Seto Pana

Seto Pana SetoPana.com Online Destination For Nepal News, Views, Reviews, Features, Blogs And Audio Video Content Covering. Nepal's Digital Newspaper.

विन्ध्यवासिनी माविले बिभिन्न कार्यक्रमका साथ ७९ औं बार्षिकोत्सव मनाउने शिशिर उजाड पोखरा पोखराको बाटुलेचौरमा रहेको विन्ध्...
07/01/2026

विन्ध्यवासिनी माविले बिभिन्न कार्यक्रमका साथ ७९ औं बार्षिकोत्सव मनाउने
शिशिर उजाड
पोखरा

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले बिबिध कार्यक्रम गरी ७९ औं बार्षिकोत्सव मनाउने भएको छ।

विद्यालयले यही पुस २७ गते मनाउने बार्षिकोत्सवको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। पुस २६ गते छैंटौं संस्करणको रक्तदान कार्यक्रम गर्न लागेको विद्यालयले जनाएको छ। विद्यार्थीलाई रक्तदानका विषयमा सचेतना जगाउन र पोखरामा देखिएको रगतको अभावलाई केही न्युन गर्न शनिबार विहान विद्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक शिक्षक जयराम पुनले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष चन्द्रा थापा अधिकारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विद्यालयको जुनियर रेडक्रस सर्कल, रेडक्रस सोसाइटी उपशाखा पोखरा १६ले सहकार्य गरेका छन्। त्यस्तै विद्यालयले शुक्रबार यस वर्षको शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार वितरण गर्ने जनाएको छ। सोही कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा ३ दशमलव ६ जिपिए ल्याउने १९ जना विद्यार्थीलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए।

बार्षिकोत्सव कै अवसरमा चण्डीका भवन देखि महेन्द्र गुफासम्म वृहत सरसफाई गरिने पनि आचार्यले बताए। मुख्य दिन पुस २७ गते बार्षिकोत्सवको मुल समारोह कार्यक्रम हुने छ । पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने मुल समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सम्मान सहित बिबिध साँस्कृतिक कार्यक्रम हुने बताइएको छ।सो अवसरमा एस इ इ मा ४ जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई विशेष सम्मान , बिभिन्न छात्रवृत्ति वितरण सहित पुरस्कार वितरण गरिने विद्यालयका सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए।

करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय यस अघि सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो हुन सफल भएको थियो। बार्षिकोत्सवको अवसरमा आयोजित स्पोर्टस मिट भने जारी रहेको छ ।

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शुरुशिशिर उजाडपोखरापोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव श...
13/12/2025

