लिदैं हिलोमा छुपुछुपु धान रोप्दै असारे गीत गाउँदा महोत्सवस्थल नै संगीतमय बनेको थियो ।

पोखरामा खेतीयोग्य जमिन प्लटिङले हराउँदै गएका छन् । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गरे । उहाँले आर्थिक विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनुभयो । उहाँले यहाँ भएका प्राकृतिक, धार्मिक र सांस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सहयाेग पुग्ने बतााउनुुभयाे ।

कृर्षिको विकास विना आर्थिक समृद्धि सम्भव नहुने बताउदै यस्ता महोत्सवले पर्यटन क्षेत्रसंगसगै आर्थिक विकासमा सहयोग पुर्याउने विश्वास ब्यक्त गनुभयो ।

विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै सञ्चालन हुने                  काठमाडौं   ।    विद्यालय शिक्षा विध...
28/06/2025

विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै सञ्चालन हुने काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ ।

शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो ।

सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव अनुसार एसईई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।

जसका लागि प्रदेशले बोर्डसँग समन्वय गर्नेगरी समितिले विधेयकमा प्रस्ताव अघि बढाउने भएको हो ।

मूल विद्यालय शिक्षा विधेयकमा एसईई राखिएको थियो । उपसमितिले पनि यो विषयलाई हटाएको थियो ।

तर शिक्षा मन्त्रालयले गरेको प्रस्तावमाथि समितिमा आज छलफलपछि पारित भएको हो ।

फिर्केको अतिक्रमण छिट्टै हटाइनेछ : प्रमुख आचार्य                                               पोखरा     ।      पोखरा मह...
28/06/2025

फिर्केको अतिक्रमण छिट्टै हटाइनेछ : प्रमुख आचार्य पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फिर्के खोलाघरमा बनेका संरचना छिट्टै हटाइने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको बृक्षारोपण कार्यक्रमको शनिबार विहान प्रारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस कार्यमा सहयोग गर्नसमेत स्थानीयलाई आग्रह गरे । विगतमा १० मिटर मापदण्ड रहेकोमा स्थानीय र सरोकारवालाकै कुरा सुनेर महानगरले मापदण्ड ६ मिटरमा झारेको स्मरण गरेका उनले छुट्याइएको खोलाघरबाट संरचना कुनैपनि हालतमा हटाइने प्रष्ट पारे । ‘स्थानीय र सरोकारवालाको आग्रहलाई स्विकार गरेर मापदण्ड ६ मिटरमा झारिएको हो । यसको कार्यान्वयनमा दायाँबायाँ हुँदैन’ उनले भने ।

उनले फिर्केमा ढल नमिसाउन र फहोर नफाल्न समेत आग्रह गरेका छन् । फिर्केखोलालाई स्वच्छ र हरियालीयुक्त बनाइने उनले बताए । पोखरा महानगरपालिकाले ‘ग्रीन सिटी क्लिन सिटी’ अभियान चलाएको र यो अभियानलाई सफल पार्न दुई लाख २६ हजार विरुवा रोप्ने कार्यक्रमलाई अगाडि बढाइएको उनले जानकारी दिए ।

उनले आफ्ना अग्रजको सम्मान र स्मरणमा बृक्षारोपण गर्नसमेत आह्वान गरेका छन् । साथै आफूले रोपेका विरुवाको संरक्षण पनि सकेसम्म आफूले नै गर्न उनले आग्रह गरे । ‘आफ्ना अग्रजको सम्मान, अग्रजको स्मरणमा रुख रोप्नुहोस् । त्यसलाई हुर्काएर सम्मान प्रकट गर्नुहोस् । वातावारण सफा गर्नका लागि पनि योगदान अनि अग्रजको सम्मान पनि संगै हुन्छ’ उनले भने ।

