Everest Awaj

Everest Awaj Let's Help People

पृथ्वीचोकको सेती पुल निर्माण : मुआब्जा लिन बाँकी दुई घरले नमाने बल प्रयोग गरेर हटाईनेपोखरा, जेठ १८पूर्वाधार विकास मन्त्र...
01/06/2026

पृथ्वीचोकको सेती पुल निर्माण : मुआब्जा लिन बाँकी दुई घरले नमाने बल प्रयोग गरेर हटाईने
पोखरा, जेठ १८

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमा बनिरहेको पुलको अवलोकन गरेका छन् । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ योजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न सोमबार मन्त्री लम्साल अवलोकनका लागि पुगेका हुन् । उनीसँगै पर्यटन मन्त्री गनेस पौडेलसमेत पुगेका थिए ।

पोखरा भित्रिने नाकाको प्रवेश द्वार मानिने यो पुल ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल साउन २६ गते सम्झौता भएको थियो । तर चीनबाट भौतिक सामग्री र जनशक्ति ल्याउन कठिनाई भएको तथा स्थानिय दुई घरधनीले मुआब्जामा चित्त नबुझाउनुका साथै पुल निर्माण गर्दा घरको भित्तासम्मै मापदण्ड लाग्दा बाटोको पहुँच नहुने भएपछि दुई मिटर नियमित बाटो (रेगुलर एक्सेस)समेत मागेर अवरोध गरिरहेका कारण निर्माणमा ढिलाई भएको थियो । जसका कारण यो पुल निर्माणका लागि दुई पटक म्याद थप भइससकेको छ । पहिलो पटक २०८३ बैशाख २१ गतेसम्ममा सक्नेगरी ८ महिना म्याद थपिएकोमा सो समयमा पनि निर्माण सम्पन्न नभएपछि २०८३ साल चैत १७ गतेसम्म दोस्रो पटक ११ महिना म्याद थप भएको छ ।

पुल निर्माणमा ढिलाई भएको थाहा पाएपछि पोखरा आएका मन्त्री लम्साल पुल निर्माणको अवलोकनका लागि पुल निर्माण स्थल पुगेका थिए । सो अवसरमा उनले पुलको भौतिक प्रगतिबारे चासो राखेका थिए । उनले हालसम्म गरिएको प्रगति, बाँकी काम र त्यसमा देखिएका अवरोधबारे चासो राख्दै सरकारको तर्फबाट गर्नुपर्ने कामबारे जिज्ञासा राखेका थिए ।

सो अवसरमा पुल निर्माणका प्रोजेक्ट म्यानेजर कृष्णबहादुर कुँवरले पुलको भौतिक प्रगति ६०.१४ र वित्तीय प्रगति ५४.७५ प्रतिशत पुगेको जानकारी गराए । उनले तल्लोपट्टीको पुलको काम चाँडै सकिने र उत्तरतर्फको निर्धारित समयमा सकिने बताए । उत्तरतर्फ दुई वटा घरको मुआब्जा र बाटोको पहुँचमा कुरा नमिल्दा पुल निर्माणमा ढिलाई भएको स्पष्ट पारेका थिए । हामीले रफ्तारमा काम गरिरहेका छौं,उनले भने,‘तर प्राविधिक कारणले गर्दा केहि ढिलाई हुन गएको छ । अब समयमै सकिनेगरी काम गर्छौं ।’

पुल निर्माणमा मुआब्जा र बाटोको पहुँचले अवरोध पारेको कुरा आएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्पष्ट पारेकी थिईन् । उनले बाटोको पहुँच माग्ने घरधनीसँग एक हप्ता भित्रमा घर हटाउने सहमती भएको बताउँदै भनिन्,‘सहमति अनुसार हटाईए ठिकै छ भनेर कुरेका हौं, नत्र बल प्रयोग गरेर भए पनि हटाउँछौं, अब यो कारणले बाटो निर्माणमा कुनै अवरोध हुन दिदैनौं ।’

मुग्लिङ पोखरा सडक आयोजना निर्माण कम्पनी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कन्सल्टेन्ट लिडर एनरिको मग्नानीले पुल निर्माण सन्तोषजनक रुपमा भइरहेको बताए । उनले पुल निर्माणका लागि शतप्रतिशत प्रयास गरिरहेको बताउँदै उनले भने,‘हामीले हाम्रो सम्पूर्ण बल लगाएका छौं । आशा छ अब समयमै बन्छ ।’