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शुरु
शिशिर उजाड
पोखरा

पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा शुरु भएको छ ।

आइतबारसम्म संचालन हुने उत्सवमा ५०,१००, २००,४००,८००, मिटर दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्प लगायतका खेल सम्पन्न भएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा , व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवल तर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन् ।
कक्षा ४ र ५ को रिले छात्रा तर्फ आस्था गुरूङ,संस्कृति आचार्य,दिती बानिया, स्वस्तीका सुनार प्रथम,प्रार्थना राना,सम्भवी काफ्ले,अमना आले,युनिका परियार द्वीतिय, देविना गुरुङ,सृष्टिका ढकाल,सुविना केसी,आरोही पुन तृतीय भएका छन् ।त्यस्तै कक्षा ६ र ७ कोहाईजम्प छात्रमा सुवास राना प्रथम,प्रनिम गुरुङ, द्वीतिय, र प्रभात गुरुङ, तृतीय भए ।कक्षा ८,९ र १० तर्फ आर्यन सुनार प्रथम,सुजल गुरु द्वीतिय,कुशल परियार तृतीय, कक्षा ४ र ५ को २ सय मिटर दौडछात्र तर्फ विवश सुनार प्रथम,प्याट्रिक बास्तोला द्वीतिय,विश्वास भट्टराइ तृतीय भए । कक्षा ८, ९, १० को छात्र ८ सय मिटरमा समिर वरुवाल प्रथम,उमगं घर्ती द्वीतिय,निर्जन चोचागे तृतीय भए ।कक्षा ११ र १२ को हाईजम्प छात्रमा सोहन नेपाली प्रथम,प्रज्वल केसी द्वीतिय, आशिष घले तृतीय,कक्षा ८, ९, १० को२ सय मिटर दौड सलिना पुर्जा प्रथम,सजना पौडेल द्वीतिय,समिक्षा नेपाली तृतीय, कक्षा ११ र १२ १ सय मिटर तर्फ सोहन नेपाली प्रथम,स्मिथ भट्टराई द्वीतिय, प्रज्वल केसी तृतीय भए । कक्षा ४ र ५ को २ सय मिटर छात्राा आरोही पुन प्रथम,दिती बानिया द्वीतिय,प्रिया राना तृतीय भए ।
कक्षा ४ र ५ को रिले छात्रमा दिपेश कडेल,दिप्सन थापा,रिदम घले,विवस सुनार प्रथम,सोहित परियार,अनुराग न्यौपाने, कृष खत्री,पेट्रिक बास्तोला द्वीतीय,प्रतिक पौडेल,प्रनिश कार्की,सार्थक क्षेत्री,मन्नत थापा तृतीय भएका छन् । सो अवसरमा कक्षा ४ देखि ६ का विद्यार्थीले पिटी डिल पनि प्रदर्शन गरेका थिए ।उत्सवको उद्घाटनका अवसरमा आयोजना गरिएको मार्च पासमा धौलागिरी सदन प्रथम, अन्नपुर्ण सदन द्वीतीय र माछापुच्छ्रे तृतीय भएका छन् ।
यसअघि उत्सवको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले विद्यार्थीको चौतर्फि विकासका लागि खेलकुद आवश्यक रहेको बताए । उनले विद्यालय स्तरमा हुने खेल कार्यक्रमले विद्याथीृको शारिरीक तथा मानसिक स्वास्थ्यलाई स्व्स्थ बनाउने बताए । कार्यक्रममा प्यावब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले पोखराको शैक्षिक क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार वीरबहादुर बुढाथोकी, डोलराज पाण्डे, उपाध्यक्ष प्रेमप्रसाद अधिकारी,पुर्व अध्यक्ष माधवशरण उपाध्याय, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, प्रदेश खेलकुद समितिका सदस्य खिम पुन, विदेशी शिक्षासेवी क्यालिन लगायतको सहभागिता रहेको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आधारभुत तह प्रमुख राम पौडेल र संचालन शिक्षक सन्ध्या बसेलले गरेकी थिईन् । उत्सवमा विद्यालयका कक्षा १ देखि १२ सम्मका छात्र÷ छात्रा सहभागि भएका छन् ।उत्कृष्ट खेलाडी र टिमलाई आईतबार हुने समापन कार्यक्रममा शिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने बताईको छ ।समापन कार्यक्रम जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मीलन गुरुङको प्रमुख आतिथ्यतामा हुने फाईनान्सीयल मेनेजर समेत रहेका पौडेलले जानकारी दिए ।
विद्यालयका कार्यकारी निर्देशक दिनेशकुमार श्रेष्ठको परिकल्पना रहेको सो उत्सवका लागि कार्यक्रम नियन्त्रणमा महेन्द्र थापा संयोजनमा सुमन कार्कीसहसंयोजनमा राम पौडेल,कमल नेपाली खेल संयोजनतर्फ पूर्णमान गुरुङ बास्केटबल दिनेश श्रेष्ठ ह्याडबल,शंकर के।सी। फुटबल दिवस अधिकारी फुटबल,सुरज देवकोटा एथलेटिक्स महेन्द्र थापा मार्चपास,मनबहादुर गुरुङ पिटि ड्रिल र यमकला गुरुङ नृत्य रहेका छन् ।विद्यालयले विद्यार्थीहरूलाई खेलसँग सम्बन्धित क्रियाकलाप अन्तरर्गत फुटबल, वास्केटबल, ह्याण्डबल, ब्याटमिन्टन, एथलेटिक्स जस्ता खेलहरूमा प्रशिक्षण गर्दै आएको जनाएको छ ।

