08/08/2026
१०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
साउन २३ गते । मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न गिरोहको निगरानी गर्ने क्रममा खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा विराटनगर–१५ निवासी ३१ वर्षीय महमद हुसेनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार हुसेनको साथबाट १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका हुसेनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको प्रहरीले जनाएको छ।