RMFM Rukum

RMFM Rukum Page · Media/news company तपाईलाई हाम्रो फेसबुक पेजमा हार्दिक स्वागत छ ।

पाँचौं वार्षिकोत्सवको अवसरमा जारी शुभकामना सन्देश ।सानीभेरी सामुदायिक विकास केन्द्र द्वारा संचालित रेडियो मौराखारा एफ.एम...
07/02/2025

पाँचौं वार्षिकोत्सवको अवसरमा जारी शुभकामना सन्देश ।
सानीभेरी सामुदायिक विकास केन्द्र द्वारा संचालित रेडियो मौराखारा एफ.एम. पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आम श्रोता¸ स्थानीय सरकार¸ विज्ञापनदाता¸ सहयोगी संघ संस्था¸ रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी हाम्रो शभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
२०७६ साल माघ २५ गते प्रशारणमा आई फाल्गुन २ गते प्रतिनिधि सभाका संसद तथा नेपाल सरकारका पूर्व अर्थमन्त्री माननीय जनार्दन शर्माबाट विधिवत रुपमा उद्घाटन भई प्रशारण सुरु गरेको रेडियो मौराखाराले हाल सम्म सूचना¸ मनोरञ्जन¸ विकास र विचार प्रवाहको माध्यमबाट आम श्रोताहरुको महत्वपूर्ण माध्यम बनेको छ ।
रेडियो मौराखारा एफ.एम.को पाँचौं वार्षिक उत्सबको अवसरमा देशमा संघीयता कार्यन्वयन संगै स्थापना भएका स्थानीय सरकारमा सुशासन कायम गराउने अभियानमा रेडियो मौराखराको माध्यबाट सहयोग गर्ने¸ राम्रा कामको प्रचारप्रसार गर्ने र अनियमितताको शसक्त भण्डाभोर गर्ने अभियानलाई पनि हामी निरन्तरता दिइरहेका/दिइरहने छौं । साथै सामाजिक परिवर्तन¸ स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना¸ स्थानीय प्रतिभाको प्रष्फुटन¸ जनहितकारी तथा कल्यानकारी सन्देश¸ अत्यावश्यकिय सूचना प्रवाह जस्ता कार्यहरु निरन्तर रुपमा अगाडि बढाइरहेको छ ।
रेडियो मौराखारा एफ.एम. का माध्यमबाट रुकुम (पश्चिम) जिल्ला तथा विशेष गरी सानीभेरी गाउँपालिकाबासी नागरिकलाई सूचना, मनोरञ्जन र चेतना अभिवृद्धि गराउने महान लक्ष्यमा हामी कहिले पनि विचलित नभई अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गर्दछौं । हाम्रो लक्ष्य तथा अभियानमा सबैबाट सहयोगको अपेक्षा समेत गरेका छौं । पछिल्लो समय एफ.एम. रेडियो कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेकाले हाम्रा शुभचिन्तक तथा सरकारबाट सहयोगको आशा राखेका छौं । अन्त्यमा छैटौं वर्ष प्रवेशको अवसरमा हामीलाई यहाँ सम्म आउनको लागि सहयोग गर्ने हाम्रा आम श्रोता¸ विज्ञापनदाता¸ सानीभेरी गाउँपालिका सरकार¸ अन्य सरकारी कार्यालयहरु, सहयोगी संघसंस्था साझेदारी संचार माध्यमहरु¸ रेडियोमा आवद्ध पत्रकार तथा कर्मचारी¸ हाम्रा सुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक आभार सहित धन्यबाद ज्ञापन गर्दछौं ।
२५ माघ २०८१ ।

नारायण ओली राम बहादुर विष्ट
स्टेशन प्रमुख अध्यक्ष
रेडियो मौराखारा एफ.एम. सानीभेरी सामुदायिक विका केन्द्र

02/11/2024

भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ र ५ मा फैलिएको स्यार्पूताल
28/07/2024

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ र ५ मा फैलिएको स्यार्पूताल

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यृ, एक जना बेपत्ता
16/07/2024

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यृ, एक जना बेपत्ता

10/07/2024

आजभोली बाढी पहिरोसँगै चट्याङको पनि डर हुन्छ। चट्याङबाट यसरी सुरक्षित हुन सकिन्छ हैं...

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछाने माथि लगाएकाे निलम्बन फुकुवा गरेकाे छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्...
15/05/2024

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछाने माथि लगाएकाे निलम्बन फुकुवा गरेकाे छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै निलम्बन फुकुवा गरिएको क्यानले जनाएको छ ।

रुकुम पूर्वका विभिन्न ठाउँमा खिचिएको बहु प्रतीक्षित चलचित्र ‘घरज्वाइँ’का थप दुई पोस्टर सार्वजनिक
24/04/2024

रुकुम पूर्वका विभिन्न ठाउँमा खिचिएको बहु प्रतीक्षित चलचित्र ‘घरज्वाइँ’का थप दुई पोस्टर सार्वजनिक

23/04/2024

➥...... नमस्कार, MK Online Nepal Youtube Channel मा तपाइलाई स्वागत छ ।======............Subscribe My Channelहामी अन्तर्राष्ट्रिय स्तरको लागि नेपाली गाउँले जी...

दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुवहाक बस सल्यानमा दुर्घटना भएको छ । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको ब...
17/04/2024

दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुवहाक बस सल्यानमा दुर्घटना भएको छ । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटना भएको बताईएको छ।

दुर्घटनामा परेर एक दर्जन यात्रुहरु घाइते भएको र घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । घाइतेहरुलाई उपचारको लागि जनप्रिय पोलि क्लिनिक र सहज पोलि क्लिनिकमा लिइएको छ ।

बस पुलछेउबाट तल खसेको बताईन्छ । दुर्घटनाको कारण र क्षतिको एकिन विवरण आउन बाँकी रहेको छ ।

Address

Sanibheri Gaupalika 9 Simli
Pokhara
22009

Alerts

Be the first to know and let us send you an email when RMFM Rukum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share