Saugat communication pokhara

Saugat communication pokhara गण्डकी यातायात लाईसेन्स सम्बन्धि सम्पुर्ण सूचना दिने साथै अनलाईन सम्बन्धि सम्पुर्ण कार्य गरिन्छ ।

13/06/2026
12/06/2026
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३-०२-२९ गते शुक्रबार लिखित परीक्षा हुने ...
11/06/2026

वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३-०२-२९ गते शुक्रबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।

लाईसेन्स कार्यालय पोखराको सूचना।*********************************हाम्रो आधिकारिक वेभसाईट https://tmolkaski.gandaki.gov.n...
10/06/2026

लाईसेन्स कार्यालय पोखराको सूचना।
*********************************
हाम्रो आधिकारिक वेभसाईट https://tmolkaski.gandaki.gov.np new version मा अपग्रेड हुन लागेको हुँदा मिति २०८३-०२-२८ गते हुने लिखित परीक्षा सम्बन्धि सूचना यसै फेसबुक पेज मार्फत प्रकाशन गरिएको जानकारी गराईन्छ।
*********************************
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३-०२-२८ गते विहिबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
*********************************
पुनश्चः
१. लिखित परीक्षा बिहान ९.३० बजेबाट सुरु हुनेछ। परीक्षा सुरु हुनुभन्दा १० मिनेट ढिला उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन सकिने छैन।
२. लिखित परीक्षा २ सिफ्टमा हुनेछ। पहिलो सिफ्ट ९.३० बजेबाट क्र.सं. १ देखि १०० सम्मको हुनेछ। पहिलो सिफ्टको परीक्षा सम्पन्न हुनासाथ क्रमश: दोस्रो तश्रो सिफ्ट सुरु हुनेछ।
३. लिखित परीक्षाको हाँजिरी र परिक्षा परीक्षा हलमा हुनेछ। लिखित परीक्षाको नामावलीमा प्रकाशित क्रमअनुसार हाँजिर हुनुपर्नेछ। तसर्थ हाँजिरको लागि लाइन बस्दा आफ्नो क्रमअनुसार बस्ने र सोही अनुसार आफ्नो क्रममा हाँजिर गर्नुपर्नेछ। आफ्नो क्रममा उपस्थित नहुने परीक्षार्थीको हाँजिर अन्तिममा गराइनेछ। हाँजिर गर्ने क्रममा आफ्नो पालो नआउँदासम्म सहनशील भइ परीक्षा हल बाहिर लाइनमा बसिदिनुहुन अनुरोध छ।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
५. उत्तरपुस्तिकामा चिन्हहरु भर्ने क्रममा नीलो अथवा कालो पेन मात्र प्रयोग गर्नुहोला।
६. उत्तरपुस्तिकामा प्रश्नपत्र सेट, आवेदक नम्वर (APPLICANT ID ) र पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
७. लिखित परीक्षामा फेल भएमा पुनः लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।
८. यस वेबसाइटको प्रकाशनमा राखिएको प्रश्न हरुबाट मात्रै परिक्षामा प्रश्नपत्र तयार हुने हुदाँ अध्ययन गरि आउनुहुन विशेष अनुरोध छ।
९. Play Store तथा App Store मा लिखित सम्बन्धी केही महत्त्वपूर्ण application भएको हुँदा अध्ययनको वैकल्पिक स्रोतको रुपमा प्रयोग गरी लिखित परिक्षा को तयारी गरी आउनुहुन अनुरोध छ।
१०. लिखित परीक्षाको नतिजा र ट्रायल सम्बन्धी सूचना सोही हप्ताको शुक्रवारका दिन बेलुका ५.०० प्रकाशित गरिनेछ।

Address

पृथ्वीचोक ९ पोखरा यातायात कार्यालय अगाडी
Pokhara

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 06:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Saugat communication pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share