Aksharanka

Aksharanka अक्षराङ्क - हरेक अक्षर समाज र राष्ट्रको सकारात्मक परिवर्तनको सम्बाहक ।।

04/01/2024

महोत्सवमा मात्र बालबालिका प्रयोग गरिएको भन्ने होइन, राष्ट्रपति कप, खेलकूद सप्ताह हरेकमा गरिएको छ । तर त्यसमा बालबालिकाको प्रयोग ओैचित्यपूर्ण हुनुपर्छ । धुलो उडेको अहिले मात्र भनेको होइन, राष्ट्रपति कपमा नि उडेको थियो । पानी हालेर भए बालबालिका तथा महोत्सव हेर्न जाने दर्शकहरूको स्वास्थ्य जोगाउनु उपयुक्त हुन्छ । महोत्सव आयोजक जोसुकै भए पनि अक्षराङ्कलाई चासो छैन । हामी बालबालिकाको अनावश्यक प्रयोग नहोस् भन्नेमा खबरदारी गरिरहनेछौं ।

स्याङ्जाको सदरमुकाममा रहेको मालेबगरमा हुने मेला, जात्रा खेलकूद लगायत हरेक कार्यक्रममा विद्यालयका बालबालिकाको अनुचित प्रय...
04/01/2024

स्याङ्जाको सदरमुकाममा रहेको मालेबगरमा हुने मेला, जात्रा खेलकूद लगायत हरेक कार्यक्रममा विद्यालयका बालबालिकाको अनुचित प्रयोग भइरहेको छ । आज भइरहेको आँधीखोला महोत्सवमा पनि विभिन्न विद्यालयबाट विद्यालय ड्रेसमा विद्यार्थीको उपस्थिति देखिन्थ्यो । मालेबगरको फुङ्फुङ उड्ने धुलोले कलिला बालबालिकाको मानव स्वास्थ्यमा पार्ने दीर्घकालीन प्रभावबारे नियामक निकाय बेखबर देखिएका छन् । आयोजकलाई पैसा कमाउने हतारोले होला, सायद यस पक्षमा उहाँहरूको ध्यान पुगेको देखिँदैन । महोत्सव गर्नु भनेको मानव स्वास्थ्य बिगार्नु होइन, अनि सङ्ख्या बढी देखाउन कलिला बालबालिकाको प्रयोग गर्नु कति उचित हो ? तपाईँहरूले आफ्नो व्यापारिक प्रयोजन पूरा गर्नका लागि कम्तीमा स्वस्थ र सुरक्षित बाँच्न पाउने बालबालिकाको अधिकारमाथि खेलबाड नगरदिनोस् । महोत्सवको पहिलो दिनमै मानिसहरू नाक थुन्दै हिडिरहेको दृश्यलाई कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी, मेयर, आयोजक च्याम्बर्स अफ कमर्स, विभिन्न पालिका प्रमुख, कार्यालय प्रमुख सबैले टुलुटुलु हेरिरहेको शोभनीय देखिएन ।

02/01/2024

युवराज पौडेल स्याङ्जा जिल्ला क्षेत्र नं १ का सङ्घीय संसद राजु थापाले जनता र स्थानीय जनप्रतिनिधिसँग सांसद कार्यक....

01/01/2024

स्याङ्जा । ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेस स्याङ्जाले जिल्लामा क्रियाशिल द.....

26/12/2023

पूजा खड्का भिरकोट ३ मा सुरुवात भएको लाङ्घाली युवा क्लब को भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आज मिति २०८०/.....

26/12/2023

अक्षराङ्क संवाददाता। सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड व्यवस्थापन एवं उत्प्रेरणा तालिम .....

18/12/2023

रमेश गाेदार, स्याङ्जा । पुतलीबजार नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड रोशनी आवासीय माध्यमिक विद्यालय .....

