10/05/2026
पोखरेली सिसाकलम !
खेर गइरहेका पुराना पत्रपत्रिकाबाट वातावरणमैत्री पेन्सिल उत्पादन गर्दै आत्मनिर्भर बन्दै गरेका पोखरेली महिलाहरूको यो प्रयास साँच्चै प्रेरणादायी छ ।
पोखरा–२ अर्चलबोटमा सञ्चालित ‘पोखरेली सिसाकलम उद्योग’ मा ५ जना महिला दिदीबहिनी मिलेर मासिक हजारौँ पेन्सिल उत्पादन गर्दै आउनुभएको छ । पुराना कागजलाई पुनः प्रयोग गरेर बनाइने यी सिसाकलमले वातावरण जोगाउनुका साथै स्थानीय महिला उद्यमशीलतालाई पनि बल पुर्याइरहेको छ ।
अझ तपाईंले चाहनुभएको खण्डमा तपाईकै नाम, अफिस वा होटलको लोगो राखेर पनि पेन्सिल बनाउन सक्नुहुन्छ।
अब हाम्रो घर, अफिस, विद्यालय वा होटलका लागि चाहिने सिसाकलम किन बाहिरबाट किन्ने ?
आउनुहोस्, पोखरेली दिदीबहिनीहरूले उत्पादन गरेको सिसाकलम प्रयोग गरौँ, उहाँहरूको मेहनतलाई सम्मान गरौँ र स्थानीय उत्पादनलाई साथ दिऔँ । ❤️🙏
सम्पर्क : ९८४६२-७९२८६