४ साउन देखि २ भदौसम्म २०८० मा भएको नाप जाँचपछि महानगरलाई बुझाइएको प्रतिवेदनमा १ सय ६० संरचना फिर्के खोलाघरमै बनेको पाइएको थियो । ति संरचना हटाउन पोखरा महानगरपालिकाले १० कात्तिकमा २०८० मा ३५ दिने सूचना निकालेकोमा २४ कात्तिक २०८० मा उच्च अदालत पोखराले ताल घरका संरचना तत्काल नहटाउन अन्तरिम आदेश दिएको थियो । गत १६ पुसमा न्यायाधीशद्वय मीलनकुमार राई र उमेश कोइरालाको इजलासले त्यो रिट खारेज गरिदिएसंगैं महानगरलाई खोला घरमा रहेका संरचना हटाउन बाटो खुलेको छ ।

शनिबार पोखरा महानगरका प्रभुख धनराज आचार्य वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, वडानम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य, नागरिक अभियान्ता रामबहादुर पौडेल र स्थानीय आमा समूह, टोल विकास संस्थामा आवद्ध विभिन्न व्यक्तिहरुले बृक्षारोपण गरेका हुन् ।

वडा नम्बर ८ का वडाध्यक्ष रुद्धनाथ बरालले सडकको दायाँबायाँ विभिन्न जातका ५० विरुवा रोपिएको जानकारी दिए । वातावरणीय स्वच्छताका लागि वडा कार्यालय लागि परेको र महानगरको अभियानको साथमा रहेको उनले बताए । यस्ता अभियानलाई आगामी दिनमा पनि अगाडि बढाइने उनले बताए ।

एसईईको पूरक परीक्षा साउन २९ देखि हुने (तालिकासहित)                                 काठमाडौं   ।    एसईईको पूरक परीक्षा आ...
28/06/2025

एसईईको पूरक परीक्षा साउन २९ देखि हुने (तालिकासहित) काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ ।

शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।

विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् । यसका लागि असार २३ गतेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

एमालेको राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा                      काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादे...
28/06/2025

एमालेको राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेको जनाइन् । भण्डारीले भनिन्– ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’

उनले अब आफू नेकपा एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको घोषणा गर्दै यसमा आफू गर्व गरेको बताइन् । उनले यसमा आफ्नो कुनै विशिष्ट लक्ष्य नभएको भन्दै देश र जनताको सेवा गर्ने एक मात्र उद्देश्य रहेको बताइन् ।

जननेता मदन भण्डारीको भनाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाई नहुने बताइन् । उनले राजनीतिक यात्रामा यहाँसम्म आउँदा धेरै कुरा बुझिएको, सिकाएको र परिपक्व बनाएको बताइन् ।

तत्कालीन एमाले उपाध्यक्ष भण्डारी २०७४ को निर्वाचनपछि राष्ट्रपति बनेसँगै सक्रिय राजनीतिबाट अलग भएकी थिइन् । उनी २०७९ को निर्वाचनपछि सात वर्षे राष्ट्रपति कार्यकाल सकाएर शीतल निवासबाट निजी निवास फर्केकी थिइन् ।

पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ उत्कृष्ठ युवा पुरस्कृत                         पोखरा    ।       पोखरा महानगर...
28/06/2025

पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ उत्कृष्ठ युवा पुरस्कृत पोखरा । पोखरा महानगरपालिका नगर युवा परिषदले पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जना युवालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये पत्रकार सुवेदीसहित पुरस्कृत भएका हुन् ।

अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदी युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका हुन् । सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा चियटरका सञ्चालक मुक्तिबहादुर कार्की (परिवर्तन) कृषिबाट अर्गानिक ‘हरिलो’ उत्पादन तथा विक्री गरिरहेकी रोशनी आचार्य, खेलकुद क्षेत्रबाट लङ टेनिशका खेलाडी प्रदीप खड्का पुरस्कृत भए ।

पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा दीगो विकास क्षेत्रमा क्रियाशील पौडेल फोहोरमैला व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेर काम गरिरहेका छन् । विज्ञान तथा प्रविधि, शिक्षा क्षेत्रबाट पुरस्कृत नेपालीले रेस्ट्रो एक्स एपमार्फत देश तथा विदेशमा १० हजार होटल, रेस्टुरेन्टलाई डिजिटल सेवा दिइरहेको छ । उनले ४६ जनालाई रोजगारी दिइरहेका छन् ।

