26/08/2026
आजको बाढीपछि पोखराको छोरेपाटन माविका शिक्षक महादेव पौडेलकी परिवारकी सदस्य सविना मिश्रसँग सम्पर्क हुन सकेको छैन । उहाँ माथिल्लो त्रिशूली जलविद्युत्-१ आयोजना (२१६ मेघावाट) मा कार्यरत हुनुहुन्छ । बाढी पश्चात DOOSAN Enerbility site office , कम्पनीबाट समेत केही जानकारी प्राप्त नभएकोले उहाँको बारेमा कुनै जानकारी भएमा ९८४९१५२२३६ र ९८४७१२६९११ मा सम्पर्क गरिदिन शिक्षक पौडेलको परिवारले अनुरोध गर्नुभएको छ ।