Ramji Acharya

Ramji Acharya Lyricist & Storyteller

Writing songs about nature and love and creating sweet melodies with AI

बामेरा खुट्टाको ठेसजोगाउनचिरिएका औँला रपटपट फुटेकाकुर्कुच्चाहरू—कति बाटो हिँडे होलान्मेरा लागिबा का ती खाली खुट्टा…!मेरा...
11/09/2026

बा

मेरा खुट्टाको ठेस
जोगाउन
चिरिएका औँला र
पटपट फुटेका
कुर्कुच्चाहरू—
कति बाटो हिँडे होलान्
मेरा लागि
बा का ती खाली खुट्टा…!

मेरा खुसी र भावनाका
पहाडहरू बोक्दाबोक्दै
शिरमा डामिएको
नाम्लाको डोब—
मैले सपना देखिरहँदा
बा को निधारबाट
कति पसिना बग्यो,
मैले कहिल्यै गनिनँ…।

मेरो भोक मेटिँदा
बा कति पटक
आफैँ भोकै सुते,
मेरो आङ न्यानो हुँदा
बा कति जाडा
चुपचाप काँपे—
त्यो हिसाब पनि
कहिल्यै सोधिएन…।

दिन बिते,
युग बिते,
मेरा खुट्टा आफैँ
हिँड्न सक्ने भए,
तर बा को काँध
कहिल्यै थाम्न सकिएन…!

आज
बा को ढाड अलि निहुरिएको छ,
कपालमा हिउँ परेको छ,
हिँडाइ सुस्त भएको छ—
तर मेरा खुसीहरू
मर्न नदिन
हजार चोट र दबाब
झेलेर अझै हाँसिरहन्छन्
बा र बाहरू…।

सायद
संसारका सबैभन्दा अग्ला पहाड
हिमाल मात्रै होइनन्—
सन्तानका दुःख छेक्दै
चुपचाप उभिइरहने
बा पनि हुन्…।

बा दिवसमा
ती सबै चिरिएका कुर्कुच्चा,
नाम्लाले डामेका शिर
र कहिल्यै नथाकेजस्तो गर्ने
थाकेका काँधहरूलाई
मेरो शिर झुकाएर प्रणाम।

साथीहरू 🙏नयाँ गीत लेख्दै गर्दा एउटा शब्द अड्कियो - "जनमुन्द्रो"। यो हाम्रो पहाडको एउटा बनस्पति हो। गीतमा यसको उल्लेख गर्...
08/09/2026

साथीहरू 🙏

नयाँ गीत लेख्दै गर्दा एउटा शब्द अड्कियो - "जनमुन्द्रो"।
यो हाम्रो पहाडको एउटा बनस्पति हो। गीतमा यसको उल्लेख गर्नैपर्ने थियो।

धेरै ठाउँ खोजेँ। गाउँका दाजुभाइहरूसँग सोधेँ।
तर अहिले यो फल धेरै ठाउँमा लोप भइसकेको रहेछ।
ठ्याक्कै भेटाउन सकिनँ।

वैज्ञानिक किताब र ICIMOD को अभिलेख हेर्दा "जनमुन्द्रो" लाई
Berberis napaulensis भनिन्छ रे। नेपाली नाम "जमाने माण्ड्रो" पनि हो।
यो काँडेदार झाडीमा झुप्पा-झुप्पा बैजनी-कालो फल लाग्छ।

तस्बिरमा देखिएको फल त्यसैको हो जस्तो लाग्छ।

यदि तपाईंसँग जनमुन्द्रोको अर्को तस्बिर, जानकारी वा लोककथा छ भने
कृपया कमेन्टमा पठाइदिनुहोला। गीतलाई अझ प्रामाणिक बनाउन मद्दत हुन्छ।

प्रकृतिलाई जोगाऔं, शब्दलाई जोगाऔं 🙏
#नेपालीगीत #जनमुन्द्रो #प्रकृति

06/09/2026

“प्यारो छ जन्म गाउँ… ❤️
स्वर्गबाट खसेको, ढुङ्गा र माटोमा प्राण बसेको… 🏡🌿
तपाईंको जन्म गाउँ कहाँ हो? 🇳🇵”
#जन्मगाउँ NepaliReels VillageLife जन्मभूमि