कला, साहित्य, संस्कृति तथा नाट्य क्षेत्रबाट पुरस्कृत परिवर्तनको नेतृत्वमा नाटक घर निर्माण गरेर नाटक निर्माण, मञ्चन तथा प्रवद्र्धनमा लागि परेका छन् । हरिलो नाममा अर्गानिक अचार देश तथा विदेशमा पु¥याइरहेकी रोशनीले मासुजन्य अचारसहित विभिन्न कृषि उत्पादनको बजारीकरण गरिरहेकी छन् । हरिलोमा अहिले २५ जनाले रोजगारी पाएका छन् ।

लङ टेनिश खेलाडी प्रदीप नेपालकै उत्कृष्ठ खेलाडी हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।

गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीको संयोजकत्वमा गण्डकी प्रेस रजिस्टार विमला भण्डारी, पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, कानुन व्यवसायी कुञ्जनी प्यासीपरियार, पोखरा खेलकुद समितिका उपाध्यक्ष दीपक गोदार, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा ६ जनालाई पुरस्कृत गरिएको पोखरा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । ६ जना युवाहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरे ।

विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यक्तिहरुले ६ जना युवाहरुको नाम सिफारिस गरेका थिए । छनोट समिति संयोजक डा। अधिकारीले आआफ्नो क्षेत्रमा दख्खल राखेका देशमै सम्भावना देखाइरहेका युवाहरुको सूचीबाट ६ जनाको नाम सिफारिस गरिएको बताए । ‘६ वटा क्षेत्रमा विभाजन गरेर विभिन्न चरणको छनोट प्रक्रियाबाट नाम टुंग्यायौं तर यो सूचीमा हुने अन्य पनि योग्य नभएर होइन, भएकामध्येबाट राम्रो छानिएको हो,’ संयोजक अधिकारीले भने ।

साहित्यकार उपेन्द्र पौडेलले पोखरा अब भूगोल नभएर संस्कृति बनेको बताउँदै नागरिकता हेरेर युवा प्रतिभा छनोट गरिएको बताए । पोखरा महानगरका मेयर आचार्यले अहिले समाजमा निराशामात्रै व्यक्त भइरहेका बेला आशा जगाइरहेका युवाहरुलाई पुरस्कृत गर्दा अन्य युवाका निम्ति पनि प्रेरणादायी हुने बताए ।

अध्यक्ष पदको जिम्मेवारीबाट नहट्न नेपाललाई नेताहरूको सुझाव                        काठमाडौं    ।      नेकपा एकीकृत समाजवाद...
28/06/2025

अध्यक्ष पदको जिम्मेवारीबाट नहट्न नेपाललाई नेताहरूको सुझाव काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरूले पार्टी अध्यक्षबाट नहट्न अध्यक्ष माधव नेपाललाई सुझाव दिएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा अध्यक्षमाथि प्रतिशोधको मुद्दा चलाएको आरोप लगाएका उनीहरुले सचिवालय बैठकमा अध्यक्ष माधव नेपाललाई अध्यक्ष पदबाट नहट्न सुझाव दिएका हुन् । पतञ्जी गग्गा प्रकरणको मुद्दाका आधारमा अध्यक्ष पदको जिम्मेवारीबाट हट्न नहुने सुझाव सचिवालय सदस्यहरुले दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

बैठकमा अध्यक्षको मुद्दा, सांगठानिक कार्य लगायतका एजेन्डामाथि छलफल भएको थियो र भोलि पुनः बैठक बताइएको छ । बैठकमा अध्यक्ष माधव नेपालको मुद्दाको विषय, सांगठानिक कार्य लगायत सातवटा एजेन्डामाथि छलफल भइरहेको उनको भनाई छ।

सचिवालय बैठक आइतबार पुनः बस्ने र आवश्यक निर्णय गरेर सम्पन्न हुने नेता पाण्डेले बताए ।

Address

Pokhar

Alerts

Be the first to know and let us send you an email when Pokhara Bimarsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Bimarsha:

Share