Pye Research and Training Center, Pokhara

Pye Research and Training Center, Pokhara गुरुङ जातिको जन्मदेखि मृत्युपर्यन्तका धार्मिक, साँस्कृतिक, सामाजिक विधिविधानलाई लिपिबद्ध गर्ने ।

27/07/2026
05/07/2026

थासोँ फ्याँक्दै पुरानो ठेगाना गोरखा घर भइ हाल भरतपुर, चितवनका पच्युहरू ।

research and training centre

28/06/2026

‘ङ्हारदाँ’ अध्यायको वाचन गर्दै क्ल्हेप्री खेगीहरुः

पच्यु तथा क्ल्हेप्री खेगीले कुनै पनि अनुष्ठानमा ‘ङ्ह केबा’ अर्थात् ‘ङ्हारदाँ’ अध्यायको वाचनविना ङ्ह (ढ्याङ्ग्रो) बजाउन पाउँदैनन् । तर आजभोलि कतिपय खेगीहरुले ङ्हारदाँ अध्याय वाचनबिना नै अनुष्ठानहरुमा बजाएको देखिन्छ । पच्यु तथा क्ल्हेप्री खेगीले ‘...ङ्ह के मा खनरोँ के ?....’ भनेर बाचन गर्दै कसले बजायो, यसको प्रभाव कस्तो रह्यो आदि कुरा शास्त्रमार्फत वाचन गर्दै अन्त्यतिर ‘...च्होँरो ¥हामा ङ ह्रास्योमा चमजे स्योँ स्योँ । हा हा हो ह्रास्योँमा स्योँजे स्योँओ । भाब ङखे ¥हीँमा ...’ आदि वाचन गरेर गुरुशक्ति पुकार्दछ । अन्त्यमा ङ्ह (ढ्याङ्ग्रो) जप गर्दछ । त्यसपछिमा खेगीले बजाउने गर्दछ ।
ङ्ह बजाउने कुरा शास्त्रमा यसरी उल्लेख छ, – ‘ह्रामाना तोजी ह्राए । केडेछोँ नीबै म्हाडेए छोँजी ह्राए...’ आदि ।

विस्तृत जानकारी लिन चाहेमा सम्पर्कः प्ये रिसर्च एण्ड ट्रेनिङ सेन्टरमा सम्पर्क राख्नुहोला ।
धन्यवाद ।

research and training centre

20/06/2026

तमु समुदायमा प्रचलित एउटा महत्वपूर्ण भनाइ छ— ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ...’ अर्थात् शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए... हराउँछ। यही सन्देशलाई आत्मसात् गर्दै विभिन्न तमु संघसंस्था तथा सामाजिक स्थलहरूमा यो वाक्यांश लेखिएको देख्न पाइन्छ। तर आजको सन्दर्भमा एउटा गम्भीर प्रश्न उठेको छ— के हामी वास्तवमै आफ्ना संस्कारहरूलाई शास्त्रअनुसार अवलम्बन गरिरहेका छौं?

विशेषगरी दाहसंस्कारको विषयमा यो प्रश्न अझ महत्वपूर्ण देखिन्छ। वर्तमान समयमा अधिकांश तमु समुदायले शवलाई नदी तथा खोलाको किनारमा निर्माण गरिएका घाटमा लगेर अग्निदाह गर्ने प्रचलन अपनाएका छन्। तर खेगीद्वारा वाचन गरिने तमु बोँ शास्त्रमा शव व्यवस्थापनसम्बन्धी उल्लेख भने फरक पाइन्छः

‘थेँमा तोरोँ थेँ? — मुए उँधोना क्होँ आङी । छ्युए उँधोना क्होँ आङी । च्ह्याए उँधोना क्होँ आङी । त्होए उँधोना क्होँ आङी । मीए उँधोना क्होँ आङी । सए उँधोर क्ह्युरजे थेँ ।’

यसको भावार्थ अनुसार मृत शरीरलाई न आकाशमा छोडिने, न पानीमा बगाइने, न झुण्ड्याइने, न आगोमा जलाइने; बरु आमाको गर्भमा रहेको शिशुलाई जस्तै पृथ्वीको काखमा सुरक्षित रूपमा राखिने व्यवस्था उल्लेख गरिएको छ।

यस सन्दर्भमा केही गम्भीर प्रश्नहरू उठाउन आवश्यक देखिन्छः

तमु समुदायको मौलिक शास्त्रीय परम्परा र वर्तमान अभ्यासबीच किन र कसरी भिन्नता आयो?
अग्निदाह संस्कार तमुहरूको मौलिक परम्परा हो कि पछि ग्रहण गरिएको अभ्यास?
यदि शास्त्रले पृथ्वीमा समाधिस्थ गर्ने विधिलाई निर्देश गर्दछ भने त्यसबारे समुदायमा पर्याप्त अध्ययन, छलफल र बहस किन भएको छैन?
मुस्लिम तथा क्रिश्चियन समुदायले आफ्नो धार्मिक परम्पराअनुसार शव व्यवस्थापन गर्न सकिरहेका छन् भने तमु समुदायले आफ्नै शास्त्रीय विधिबारे गम्भीर बहस र अभ्यास गर्न नसकिने हो र?

