Nitipress Tv

Nitipress Tv Breaking news, bold stories, and real-time coverage – all in one place.

17/10/2025

‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान

13/10/2025

पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सम्मानजनक तलब र सुविधाको माग राख्दै आन्दोलन गरिरहेका छन्। अनुरास्विबिले नर्स को माग लाइ ऐक्यबद्धता जनाएका छन्।

पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलव सुविधाको माग राख्दै आन्दोलित भएका छन् ।सरकारी मापदण्डभन्दा कम तलबभ...
13/10/2025

पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलव सुविधाको माग राख्दै आन्दोलित भएका छन् ।

सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरुको तलव १५ देखि २० हजार रुपैयाँ मात्रै तलवभत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरु ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो । बिरामीहरुको असुविधाको लागि माफी माग्दै उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उहाँको अडान छ ।

Nitipress is the official YouTube channel of NITIPRESS MEDIA PVT LTD. For your daily News you can subscribe to our channel on...

12/10/2025

इजरायली सरकारले प्राप्त गरेको बिपिन जोशीसँग सम्बन्धित केही महिनाअघिको भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियोले उनको जीवित रहेको आशा दिलाए पनि हालको अवस्थाबारे अझै पुष्टि भएको छैन।

10/10/2025

विशेष अदालत पुग्यो लिचीबारी जग्गा प्रकरणः जग्गाधनी इन्द्र गौचनको पक्षमा स्थानीय

09/10/2025

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलन घटनाको छानविन गर्न बनेको आयोग नमान्ने घोषणा गर्नुभएको छ ।

09/10/2025

नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक

09/10/2025

विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले मंगलवार २०२५ मा विश्वव्यापी व्यापार वृद्धिको पूर्वानुमान २.४ प्रतिशत पु¥याएको छ । जुन अगस्टमा गरिएको ०.९ प्रतिशतको अघिल्लो प्रक्षेपणभन्दा बढी हो ।

08/10/2025

टर्की जेन्डरमेरी एकाइहरूले सात प्रान्तहरूमा आधारित सात छुट्टाछुट्टै संगठित अपराध संगठनहरूलाई लक्षित गरी गरिएको कारबाहीका क्रममा ७८ जना संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

08/10/2025

बंगलादेशमा २०२५ मा डेंगु ज्वरोबाट मृत्यु हुनेको संख्या २१५ पुग्यो

27/09/2025

पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा सचिव राजेन्द्र पौडेललाई आवश्यक कम्प्युटर सेट तथा प्रिन्टर एक समारोहका बीच हस्तान्तरण गर्नु भएको छ।

२०८२ भदौ २४ गते भएको जेेन्जी आन्दोलनका क्रममा वडा कार्यालयमा केही तोडफोड र क्षति भएको थियो। अन्य वडासँग तुलना गर्दा वडा नं ७ मा आंशिक क्षति पुगेको थियो। सो क्षतिको पूर्ति र कार्यालय सञ्चालन सहज बनाउन नयाँ कम्प्युटर सेट र प्रिन्टर प्रदान गरिएको हो।

वडा अध्यक्ष आचार्यले भन्नुभयो, “आन्दोलनका कारण परेको असुविधा हटाउन र सेवाप्रवाह निरन्तर राख्न यो आवश्यक उपकरण उपलब्ध गराइएको हो। मैले जनचाहना अनुसार अगाडी बढ्नुपर्छ। ”

वडा सचिव पौडेलले पनि यस सहयोगले कार्यालयको कामकाजमा सहजता आउने बताए।

27/09/2025

Dashain Greetings from the Founder/Principal – Kaski Modernized Academy (2082)

Address

Pokhara
061

Alerts

Be the first to know and let us send you an email when Nitipress Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nitipress Tv:

Share

Category