ब्रिफिङ सुनेपछि मन्त्री लम्सालले कुनै पनि हालतमा समयमै काम सक्न निर्देशन दिए । कुनै समस्या भए भन्नुहोला,उनले भने,‘तर बहानाबाजी र हेलचेक्राईं नहोस्, यो आयोजना अब समयमै सकिनुपर्छ ।’

एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोडको लागतमा यो पुल बनाईन लागेको हो । नेपालकै नमूना पुलका रुपमा रहने यो पुल एक्ष्ट्रा डोज प्रकारको हुनेछ भने पुलको डिप फाउण्डेसन हुनेछ ।

पुल निर्माण भएमा हाल हुँदै आएको ट्राफिक जाम हटाउन कोशेढुंगा सावित हुनेछ । किनकी नेपालका अधिकांश ठाउँबाट पोखरा भित्रिने र बाहिरिने सवारी साधन यहि पुलबाट आवतजावत हुने भएकाले यहाँ अत्यधिक ट्राफिक जाम हुने गरेको छ । नजिकै पोखरा रंगशालापनि भएकाले खेल सञ्चालनको बेलामा त झन् ट्राफिक जामले समस्या हुने गरेको छ । पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएमा यी यावत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

https://everestawaj.com/2026/06/01/121581/
01/06/2026

https://everestawaj.com/2026/06/01/121581/

पोखरा महानगरपालिकाले ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण गरेको छ । खेती गर्ने समय नजिकिदै आउँदा महानगरपालिकाल...

https://everestawaj.com/2026/06/01/121574/
01/06/2026

https://everestawaj.com/2026/06/01/121574/

मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अ.....

https://everestawaj.com/2026/05/31/121568/
01/06/2026

https://everestawaj.com/2026/05/31/121568/

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)मा आबद्ध महिला पर्यटन व्यवसायीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम गर....

नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा पर...
31/05/2026

नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ :

नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यस मन्त्रालयले २०८३ बैशाख २० मा स्पष्ट पारिसकेको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोटमार्फत नै प्राप्त भएको छ। दुवै देशले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल र भारतबीच सदियौँ पुरानो, लामो र खुला सिमाना रहेको सर्वविदितै छ। नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा "क्रस बोर्डर अकुपेसन" तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन्।

यसै सन्दर्भमा, सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र "क्रस बोर्डर अकुपेसन" (Cross-Border Occupation) अर्थात् 'सीमा वारपारको जग्गा भोगाधिकार' सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा Fixed Boundary Principle अवलम्बन गरेको कारणले "क्रस बोर्डर अकुपेसन" भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ।

नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा "क्रस बोर्डर अकुपेसन" को लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रुपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको छ।

प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नुभएको 'कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने' भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र 'क्रस बोर्डर अकुपेसन' सँग जोडिएको छ।

नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि-सम्झौता तथा नक्साका आधारमा सीमासम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।

परराष्ट्र मन्त्रालय

सिंहदरबार, काठमाडौं

२०८३ जेठ १७, आइतबार।

फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सकियो, चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिमसन्देश श्रेष्ठपोखरा, जेठ १७पोखराको फि...
31/05/2026

फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सकियो, चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिम
सन्देश श्रेष्ठ
पोखरा, जेठ १७

पोखराको फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ । फिर्केखोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो । जेठ १० गतेबाट शुरु भएको अभियान अन्तर्गत फिर्केखोला खोलाघरमा बनेका १६० वटै संरचना भत्काइएको पोखरा महानगरपालिकाले जनाएको छ । अतिक्रमणको चपेटामा परेको करीब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात गाडिएका ५ सय ८८ वटा सीमा स्तम्भहरु भित्र परेका सबै संरचना भत्काइएको दाबी महानगरको छ ।

