कटुवाल

कटुवाल This page is created for the dissemination of news, views, massage, and pictures of activities

पोखरामा नयाँ नाटक "सपना डिलक्स कोच" मन्चन शुरु भएको छ ।
25/01/2025

पोखरामा नयाँ नाटक "सपना डिलक्स कोच" मन्चन शुरु भएको छ ।

असोज महिनासँगै मनाङ र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ। गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्र...
04/10/2024

असोज महिनासँगै मनाङ र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ। गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे। एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो।

यस्तै असोज महिना सुरु भएयता सडक मार्ग भएर २० हजार चार सय ४६ जना पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताए । म्याग्दीको सिमानामा रहेको घाँसा स्थित प्रहरी चौकीले मुस्ताङ भित्र्ने पर्यटकको विवरण सहित तथ्याङ राख्दै आएको छ । असोज महिना शुरु भएयता चार हजार ४४ वटा सवारी साधनमा १४ हजार ८५० स्वदेशी र पाँच हजार पाँच सय ९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । आव २०७९/८० मा ७१ हजार सात सय सात र आव २०७८/७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ ।

बिक्रम सम्बत २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएको दिन् । नेपालको ईतिहासमै पहिलोपटक जनताद्वारा निर्वाचित प्...
19/09/2024

बिक्रम सम्बत २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएको दिन् । नेपालको ईतिहासमै पहिलोपटक जनताद्वारा निर्वाचित प्रतिनिधिले संविधान निर्माण गरेको दिन्

दुध उत्पादनमा लगानी विस्तार गर्दै महिला सहकारीपोखरा ११ असारमहिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यव...
25/06/2024

दुध उत्पादनमा लगानी विस्तार गर्दै महिला सहकारी
पोखरा ११ असार
महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोट्ेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो ।
पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ वटा गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार सञ्चालन गर्न लागिएको दुध उत्पादन योजनामा १ करोड लगानी लाग्नेछ ।

https://www.youtube.com/watch?v=KU4cl0TZuZcबच्चाहरुले धरै सिक्ने भनेकै राइम्स र यस्तै गीतहरुबाट हो । यस्ता गीतहरुबााट बच...
22/06/2024

https://www.youtube.com/watch?v=KU4cl0TZuZc
बच्चाहरुले धरै सिक्ने भनेकै राइम्स र यस्तै गीतहरुबाट हो । यस्ता गीतहरुबााट बच्चाले के सिक्लान् ? बाल साहित्यको टड्कारो आवश्यकता भो ।

Watch new Nepali Typical Lok Dohori Base Hai Paledai By Badri Pangeni, Cholendra Poudel, Maya gurung, Suman Pariyar, Rabi Karki, Shyam Rana, Bal Kumar Shrest...

04/06/2024

विश्वकप क्रिकेट अघि के भन्छन्, नेपाली प्रशिक्षक, कप्तान र खेलाडी ? हेर्नुहोस् ।

04/06/2024

नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ ।

ग्राण्ड प्रेरीमा जारी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाका आरोन जोन्सले ४० बलमा १० छक्कासहित ९४ रनको विष्फोटक इनिङ खेलेका थिए । नेपालले वार्मअप खेल क्यानडासँग १८४ रनको लक्ष्य पछ्याउनेक्रममा १२० रनमा अल आउट भएको थियो ।

ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिन आवश्यक छ । लगातार खराब प्रदर्शनमा पनि टोलीले यी दुई ओपनरमा नेपालले साथ दिएको छ । त्यो विश्वास विश्वकपमा प्रमाणित गर्ने अवसर र चुनौती दुवै छ ।

दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किदा सन्दीप जोरा र अनिल कुमार साह मध्ये एक बाहिर हुनुपर्छ । अनिलले अभ्यास खेलमा राम्रो गर्दै आएका छन् । अर्कोतर्फ ओपनरको राम्रो लय नहुँदा तेस्रो नम्बरमा अनिलले खेल्ने सम्भावना बलियो छ ।

तीव्र गतिका बलर प्रतिश जि.सी र कमलसिंह ऐरी बेन्चमा हुने निश्चित जस्तै छ । सन्दीप जोरा र सागर ढकाल पनि बाहिर हुने सम्भावना छ । पहिलो रोजाइका स्पिनर ललितका साथ नेपाल अघि बढ्न सक्छ । डेथ ओभर नेपालको कमजोरीको रुपमा रहँदै आएको छ । डेथ ओभरका प्रमुख बलर अभिनाश बोहराले अतिरिक्त जिम्मेवारी लिनुपर्छ ।