विज्ञान शिक्षक समाज पोखरामा भुसाल, सेवा निवृत्त शिक्षक सम्मानित शिशिर उजाड पोखरा विज्ञान शिक्षक समाज  पोखरा महानगर समिति...
29/11/2025

विज्ञान शिक्षक समाज पोखरामा भुसाल, सेवा निवृत्त शिक्षक सम्मानित
शिशिर उजाड
पोखरा

विज्ञान शिक्षक समाज पोखरा महानगर समितिको सम्पन्न दोस्रो अधिवेशनले सुरेश भुसालको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ।

शनिबार पोखरामा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा संजिव त्रिपाठी , सचिवमा ज्योति प्रसाद आचार्य,कोषाध्यक्षमा शिवजी तिवारी , सहसचिवमा समिता मल्ल र सदस्यहरूमा सोनि खड्का, शर्मिला घले , सुस्मिता पौडेल, सुदामा रेग्मी , योगेन्द्र सुवेदी , सुस्मिता वास्तोला, केशव लामिछाने र केशव पौडेल चयन भएका छन्। त्यस्तै जिल्ला प्रतिनिधिमा टिकाराम सुवेदी , भेष वहादुर केसी, सोमनाथ सुवेदी , इन्दु कुमारी विश्वकर्मा र रुद्रप्रसाद देवकोटालाई चयन गरिएको समाज कास्कीका सदस्य दीपक सुवेदीले जानकारी दिए।

समाजले लामो समय विज्ञान विषय शिक्षण गरि सेवा निवृत्त भएका शिक्षकहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेमा पुर्णभद्र अधिकारी (इन्द्र राज्य मावि ) , राम बहादुर वानिया (विन्दवासिनी मावि) , टेक नारायण गिरी (शान्ति उदय मावि) , तेजस्वी बराल (अमरसिंह मावि) , कृष्णहरि ढकाल ( भारती भवन मावि), मनरुपा रानाभाट (SOS हर्मन माइनर मावि) , राजेन्द्र प्रसाद तिवारी (त्रिभुवन शान्ति मावि) , विश्वराज पौडेल (SOS हर्मन माइनर मावि) र सावित्री चालिसे (जनप्रिय मावि) छन्।

यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश समिति अध्यक्ष सुजन लम्सालले विज्ञान प्रविधिको क्षेत्रमा आएको नयाँ नयाँ प्रविधिलाई प्रयोग गरि शिक्षण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।कार्यक्रममा कास्की संस्थापक अध्यक्ष एवम् गण्डकीका निवर्तमान अध्यक्ष राजकुमार ढकाल, कास्की अध्यक्ष शान्ताराम लामिछाने, उपाध्यक्ष सुरेश भुसाल, सामाजिक अध्ययन मञ्च कास्कीका अध्यक्ष गोविन्द काफ्ले, गणित शिक्षा परिषद अध्यक्ष खगेन्द्र राज बरालले नवनिर्वाचित समितिलाई बधाई दिएका थिए।

महानगर समितिका अध्यक्ष टिकाराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भेषबहादुर केसीले गरेका थिए।

विन्ध्यवासिनी माविमा लोक गीत प्रतियोगिता शिशिर उजाड पोखरा पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा लो...
21/11/2025

विन्ध्यवासिनी माविमा लोक गीत प्रतियोगिता
शिशिर उजाड
पोखरा
पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा लोक गीत प्रतियोगिता सम्पन्न भएको छ।

आधारभुत तहको कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा भिजा बुढा मगर, आशिका घर्ती मगर, अस्मिता क्षेत्रीको माछापुच्छ्रे सदन प्रथम,आशुतोष आचार्य,प्रिन्सा सुर्खेती , रिदम गाहाको फेवा सदन द्वितीय, जेनिशा विक, दीपिका मगर,दिया नेपालीको धौलागिरी सदन तृतीय र नित्यान देवकोटाले तृतीय स्थान प्राप्त गरेको आधारभुत तह इन्चार्ज गोविन्द शर्माले जानकारी दिए।

