Kahun Networks

Kahun Networks News n Entertainment

नमस्कार हजुर हरु सबैमा यो पेज सम्पूर्ण साथीहरू को लागि खोलिएको हो यस पेजमा हजुरहरुको आसपासमा भएका कुनै नयाँ कार्यक्रम तथा गतिविधि हरु यस पेजमा पोष्ट गर्न सक्नु हुनेछ । साथै काहुँ नेटवर्कको आफ्नै युबटुब च्यानल पनि रहेको कुरा अवगत गराइन्छ ।

30/08/2022

ब्रेकिङ न्यूज :
कक्षा १२ को रिजल्ट आज आउदै

20/07/2022

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्ण तयारी गरेसँगै नतिजा सोमबार प्रकाशन हुने भएको हो ।

उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाको जानकारी दिइएको छ । कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम पनि सकिने क्रममा रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ ।

मुग्लिन पोखरा सडक बन्द हुने सुचना सहित
03/06/2022

मुग्लिन पोखरा सडक बन्द हुने
सुचना सहित

14/05/2022

मतगणना अपडेट कास्की
पोखरा महानगरको ११०० मत गणना हुँदा
धनराज आचार्य (कलम) ४४८
कृष्ण थापा (सूर्य) ३८३ प्राप्त भएको छ …

वडा नम्बर १, १२ र २३ काे गणना भइरहेकाे छ

13/05/2022

पोखरा । देशकै ठूलो महानगरपालिका पोखरामा करिब ६० प्रतिशत मात्र मत खसेको छ । पोखराका दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा ६० प्रतिशतले मतदान गरेको बताइएको छ अघिल्लो निर्वाचनमा पोखरामा एक लाख ६८ हजार मतदातामध्ये एक लाख २५ हजार ८५३ अर्थात ७४ प्रतिशत खसेको थियो । पोखरा महानगरको निर्वाचनको अन्तिम परिणाम आउन करिब १५ दिन लाग्ने अनुमान गरिएको छ

सवारी चालक अनुमतिपत्र पत्रको अनलाइन प्रणाली बन्द हुने सम्बन्धि सूचना
14/03/2022

सवारी चालक अनुमतिपत्र पत्रको अनलाइन प्रणाली बन्द हुने सम्बन्धि सूचना

12/02/2022

पोखरा । कास्कीमा स्कूल र कास्कीमा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु भौतिकरुपमै सञ्चालन हुने भएका छन् ।

कास्की प्रशासनले आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालन गर्दै शैक्षिक संस्थाहरु संचालन गर्न पाइने उल्लेख गरेको हो ।

साथै सपिङ मल र सुपर मार्केटहरु पनि संचालन गर्न सकिने भएको भएको छ ।

यसैगरी विवाह, व्रतवन्ध लगाउत धार्मिक कार्यक्रमहरु बढीमा ५० जना सहभागी गराएर सञ्चालन गर्न पाइनेछ ।

तर सिनेमा हल, डान्स बार, दोहोरी साँझ, जिमखान, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरु भने अर्काे आदेश नहुन्जेलका संचालन गर्न नपाइने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्धारा जारी आदेशमा उल्लेख छ

काठमाण्डाै - भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सर...
01/02/2022

काठमाण्डाै - भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ

पोखरा । कास्कीमा आजदेखि स्मार्ट लकडाउन लागु भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कास्कीमा स्...
15/01/2022

पोखरा । कास्कीमा आजदेखि स्मार्ट लकडाउन लागु भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कास्कीमा स्मार्ट लकडाउन शुरु भएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड-१९ को नया भेरियन्ट ओमिक्रोनसहितको संक्रमण फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि कास्कीमा स्मार्ट लकडाउन आदेश गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा जादा खोप कार्ड अनिवार्य देखाउनु पर्ने
13/01/2022

जिल्ला प्रशासन कार्यालय कास्कीमा जादा खोप कार्ड अनिवार्य देखाउनु पर्ने

10/01/2022

पोखरा । ११ औं संस्करणको पोखरा महोत्सव अन्तिम समयमा आएर स्थगित भएको छ ।

आयोजक संस्था युनाइटेड क्लव पोखराले विज्ञप्ति जारी गर्दै महोत्सव स्थगित भएको जानकारी गराएको हो ।

आगामी पुस २८ देखि माघ ९ गतेसम्म आयोजना गरिएको थियो ।

नेपाल सरकारको कोभिड संकट ब्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्णरुपमा पालना गर्दै महोत्सव स्थगित भएको आयोजकले जानकारी दिएको छ ।

विद्युतीय राहदानी (e-Passport) आवेदन संकलन सम्बन्धी सूचना ।
21/12/2021

विद्युतीय राहदानी (e-Passport) आवेदन संकलन सम्बन्धी सूचना ।

Address

Pokhara Kaski
Pokhara

Telephone

+9779846434194

Website

Alerts

Be the first to know and let us send you an email when Kahun Networks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kahun Networks:

Share