महानगरले सबै संरचना भत्काएको बताए पनि स्थायी संरचना भने आंशिक रुपमा मात्रै भत्काएको पाइएको छ । महानगरले गत वर्ष बनाएको प्रतिवेदनमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएको उल्लेख छ । त्यसमध्ये अस्थायी संरचना पूर्ण रुपमा भत्काएको पाइएको छ भने स्थायी संरचनामध्ये अधिकांश आंशिक मात्रै भत्काएको छ । खोलाघरमै बनेका १८ वटा र मापदण्ड मिचेर बनाइएका ३५ वटा स्थायी संरचनामा महानगरले डोजर चलाए पनि पूर्ण रुपमा नभत्काई छाडेको छ । कतिपय घरधनी आफैले भत्काउने शर्तमा छाडिएको छ भने कतिपय भौगोलिक जटिलताका कारण त्यसै छाडेको पाईएको छ ।

पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) पुरुषोत्तम थापाले अस्थायी संरचना पूर्ण रुपमा हटाइएको र स्थायी संरचना आंशिक हटाइएको बताए । फिर्केमा संरचना हटाउने अभियान सम्पन्न भयो,उनले भने,‘अस्थायी संरचना पूर्ण रुपमा हटायौं, अब आंशिक हटाएर बाँकी रहेको संरचना घरधनी आफैले हटाउनुहुनेछ ।’

महानगरले लिटिल स्टेप मावि, लिंकन कलेज, ज्ञानबहादुर कोइरालालगायतका घरका संरचनाहरु आंशिक रुपमा भत्काएर छाडेको हो । ती भवनहरुमा महानगरले प्रयोग गरेको डोजरले ठाउँठाउँमा प्वाल पारेर त छाडेको छ तर पूर्ण रुपमा भत्काएर नफाल्दा यसको सौन्दर्यकरण अभियानको गति रोकिने आशंका व्यक्त गरिएको छ ।

अर्कोतर्फ महानगरले डोजर लगाएर भत्काएका भवनका सामाग्री तथा डोजर हिंड्दा निस्केको माटो असरल्ल छाडिएका छन् । जसले फेवाताल पुरिने जोखिम बढेको छ । किनकी फिर्केको अन्तिम गन्तव्य फेवाताल भएकाले यस बिचमा ठूलो वर्षा भएमा त्यहाँ असरल्ल छाडिएका सामग्री फेवातालमा पुग्ने निश्चित छ । उसो त पहिलेदेखि नै फिर्केबाट बगेर जाने माटो र फोहोरले फेवातालमा टापु बनाएको छ । त्यसमाथि अहिले भत्काएका सामग्री असरल्ल छाडिदा त्यसमा मलजल हुने नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले बताए । उनले भने,‘यो पहिलेदेखिकै समस्या हो, अहिले भत्काइएका सामग्रीको पनि व्यवस्थापन नभए फेवातालमा फिर्केले बनाएको फोहोरको टापु थप बढ्ने पक्का छ ।’

यसबारे प्रश्न उठेपछि पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले फिर्केका भत्काइएका सामग्री र माटो बगाएर फेवातालमा नपुगोस् भनेर फेवातालभन्दा माथि नै अस्थायी चेकड्याम बनाउने सामाजिक सञ्जालमार्फत जनाएका छन् । विदेश भ्रमणमा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ऐले फिर्केखोला खोजिका क्रममा निस्केको माटो तथा अरु सामाग्री व्यवस्थापन गर्ने काम शुरु भएको छ । र ऐले हटाइएका माटो बगेर फेवाताल नपुगोस् भन्नाका लागि गाईघाटमा अस्थायी चेकड्याम बनाउने काम तुरुन्तै शुरु गरिनेछ ।’

तर मेयर आचार्यले भनेजस्तो चेकड्याम बनाउने काम तत्काल हुने सम्भावना भने देखिएको छैन । किनभने यसका लागि महानगरले तयारी नै शुरु गरेको छैन । त्यसैले हतपतको काम लतपत त हुँदैन भन्ने प्रश्न उठेको छ । पहिले चेकड्याम बनाएर संरचना भत्काउनुपर्नेमा पहिले भत्काएर चेकड्याम बनाउने कुराले ‘हगिसक्यो अनि दैलो देख्यो’भनेजस्तै भएको छ । जसले फेवाताल पुरिने र दुर्गन्धित बढाउने जोखिम बढेको छ । चेकड्याम निर्माणबारे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अनभिज्ञता प्रकट गरे । चेकड्याम बनाउने भनेर आफू आउनुभन्दा अगाडि नै निर्णय भएकाले त्यसबारे आफूलाई थाहा नभएको उनको भनाई छ । बनाउनलाई बजेट त छुट्याइएको छ,उनले भने,‘तर कहिले बन्छ, कहाँ बन्छ र कहिले थालिन्छ भन्नेबारेमा थाहा भएन ।’