१९ वटा टोलीले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट टोलीलाई बधाई दिँदै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र आधारभुत तह इन्चार्ज गोविन्द शर्मा पौडेलले मौलिक लोकसंस्कृतिको जगेर्ना गर्न कार्यक्रम सफल भएको बताए। कक्षा ३ का प्रदिश थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि सिर्जना शर्मा सिग्देल, गोविन्द शर्मा पौडेलले प्रस्तुतिको मुल्यांकन गरेका थिए।

कार्यक्रमको सञ्चालन शिक्षक विष्णुमाया गौतमले गरेकी थिइन्।

हिमालय क्लवले नि: शुल्क आँखा शिविर गर्ने पोखरा पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव  बाटुलेचौरले नि:शुल्क आँखा जाँच...
21/11/2025

हिमालय क्लवले नि: शुल्क आँखा शिविर गर्ने
पोखरा

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव बाटुलेचौरले नि:शुल्क आँखा जाँच शिबिर गर्ने भएको छ ।

यही मङ्सिर ६ गते शनिबार क्लबको प्राङ्गणमा हुने निशुल्क आँखा जाँच शिविरमा बृहत मोतियाविन्दु भएकाको छनौट समेत गरिने क्लवका सूचना अधिकारी शिवराज देवकोटाले बताए ।

दृष्टि आँखा अस्पताल पोखरा –९, नयाँबजारको प्राविधिक सहयोगमा हुने शिविरमा आँखा सम्बन्धि सम्पूर्ण जाँच गराईने जनाउँदै शिविरमा सहभागी हुन क्लबले अपिल गरेको छ । निःशुल्क आँखा परिक्षण शिबिरमा आवश्यक परेका बिरामीहरुलाई निःशुल्क औषधी वितरणको व्यवस्था मिलाइएको छ । आवश्यक परेका बिरामीहरुलाई सहुलियत दरमा चश्मा वितरण गरिने जनाइएको छ ।

शिविरमा मोतियाविन्दु भएका बिरामीहरुलाई दृष्टि आँखा अस्पताल पोखरा –९, नयाँबजारमा यहि मंसिर २५, २६ र २७ गते काठमाडौं र पोखराका बरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टरद्धारा अप्रेशन गरिने योजना रहेको र एस आइ सि एस विधिबाट निशुल्क अप्रेसन गरिनुका साथै फेको मेसिनबाट सहुलियत दरमा अप्रेसन गरिने क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए।

क्लवले यस अघि मुटु सम्बन्धी जाँच , महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ टेस्ट लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।

विन्ध्येश्वरी आदर्शमा अङ्ग्रेजी स्कील टेष्ट सम्पन्नपोखरा पोखराको मोहोरिया टोलमा रहेको  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल...
14/11/2025

विन्ध्येश्वरी आदर्शमा अङ्ग्रेजी स्कील टेष्ट सम्पन्न
पोखरा

पोखराको मोहोरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अङ्ग्रेजी स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको छ।

जुनियर आधारभूत तहमा गरिएको उक्त कार्यक्रममा रातो सदनबाट कक्षा ५ मा अध्ययनरत छात्रद्वय सखिम बास्तोला र एलेक्स रसाइली, कक्षा ४ मा अध्ययनरत छात्र अङ्कित मन्ना र कक्षा ३ मा अध्ययनरत छात्रा एन्जिला थापा प्रथम र पहेँलो सदनबाट कक्षा ५ मा अध्ययनरत छात्रा दिया क्षेत्री, कक्षा ४ मा अध्ययनरत छात्र छात्राद्वय सौगात हमाल र सइशा तामाङ र कक्षा ३ मा अध्ययनरत छात्रा साजिया क्षेत्री द्वितीय भएका छन् ।

उत्कृष्ट विद्यार्थीलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्राचार्य श्रेष्ठले अंग्रेजी भाषाको व्याकरणीय विकासका लागि कार्यक्रम फलदायी रहेको बताए। अङ्ग्रेजी शिक्षक अनिता हमालले संचालन गरेको कार्यक्रममा शिक्षकहरु शर्मिला शर्मा र रोजिना लगुनले समवन्य गरेका थिए ।

गरिमा विकास बैंकले दोस्रो संस्करणको गरिमा रोड रेस आयोजना गर्ने, पोखरामा रक्तदान हुने पोखरा गरिमा विकास बैंक लिमिटेडले “स...
11/11/2025

