Arjun hitang

Arjun hitang all sports nepal.com

23/12/2023

रबि दाईले खोईला पाए नि पोखरामा,

12/12/2023
14/04/2023

पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुत खोलामा डुबेर रुपन्देहीका एक युवाको मृत्यु भएको छ । नयाँ वर्ष मनाउन शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैशवालको मृत्यु भएको प्रहरी चौकी दोभानले जानकारी दिएको छ ।

शुक्रबार विहान करिव साढे १० बजेको समयमा पोखरी हेर्न पुगेका शिभम ढुङ्गामा चिप्लिएर पोखरीमा खसेका थिए । साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि त्यसअघिनै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा प्रचार प्रशार तथा संरचनाहरु निर्माण गरिएको भुतखोलामा केही समयअघि रुपन्देहीबाटै घुम्न गएका अर्का एक युवाको पनि डुबेर ज्यान गएको थियो ।

14/04/2023
20/03/2023
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षी...
20/03/2023

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवारीको भिरमा लडेर बागलुङकी अप्सराको मृत्यु भएको हो ।

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन् ।
पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूदन न्यौपानेले बताउनुभयो ।

न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा खातुनको मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

17/03/2023

पोखराको चिप्लेढुङ्गामा नगरबसले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ ।

शुक्रबार बिहान ७ः१५ बजे सिद्धार्थचोकबाट न्यूरोडतर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको पोखरा नगरबसले ग १८ प ९९८९ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो । घटनामा झापाको दमक नगरपालिका वडा नं. ४ घर भएकी २४ वर्षीया दीक्षा कार्कीको घटनास्थल मै ज्यान गएको हो । उनी पोखरा-५ पर्स्याङ बस्दै आएकी थिइन् ।

प्रहरीले नगरबस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Address

Pokhara
9256

Telephone

+9779847714655

Website

Alerts

Be the first to know and let us send you an email when Arjun hitang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjun hitang:

Share