पुर्व मेयर खाणंसंग वडा अध्यक्षहरुको अनौपचारिक बैठक,मेयर/उपमेयर विरुद्ध वडा अध्यक्षले गरे टेबुल ठोका-ठोकमङ्सिर २३ गते शनि...
12/12/2023

पुर्व मेयर खाणंसंग वडा अध्यक्षहरुको अनौपचारिक बैठक,मेयर/उपमेयर विरुद्ध वडा अध्यक्षले गरे टेबुल ठोका-ठोक

मङ्सिर २३ गते शनिबार विहान ९ बजे देखि ११ बजेसम्म मिर्दीको नेचुरल भ्यु पोइन्ट होटलमा वालिङ् नगरपालिकाका पुर्व मेयर दिलिप प्रताप खांण सहित हालका ११ जना वडा अध्यक्षहरुको अनौपचारिक छलफल भयो । छलफलमा मेयर खांणले वालिङ नगरले अगाडि बढाएका १२ वटा गुरुयोजना अलपत्र परेको र यसले सिङ्गो नगरपालिका पछाडि पर्ने भएकोले वडा अध्यक्षहरुलाई सचेत भएर अग्रसर हुन सुल्झाए । एमाले बाट निर्वाचित वालिङ् ५ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठको पहलमा डाकिएको छलफलमा २ वटा वडाका अध्यक्षमात्रै सहभागी भएनन् ।

त्यसको ठिक १ दिनपछि २४ गते नगरपालिकाको कार्यपालिका बैठक राखिएको थियोे । पुर्व मेयर संग छुट्टै बसेर छलफल गरेको सुईको पाएका हालका मेयर/उपमेयर वडा अध्यक्षहरु संग असन्तुष्ट थिए ।

बैठक चलिरहेको बेला उपमेयर कविता तिवारीले एउटा कागजको पानामा योजना र छलफलका एजेन्डा लिएर आएपछि वालिङ् १० का वडा अध्यक्ष सुनिल खनालले यत्रो स्मार्ट सिटीमा अहिलेसम्म नत योजनाको पुस्तिका तयार पारिएको छ,नत व्यवस्थित रुपमा एजेन्डा राखिन्छ भनेर बिषय सुरुवात गरेपछि पुर्वमेयर संग छुट्टै बसेको खबर पछि असन्तुष्ट मेयर उपमेयरले संयुक्त आक्रोश राख्दै वडा अध्यक्ष खनाल विरुद्ध भने- कार्यपालिकाको बैठकमा गुन्डागर्दी ढंगले प्रस्तुत हुने,यो के तरिका हो भन्दै प्रमुख कृष्ण खांण र उपप्रमुख कविता तिवारी झोक्किएको बैठकमा सहभागी वडा अध्यक्षले अकला आवाजलाई बताए ।

मेयर खाण र उपमेयर तिवारीले आक्रोश पोखेपछी बैठकमा सहभागी अधिकांस वडा अध्यक्षहरुले टेबुल ठोकाठोक गर्दै आफ्नो अगाडि रहेको नाम प्लेट भुईमा फाल्दै पानीको बोतल भितामा हानेका थिए ।

सुरुवातमा बलियो संग टेबुल ठोकेका वडा १० का अध्यक्ष खनाल संगै अन्य वडा अध्यक्षहरुले समेत टेबुल ठोक्न सुरु गरेपछि केही बेर बैठकमा हल्ला खल्ला मच्चिएको थियोे ।
वडा बाट सिफारिस गरिएको तथा कार्यपालिकाले निर्णय नै नगरेको योजनाहरु मेयर उपमेयरले मनपरि काम गरिएको भन्दै वडा अध्यक्षहरु आक्रोशित थिए । ५० हजारको योजना माग गरिएका ठाउँमा ६ लाख पारेर नितिगत अनियमितता भएको वडा अध्यक्षहरुले बताएका छन् भने ६ लाखको योजना माग गरिएको ठाउँमा ५० देखि ९० हजार पारेर योजना अलपत्र पार्ने काम भएको समेत बुझिएको ।

बैठकमा नगर प्रमुख खाणंले अध्यक्षहरु संग माफी मागेपछि योजना छनोट र निर्णयमा सबै संग छलफल गरिने बताए पछि आफ्नो योजना फेल हुने देखेपछि उपमेयर तिवारी हस्ताक्षर नगरी बैठक छाडेर हिडेको बैठकमा सहभागी वडा अध्यक्षले अकलालाई बताए ।

केही समय अगाडि कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको पालिकाले अहिले भने बैठकमा ठोकाठोक भएको समेत गोप्य राख्न थालेको छ ।
@अनखबर अनलाइन

09/12/2023

युवराज पौडेल कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले नेपालले स्थानीय मदिरा ब्रान्डिङ गरेर विश्वला.....

09/12/2023
09/12/2023

काठमाडौँ । शुक्रवार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पत्रकार सम्मेलनका क्रममा प्रमुख भन्सार प्रशासक डा. ट.....

09/12/2023

Address

Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Aksharanka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aksharanka:

Share