गरिमा विकास बैंकले दोस्रो संस्करणको गरिमा रोड रेस आयोजना गर्ने, पोखरामा रक्तदान हुने
पोखरा

गरिमा विकास बैंक लिमिटेडले “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ दोस्रो संस्करणको गरिमा रोड रेस, २०८२ आयोजना गर्ने भएको छ।

बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा यही मंसिर ६ गते शनिबार महिला तथा पुरुष इभेन्टमा खुला प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ । गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको बैंकले जनाएको छ।

करिब १ हजार जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५० हजार र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले रु.३५ हजार, तृतीय स्थान हासिल गर्नेले रु.२० हजार ,चौथो स्थान हासिल गर्नेले रु.१५ हजार र पाँचौ स्थान हासिल गर्नेले रु.१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही रु २० हजार तृतीय हुनेले रु १४ हजार ,चौथो हुनेले रु १० हजार र पाँचौ हुनेले रु.७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

काठमाडौंको बालुवाटार स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगे पश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ ।

प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । सहभागी हुन चाहने धावकहरुले कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत् रजिष्टेशन गर्न सक्ने छन्। गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेका थिए। वार्षिकोत्सवकै अवसरमा पोखरामा रक्तदान कार्यक्रम हुने भएको छ।
बैंकको प्रदेश कार्यालय, सभागृह चोकमा मंसिर ७ गते बिहान रक्तदान कार्यक्रम हुन लागेको सभागृह शाखाका अप्रेसन ईन्चार्ज रामकुमारी अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी भई रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुन बैंकले आग्रह गरेको छ।

लायन्सको पिस पोष्टर प्रतियोगितामा विन्ध्येश्वरीका    युनिशा प्रथम शिशिर उजाड पोखरा लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनाम...
09/11/2025

लायन्सको पिस पोष्टर प्रतियोगितामा विन्ध्येश्वरीका युनिशा प्रथम
शिशिर उजाड
पोखरा

लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनामा भएको पिस पोष्टर प्रतियोगितामा युनिशा मगर प्रथम भएकी छन् ।

मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा भएको सो प्रतियोगितामा अर्चना रत्न द्वितीय उपासना रेग्मी तृतीय र मौं भुमिकले सान्त्वना भएका छन् ।प्रतियोगितामा विभिन्न विद्यालयबाट २७ जना विद्यार्थीहले भाग लिएका कार्यक्रम संयोजक लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए।

क्लवका अध्यक्ष सुरेन्द्र बरालको अध्यक्षता भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई डिस्ट्रिक चिफ एवम् पिस पोष्टरका प्रमुख लायन शिब बहादुर खड्काले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि लायन्स क्लवले विभिन्न कार्यक्रम संचालन गरेको बताए। पि.आर.ओ. इन चिफ लायन ऋषि गिरीले हरेक वर्ष गर्ने यस्ता प्रतियोगिताले विश्वमा शान्ति कायम गर्न सहयोग गर्ने कुरा जानकारी दिए।

कार्यक्रममा संयोजक एवं लायन्स क्लवका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निर्णायक अनिता थापा र लायन दुर्गाप्रसाद शर्माले लायन्स क्लवले शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए।

ईन्द्रराज्यलक्ष्मीका विद्यार्थीलाई साइबर अपराध सचेतना शिशिर उजाड पोखरा पोखराको लामाचौरमा रहेको ईन्द्रराज्यलक्ष्मी माविका...
06/11/2025

ईन्द्रराज्यलक्ष्मीका विद्यार्थीलाई साइबर अपराध सचेतना
शिशिर उजाड
पोखरा

पोखराको लामाचौरमा रहेको ईन्द्रराज्यलक्ष्मी माविका विद्यार्थीहरुलाई साइबर अपराध सम्बन्धी सचेतना प्रशिक्षण दिईएको छ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१, बगरको आयोजनामा भएको कार्यक्रममा त्यस विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाहाले वि‌द्यार्थीहरुलाई साइबर अपराध सम्बन्धी सचेतना प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले डिजिटल माध्यममा हुने ठगी, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन सुरक्षा मापदण्ड र कानुनी सजाय र व्यवहारिक विषयमा विस्तृत जानकारी दिनुभयो ।
केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक बलबहादुर श्रेष्ठले साईबर सुरक्षाका विषयमा भएको यस्ता कार्यक्रमले विद्यार्थी मात्र नभई समाजलाई नै सुरक्षित बनाउने बताउनुभयो ।

