21/09/2025
पछिल्लो आन्दोलन पछि आफुमा सुधार गर्नु पर्ने अधिकांश ठुला दल र नेताहरुको प्रतिक्रियाको आशय यस्तो देख्छु :
- हामीमा समस्या थिएन । हामी ठिकै थियौं ।
- सरकारले दमन गरेन । षडयन्त्र गरियो ।
- यो आन्दोलन अरुको प्रभावमा आएर गरिएको हो । जनताले गरेका होईनन् ।
- जेनजीहरु बाहेक अरु पुस्ताको कुनै चाहना/माग छैन ।
- हामीसँग जनता दुखी हुने कुनै कारण नै छन् । उनीहरुलाई मिडिया र सोसल मिडियाले भड्काएर निराश बनाएको हो ।
- त्यो आन्दोलन त तीन दल र तिनका तीन ठुला नेताको कारण भएको हो । हामी बाँकि दल र नेतासँग त जनता खुसी नै छन् ।
- युवाले पर्खिन सकेनन् । हामी सबै कुरा ठिक गर्नै लागेका थियौं ।
- अझै पनि यो देशको लागि हामी भन्दा राम्रो विकल्प अरु कोहि छैन ।
भ्रम पाल्नु ठिक हो । तर यति धेरै भ्रम पनि नपाल्नुस् कि 'आफु सुध्रने अवसर'लाई 'अरुलाई सुधार्ने अवसर हो' भन्ने ठान्नुहोस् ।