रुखो बोली, घोचपेचत्यागेर लौ उठौँ नपीडितलाई राहत दिनसबै जुटौँ न... आँसुको भेलको विचमा पनि केहि ज्यानहरु बचाएकोमा उद्धारकर...
04/09/2026

रुखो बोली, घोचपेच
त्यागेर लौ उठौँ न
पीडितलाई राहत दिन
सबै जुटौँ न...
आँसुको भेलको विचमा पनि केहि ज्यानहरु बचाएकोमा उद्धारकर्ताहरुलाइ हार्दिक धन्यबादका साथै सानो खुसी को लागी यो गीतको मर्म अनुसार सबै जना आ आफ्नो ठाउँबाट लागी परिदिनुहुन आग्रह ......
Images :
Ai assisted

02/09/2026

कस्तो खेल रच्यौ दैव
हाम्रो जिन्दगानीमा
खुसीको संसार
सबै बग्यो पानीमा...
`आँशुको भेल ...´ गीतबाट एउटा सानो अंश । सबै जना सुरक्षित रहँदै पिडीतको सहयोगमा जुटौँ निरन्तर ...

Words : Ramji Acharya
Audio video: AI assisted

01/09/2026

दुःखैको घडीमा घाइते मनलाई सघाऔँ ❤️
माया र ममताको मलम लगाऔँ 🙏
भोटेकोसि, त्रिशुलीको पीडा मा आ -आफ्नो
तर्फबाट सक्दो सहयो गरौँ ......... !!


Audio and video: AI generated

30/08/2026

नसोचेको "आँसुको भेल" ले सबै नेपालिको मनमा पिडा थपेको छ । यस दुखद घडीमा
भोटेकोसि - त्रिशुली बाढी पिडीतलाइ साथ दिऔँ ।
Tek Narayan Acharya Lok Raj Acharya Saugat Durga Prasath Dilliram Acharya Nischal अर्जुन प्रसाद रिजाल Ramesh KC


Audio/video: AI assisted

27/08/2026

मन भित्र उठ्छ भक्कानो
कस्तो बरिलै ...
मुटुमै खिल गढे जस्तो
बरिलै ......
❤️

26/08/2026

थाकखोला र मार्फालि मायाँलाइ भुल्नु भएको त छैन नि ?

हाम्रो साँगीतिक यात्राको निरन्तरता र यहाँहरुको माया यसैगरि पाइरहुँ यहाँहरु सबैमा हार्दिक स्वागत एवं न्यानो माया छ ... ।S...
26/08/2026

हाम्रो साँगीतिक यात्राको निरन्तरता र यहाँहरुको माया यसैगरि पाइरहुँ यहाँहरु सबैमा हार्दिक स्वागत एवं न्यानो माया छ ... ।

Sandip Malla, Sumitra Udas, Bikash Pudasaini, Prashant Roka Magar, Hari P Subedi, Bisheshwor Dahal, Bimala Adhikari, Sah Resham, Mitralal Sharma, Ram Bdr Bam, Narayani Devi Bhusal, शास्त्रनिधि बिसुराल, Parbati Devi Acharya, Balram Mainali, Bhagwoti Mishra, Mana Sen Sen, Jhambar Giri, Hari Man Joshi, Bhadramani Gautam, सीता पोख्रेल, Gyanu Kumari Karki, Sita Giri, Bidhya Dhungana, Dila Ram Tamang, ओम नाथ नेपाल, Tham Prashad Banstola, Man Bahadur Bal, Ambar Tamang, Hari Poudel, Hira Sharma, Ambika Phuyal, Keshab Khatiwada, Devi Acharya, Purna Bahadur Roka, Khadga Prasad Shiwakoti, Poudel Nilakantha, Netra Bahadur, Hirday Narayan Yadav, Prakash Regmi, Krishna Paudel, Krishna Bhattrai, Jibanath Dahal, Purna Maya Basnet, Kamala Khadka, Khatri Khatri

Address

Pokhar

Alerts

Be the first to know and let us send you an email when Ramji Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramji Acharya:

Shortcuts

Share