सहरी विकास तथा पर्यटन महाशाखा प्रमुख विमल कार्कीले पनि चेकड्याम बनाउने भनिए पनि कहिले बनाउने भन्नेबारेमा आफूलाई जानकारी नभएको बताए । यसको जिम्मेवारी मलाई छैन,उनले भने,‘यसबारे अध्ययन नै भएको छैन, पहिले अध्ययन गर्नुपर्छ, खोलाघर हेरेर माटो र फोहोर कहाँ थिग्रिन्छ त्यसलाई लोकेट गरेर बनाउनुपर्छ ।’

महानगरका पूर्वाधार निर्माण महाशाखा ईञ्जिनियर शिशिर अर्यालले पनि अस्थायी चेकड्याम निर्माणबारे जानकारी नभएको बताए । पोखरा–४ र ५ को सिमानामा पर्ने फिर्केपुल नजिक, पोखरा–७ मासवारस्थित मुख्यमन्त्री कार्यालय नजिक र पोखरा–१७ गाईघाटमा स्थायी चेकड्याम बनाउने भनेर भनिएको उनको भनाई थियो । ‘अस्थायीबारे जानकारी भएन, सायद अर्कै समिति बनाएर काम भइरहेको होला ।’

नागरिक समाज पोखराका संस्थापक अध्यक्ष पौडेल भने चाँडोभन्दा चाँडो अस्थायी चेकड्याम बनाउनुपर्ने बताउँछन् । तयारी नै नगरी हतारमा काम गरेजस्तो भयो,उनले भने,‘फिर्केखोला खोज्ने र त्यहाँ रहेका संरचना भत्काउने काम राम्रो हो । तर भत्काइएपछि निस्किएका सामाग्री र माटोको व्यवस्थापन पनि गरिहाल्नुपर्छ । नत्र त्यो बगेर फेवातालमा पुग्ने र पुरिने खतरा रहन्छ ।’ पहिला चेकड्याम बनाएर भत्काउन शुरु गर्नुपर्नेमा अहिले भत्काईसकेपछि पनि नबनाउनु लापरवाही भएको उनले टिप्पणी गरे । विरोधको लागि विरोधजस्तो हुन्छ र मनोवल घट्छ कि भनेर हामी चुप छौं,उनले थपे,‘अहिले हेर्दा त देखाउनका लागि कस्मेटिक मात्रै काम भयो । हामी पनि प्रश्न गर्छौं ः कहिले बन्ने हो मेयर ज्यू अस्थायी चेकड्याम, हामीलाई बताईदिनूस् ।’

फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविसहुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ । फिर्केखोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको पाइएको छ । खोलाको उचाई ४ देखि ९ मिटरसम्मको गहिराई रहेको उनले बताए ।

https://everestawaj.com/2026/05/31/121564/
31/05/2026

https://everestawaj.com/2026/05/31/121564/

सन्देश श्रेष्ठपोखरा, जेठ १७ पोखराको फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ । फिर्केखोला खोजी अभ....

https://everestawaj.com/2026/05/31/121554/
31/05/2026

https://everestawaj.com/2026/05/31/121554/

पोखराको लामाचौरमा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको रजत बर्ष बिभिन्न कार्यक्रम गरी ....

31/05/2026

यसरी संसदमा रेकर्ड नै रहने गरी भन्नु हुन्थेन कि प्रधानमन्त्री ज्यू

https://everestawaj.com/2026/05/31/121551/
31/05/2026

https://everestawaj.com/2026/05/31/121551/

उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’माथि पोखरामा विमर्श गरिएको छ । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनाम.....

Address

Parshyang
Pokhara

Alerts

Be the first to know and let us send you an email when Everest Awaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share