Kaski update

Kaski update we are update news, video, photo, text, social work, awareness, environment, all category of indormation.

कास्की स्पोटर्स खेलकुदको गतिविधि देखि खेलकुद भित्रको अनियमिततालाई बाहिर ल्याउने प्रयास गर्दै खोलिएको पेज हो । तपाईंको गाउँठाउँमा पनि कुनै किसिमका खेल गतिविधि वा खेल सम्बन्धि कुनै कार्यक्रम, पूर्वाधार विकास, अभाव, अनियमितता वा कथा छन भने सम्पर्क गर्नसक्नुहुनेछ । हामीसंग जोडिन यो पेज लाइक गर्नुहोस् । खेलकुदको विकास र उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनुनै हाम्रो उदेश्य हो ।

 #बेनी-जोमसोम-कोरला सडक कुनौटामा ड्रोनबाट ईन्धन ढुवानी हुदै
05/10/2026

#बेनी-जोमसोम-कोरला सडक कुनौटामा ड्रोनबाट ईन्धन ढुवानी हुदै

गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेसपोखरा, १९ असोजगण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तिय...
05/10/2026

गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस

पोखरा, १९ असोज

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका पोखरा कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले सोमबार संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष ३६ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता अन्त्य र भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

मुलुकको विकासको वाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राज्य संयन्त्रको तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कामप्रति जवाफदेहिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयोग पोखरा कार्यालय प्रमुख सापकोटाले आयोगले नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भइरहेको जानकारी गराउनुभयो ।

आयोगको संवैधानिक दायित्वलाई थप प्रभावकारिताका साथ निर्वाह गर्नका लागि आयोगले रणनीतिक योजना तर्जुमा गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि विभिन्न उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत सुदृढीकरणका रणनीति, कार्यनीति र क्रियाकलापहरु तय गरेको जानकारी दिनुभयो । आयोगलाई थप जिम्मेवारीको रुपमा प्राप्त भएको सम्पति शुद्धीकरण कसुरको अनुसन्धान र अभियोजनको कार्यलाई समेत आयोगले प्राथमिकताका साथ अगाडि बढाइरहेको सापकोटाले बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ मा आयोगको पोखरा कार्यालयमा दर्ता भएका उजुरी १ हजार १ सय ५० वटा र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८७ वटा गरी कूल १ हजार ३ सय ३७ मध्ये १ हजार १ सय ६० उजुरी स्क्रिनिङ भई १ सय ७७ उजुरी फछ्र्यौट हुन बाँकी रहेको सापकोटाले बताउनुभयो । विस्तृत अनुसन्धानतर्फ १ सय ११ उजुरीहरु अनुसन्धानमा रहेका छन् ।

गण्डकी प्रदेशको कार्यक्षेत्रभित्र रहेका १० जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी उजुरी कास्की जिल्लाको पोखरा महानगरपालिका सम्बद्ध रहेको आयोगले जनाएको छ ।

गण्डकीका १० जिल्लाका स्थानीय तहमध्ये पोखरा महानगरपालिकाविरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी परेको छ।आर्थिक वर्ष २०८२/८३...
05/10/2026

गण्डकीका १० जिल्लाका स्थानीय तहमध्ये पोखरा महानगरपालिकाविरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी परेको छ।

आर्थिक वर्ष २०८२/८३ मा अख्तियारको पोखरा कार्यालयमा कुल १ हजार ३ सय ३७ उजुरी रहेकामा १ हजार १ सय ६० को स्क्रिनिङ भएको छ।

अझै १७७ उजुरी फर्छ्योट हुन बाँकी छन् भने १११ उजुरी विस्तृत अनुसन्धानमा रहेका छन्।

सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दि...
05/10/2026

सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले प्रभावित क्षेत्रका **५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख रुपैयाँ** बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो। संघ, प्रदेश र स्थानीय तहको समन्वयमा पुनर्निर्माण अघि बढाउने बैठकले जनाएको छ।

  गण्डकी प्रदेश भलिबल संघको निर्वाचन स्थगित नयाँ र पुरानाबिच मिलेन कुरा विधान बाझियो केन्द्रको निर्देशन कुर्दै ।
05/10/2026

गण्डकी प्रदेश भलिबल संघको निर्वाचन स्थगित नयाँ र पुरानाबिच मिलेन कुरा विधान बाझियो केन्द्रको निर्देशन कुर्दै ।

प्रधान सेनापति महारथी अशोक राज सिग्देल बेलायती सेनाका Chief of the General Staff General Sir Roly Walker को निमन्त्रणामा...
05/10/2026

प्रधान सेनापति महारथी अशोक राज सिग्देल बेलायती सेनाका Chief of the General Staff General Sir Roly Walker को निमन्त्रणामा आश्विन १९ गतेदेखि २५ गतेसम्म हुने औपचारिक भ्रमणका लागि आज (२०८३ आश्विन १९ गते) मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) तर्फ प्रस्थान गरेका छन ।

05/10/2026

जेनजी आन्दोलनमा जलेको पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय भवन कहिले बन्छ ?

फिर्के खोलाको खोला घर खाली तथा संरचना हटाउने अभियानगत जेठ महिनादेखि सुरु गरिएको र  हालसम्म १२ वटा स्थायी र १४ वटा अस्थाय...
05/10/2026

फिर्के खोलाको खोला घर खाली तथा संरचना हटाउने अभियान
गत जेठ महिनादेखि सुरु गरिएको र हालसम्म १२ वटा स्थायी र १४ वटा अस्थायी गरी जम्मा २६ वटा संरचना हटाउने कार्य सम्पन्न भएको छ। खोलाघरभित्र रहेका बाँकी सबै संरचनाहरू क्रमशः हटाउँदै गाईघाटसम्म पुगेर यो अभियान सम्पन्न गरिनेछ।

आश्विन १८ गते फोक्सुण्डो ताल घुम्न जाने क्रममा पानीमुहान ईलाकामा बिरामी भएकी महिलालाई संग्राम शार्दूल गुल्मबाट खटिएको उद...
05/10/2026

आश्विन १८ गते फोक्सुण्डो ताल घुम्न जाने क्रममा पानीमुहान ईलाकामा बिरामी भएकी महिलालाई संग्राम शार्दूल गुल्मबाट खटिएको उद्धार टोलीले राती २:३० बजे उद्धार गरी एम्बुलेन्स मार्फत जिल्ला अस्पताल, दुनै पुर्‍याएको छ ।

म्नाङमा अस्थाई पुल
05/10/2026

म्नाङमा अस्थाई पुल

Address

Pokhara, 1 Bagar
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Kaski update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kaski update:

Shortcuts

Share