यी प्रश्नहरूको उत्तर खोज्नु केवल संस्कारको विषय मात्र होइन, तमु समुदायको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको विषय पनि हो। त्यसैले अब भावनात्मक प्रतिक्रियाभन्दा माथि उठेर शास्त्र, इतिहास, व्यवहारिकता र समकालीन आवश्यकताका आधारमा खुला, गहन र जिम्मेवार बहसको थालनी गर्नुपर्ने समय आएको छ।

Send a message to learn more

07/06/2026

तमु बोँ शास्त्रानुसार तयार पारिएको 'तोँइनोरी' ले बाँधेको र 'प्रुँमुए प्हले' भएको डालो तथा पाथी ।





Gurung Dipen

तमु बोँ शास्त्रानुसार तयार पारिएको 'तोँइनोरी' ले बाँधेको र 'प्रुँमुए प्हले' भएको डालो तथा पाथी 'प्ये रिसर्च एण्ड ट्रेनिङ...
07/06/2026

तमु बोँ शास्त्रानुसार तयार पारिएको 'तोँइनोरी' ले बाँधेको र 'प्रुँमुए प्हले' भएको डालो तथा पाथी 'प्ये रिसर्च एण्ड ट्रेनिङ सेन्टर'मा उपलब्ध छ । आवश्यक पर्नेले सम्पर्क गर्नुहोला ।
(शास्त्रमा- केडेँ छोनी म्हडेँ छोनी तोँइनोरीजे...... । ... त हेरबै प्रुँमुए सीँरो थोमैब । ... प्रुँमु सीए प्हल्जुदे प्ह्यानो प्रीँमै ...।

तमु जातिको अभौतिक साँस्कृतिक सम्पदा संरक्षण तथा सम्बर्ध्दनमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङमार...
06/06/2026

तमु जातिको अभौतिक साँस्कृतिक सम्पदा संरक्षण तथा सम्बर्ध्दनमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङमार्फत प्रदेश सरकारलाई अनुरोध । प्ये रिसर्ज एण्ड ट्रेनिङ सेन्टर (साविक तमु प्ये सङ्कलन तथा प्रकाशन केन्द्र)को समन्वय तथा लगानीमा कण्ठस्थ रुपमा रहेका पच्यु तथा क्ल्हेप्री खेगीले विभिन्न अनुष्ठानमा वाचन गर्ने शास्त्रहरु संक्षिप्त सारंशसहित प्रकाशित पुस्तकहरु हस्तान्तरण गर्नुहुँदै उक्त सेन्टरका अध्यक्ष ख्यामबहादुर गुरुङ ।
हप्ता दश दिन अघि मात्र प्रकाशित ‘प्ल्ह–कु’ सेन्टरको कार्यालयमा उपलब्ध छ । अनलाइन मार्फत मगाउन सक्नु हुनेछ । शास्त्रीय आधारमा ‘प्हैरु’ (रीपा)बारे प्रष्ट उल्लेख छ । यहाँहरुलाई केही भ्रम भए यस पुस्तकबाट प्रष्ट हुनेमा हामी विश्वस्त छौं ।

सम्पर्कः ९८५६०७२०००, ९८६६०५२२४१, ९८४६०४१४११, ९७६८०२२८७१

स्त्रीको प्ल्ह ७ वटा र पुरुषको ९ वटा हुन्छ भन्ने कुरा क्ल्हेप्रीले वाचन गर्ने शास्त्रमा पनि उल्लेख छ । यस्तै हालै मात्र ...
02/06/2026

स्त्रीको प्ल्ह ७ वटा र पुरुषको ९ वटा हुन्छ भन्ने कुरा क्ल्हेप्रीले वाचन गर्ने शास्त्रमा पनि उल्लेख छ । यस्तै हालै मात्र प्रकाशित ‘प्ल्ह–कु’ शास्त्रमा यसबारे प्रष्ट उल्लेख छ । हामीले प्रयोग गर्ने ‘प्हैरु’ (रीपा)मा कस्तो गाँठो पार्नुपर्दछ, ७ सरो र ९ सरो किन ? बुझ्न चाहनु हुन्छ भने ‘प्ल्ह–कु’ पुस्तक आइसकेको छ ।

सम्पर्कः
प्ये रिसर्च एण्ड ट्रेनिङ सेन्टर
पोखरा–१०, हिमाली मार्ग
मोवाइल नं.ः ९७६८०२२८७१

Address

Pokhara/10
Pokhara

Alerts

Be the first to know and let us send you an email when Pye Research and Training Center, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pye Research and Training Center, Pokhara:

Shortcuts

Share

Category