उता नेदरल्यान्ड्स शीर्षक्रमका ब्याटर माइकल लेभिट, म्याक्स ओडाउड र बास डि लिडेमा बढी निर्भरछ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा लेभिटले टीयु मैदानमा नेपालसँग तीनमध्ये दुई खेलमा अर्धशतक र नामिबियाविरुद्ध शतक हान्नै सिरिज जितेका थिए ।

विष्फोटक ब्याटर लेभिट र ओडाउडको विकेट समयमै लिन सके नेपाल खेलमा हाबी बन्न सक्छ ।

नेदरल्यान्ड्सले पार्मअप खेलमा श्रीलंकाविरुद्ध १८१ रन बनाउँदै २० रनको जित हात पारेको थियो । नेदरल्यान्ड्सको मध्यक्रममा स्कट एडवार्ड्स, तेजा निणामानिरु र साइब्राण्ड एंगलब्रेक्ट हुनेछन् ।

नेदरल्यान्ड्सको स्पिन आक्रामण तुलनात्मक रुपमा कमजोर मानिन्छ । तीव्र गतिका बलर पल भान मार्केन, बास डि लिडे र कायल केलिन खेल्ने सम्भावना छ ।

गत मार्चमा नेपाललाई त्रिकोणात्मक सिरिजको फाइनलमा ४ विकेटले हराउन नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य १९.३ ओभरमा पूरा गरेको थियो । उक्त नतिजाले नेदरल्यान्ड्को मनोबल केहि बलियो छ ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्सबीच टी-२० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।

‘अन्तिम १० वर्षदेखि हामीले विश्वकप खेलेका थिएनौं । नेपाल क्रिकेटको लागि एकदमै महत्वपूर्ण हो । विश्वकप खेल्ने हामी सबैको सपना थियो । नेदरल्यान्ड्ससँग त्यो अवसर पाएका छौं । हामीलाई जिम्मेवारी पनि छ’, नेपालका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्ससँग खेल्नुअघि भने । त्यसैमा थपे, ‘अमेरिका र क्यानडाबीचको खेलपछि नाइस नर्भस नाइटिज जस्तो अनुभव भएको छ ।’

नेदरल्याण्ड्सका प्रशिक्षक रयान कुकले वर्तमान समयमा नेपाल राम्रो टिम भएको बताउँदै विश्वकपका हरेक खेल बिग खेल हुने बताएका छन् ।

‘नेपालसँग पछिल्लो सिरिजबाट हाम्रो टोलीमा केही परिवर्तन छ । उपलब्ध भएका खेलाडी आएका छन् । केही नयाँ खेलाडी पनि छन् । भोलिको खेललाई हेरेका छौं,’ प्रशिक्षक रयान कुकले नेपालसँग खेल्नुअघि भने, ‘मलाई लाग्छ विश्वकपमा हरेक खेल बिग खेल हुन् । नेपालले पनि वर्तमान समयमा राम्रो खेल खेलेको छ ।’

फिल्म निर्देशक सुदर्शन थापा पक्राउचलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको...
03/06/2024

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई काठमाडौंको बौद्ध प्रहरी वृत्तमा लगिएको छ।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए।

चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीहरूसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध जाहेरी दिएका थिए। अग्रवाल पक्राउ परिसकेका छन् ।

22/05/2024

‘'म आवद्ध मिडियामा मैले खटनपटनमा काम गरेको कर्मचारीले तलब नपाएका कारण', भन्दै कुनै सम्पादकले राजीनामा दियो ?

शनिवारदेखि नाटक स्मृति बिक्रि केन्द्रको मञ्चन सकिएको छ । जो जतिले हेर्नुभो, मन पराउनु भो, यही नै हाम्रो पुँजी बनेर बसेको...
28/04/2024

शनिवारदेखि नाटक स्मृति बिक्रि केन्द्रको मञ्चन सकिएको छ । जो जतिले हेर्नुभो, मन पराउनु भो, यही नै हाम्रो पुँजी बनेर बसेको छ । अब फेरी अर्को नाटकमा भेटौंला । धन्यवाद ।

Address

Gandaki Province
Pokhara

Alerts

Be the first to know and let us send you an email when कटुवाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कटुवाल:

Share