Samacharpati

Samacharpati Samacharpati is a Complete News and Media Platform managed by Pokhara Media Club pvt.ltd This is an official page of www.samacharpati.com

जनकवि केशरी धर्मराज थापाले प्रकाशन शुरु गर्नुभएको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’को पुन...
18/07/2025

जनकवि केशरी धर्मराज थापाले प्रकाशन शुरु गर्नुभएको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन शुरु भएको छ ।

जनकवि केशरी थापाको १०१ औं जन्मजयन्ती अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो ।

https://samacharpati.com/janakvi-keshari-dharmaraj-thapa/
'

जनकवि केशरी धर्मराज थापाले प्रकाशन शुरु गर्नुभएको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफ....

एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् । टोलीसँग उनको समय २०३१ सम्म वि...
18/07/2025

एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् । टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ । गत आईतवार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा थिए । जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे ।

https://samacharpati.com/lamin-yamal/

एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् । टोलीसँग उनको समय २०.....

दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अ...
18/07/2025

दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमध्ये १५ जनाको मृत्यु भीडमा ग्यास छरेपछि भएको भागदौडका कारण निसास्सिएर भएको स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । पहिलो पटक, सहायता वितरण केन्द्रहरूमा नागरिकहरूमा निसास्सिएर र गम्भीर भागदौडका कारण मृत्यु भएको हो ।

https://samacharpati.com/southern-gaza-strip/

दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स...

नेपाल उद्योग परिसंघका अध्यक्ष  वीरेन्द्रराज पाण्डेले उद्योगहरु राष्ट्रका आधार भएकाले तिब्र रुपमा विस्तार हुन जरुरी रहेको...
18/07/2025

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगहरु राष्ट्रका आधार भएकाले तिब्र रुपमा विस्तार हुन जरुरी रहेको बताउनुभएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवका अवसरमा आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जीडीपिमा उद्योग क्षेत्रको योगदान घटेको र त्यसलाई बढाउन उद्योग क्षेत्रको विस्तार हुनुपर्ने बताउनुभएको हो ।

https://samacharpati.com/birendra-raj-pandey/

नेपाल उद्योग परिसंघका अध्यक्ष  वीरेन्द्रराज पाण्डेले उद्योगहरु राष्ट्रका आधार भएकाले तिब्र रुपमा विस्तार हुन .....

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ ज...
18/07/2025

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ जनाको मृत्यु भएको जनाएको छ । २२७ जना घाइते भएका छन् । एनडीएमएको मिडिया शाखाले बताएअनुसार पूर्वी पञ्जाव प्रान्तमा धेरैजसो दुर्घटना भएका हुन् । वर्षाले व्यापक विनाश निम्त्याएको छ । जसमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू प्रान्तको लाहोर र फैसलाबाद जिल्लाहरू हुन् । अधिकांशको मृत्यु पर्खाल र छाना ढलेर भएको हो ।

https://samacharpati.com/pakistan-35/

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम...

इराकको वासित प्रान्तको राजधानी कुटमा रहेको एक हाइपरमार्केटमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । गृह मन्त्र...
18/07/2025

इराकको वासित प्रान्तको राजधानी कुटमा रहेको एक हाइपरमार्केटमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । गृह मन्त्रालयको एक विज्ञप्तिअनुसार बुधवार राति एउटा रेस्टुरेन्ट र हाइपरमार्केट रहेको पाँच तले व्यावसायिक भवनमा ठूलो आगलागी भएको थियो । यो भवन सात दिनअघि मात्रै खुलेको थियो ।

https://samacharpati.com/iraq-2/

इराकको वासित प्रान्तको राजधानी कुटमा रहेको एक हाइपरमार्केटमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । ग....

दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनहरूमा थप ...
18/07/2025

दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने अनुमान गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ । बुधवार दिउँसो ग्योन्गी प्रान्तमा चलिरहेको सवारी साधनमा पर्खाल भत्किँदा ४० वर्षीय एक चालकको मृत्यु भएको थियो ।

https://samacharpati.com/south-korea-27/

दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनह.....

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्य...
18/07/2025

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

https://samacharpati.com/senior-citizen-3/

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्...
18/07/2025

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खड्काले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको सहकारी मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो । आफ्नो एक वर्षे कार्यकालमा उर्जा, प्रशारण लाइनको र सिंचाईको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको छ ।

https://samacharpati.com/minister-for-irrigation-deepak-khadka/

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको व...

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको छ ।बिहीवार पार्टी केन्द्र...
18/07/2025

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको छ ।बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित नेपाली काँग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको हो ।

https://samacharpati.com/gagan-kumar-thapa-17/

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको छ ।बिहीवार पार....

गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढ्दै गएक...
18/07/2025

गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढ्दै गएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकार सम्बन्धी विषयहरुमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद्जन्य जोखिमलाई न्युनिकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

https://samacharpati.com/home-minister-ramesh-lekhak-51/

गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहर....

राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म करिव २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ । बिहीवार पार्टी केन्द्रिय कार्याल...
18/07/2025

राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म करिव २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले उक्त जानकारी गराएको छ । सहकारी ठगी, सम्पती शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि भैरहवा कारगारमा अमिटीले सञ्चालन गरिरहेको उल्लेख गर्दै साउन ५ गतेदेखि वडास्तरमा घरदैलो कार्यक्रम गरिने बताउनु भयो । रहेका पार्टी सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेदेखिभियान शुरु गरिएको थियो ।

https://samacharpati.com/door-to-door-signature-campaign/

राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म करिव २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ । बिहीवार पार्टी केन्द्र.....

Address

Pokhar

Alerts

Be the first to know and let us send you an email when Samacharpati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samacharpati:

Share

Please Like Our Page. Thanks

Please, Like Comment And Share us.