कार्यसमिती सदस्य चित्र बहादुर थापाको संयोजनमा गरिएको सो कार्यक्रममा कार्यसमिती सदस्य तथा संचारकर्मी प्रकाश चन्द्र सपकोटाले स्वागत र सन्चालन सचिव कृष्ण बहादुर तामाङले गर्नु भएको थियो ।

पोखरामा विद्युतको तार चोर्ने गिरोह सक्रिय , ट्रान्सफर्मर सुरक्षाको माग शिशिर उजाड पोखरा पोखरामा नेपाल विद्युत प्राधिकरणल...
26/10/2025

पोखरामा विद्युतको तार चोर्ने गिरोह सक्रिय , ट्रान्सफर्मर सुरक्षाको माग
शिशिर उजाड
पोखरा

पोखरामा नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरमा जडान गरेको तामाका तार चोरी गर्ने समुह सक्रिय भएको छ।

चाडपर्वको समयमा त्यस्तो समुहले पोखरा- १८, ग्यारजाती र पोखरा- २२, पुम्दीभुम्दीमा जडान गरिएको तामाको तार नै चोरी गरेको नेपाल विद्युत प्राधिकरण पोखरा शाखाले जनाएको छ। सो फिडर सहित
पोखरा-१८ कै सुन्दर पोखरी,पदेंली र पोखरा-२१ को पोख्रेल थोकमा पनि तामाको तार चोरी भएका हुन्।

तार चोरी भएपछि त्यस फिडरबाट विद्युत सेवा प्राप्त गर्ने विभिन्न ठाउँका नागरिकहरु केही समय सो सेवाबाट वन्चित भएका थिए। सो फिडरबाट केन्द्रले पोखराका १ देखि २४ नम्वर वडा र ३३ नम्वर वडा सहित माछापुच्छ्रे गाउँपालिकामा विद्युत सेवा उपलब्ध गराउँदै आएको छ।निरन्तर रुपमा तार चोरी गर्ने क्रम बढेपछि प्राधिकरणले सुचना नै निकालेर विद्युत सेवा उपलब्ध गराउने ट्रान्सफर्मर पोष्ट वरपर अपरिचित व्यक्ति देखिएमा वा भेटिएमा जानकारी गराउन अनुरोध समेत गरेको छ।

निरन्तर रुपमा तार चोरी गर्ने कार्य ग्रामीण भेगमा बढी देखिएको प्राधिकरण पोखरा वितरण शाखाका ग्रामीण शाखा प्रमुख शोभाकर पौडेलले बताए। सेवा नै अवरुद्ध पार्ने गरी भएका कार्यप्रति प्राधिकरणले जिल्ला प्रहरी कार्यालय कास्कीको समेत ध्यानाकर्षण गराएको छ। उसले चोरी गर्ने कार्य बढेको भन्दै, ट्रान्सफर्मर जडान गरिएको क्षेत्रमा सुरक्षा माग गरेको छ। प्राधिकरणले चोरी कार्यमा सक्रिय समुहको पहिचान गरी कारबाही गर्न पनि माग गरेको छ।असहज परिस्थितिमा पनि प्राधिकरण सबै जनतालाई निरन्तर विद्युत सेवा उपलब्ध गराउन रात दिन तत्पर रहि कार्य गरिरहेकाे प्रमुख पौडेलले बताए ।

प्राधिकरणले त्यस्ता व्यक्ति वा समुहको पहिचान भएमा वा ट्रान्सफर्मर वरपर शंकास्पद व्यक्ति वा समुह देखिएमा नोलाईट नम्बर ०६१-५७००३०/०६१-५७००३१ मा जानकारी गराई सहयोग गर्न सम्पूर्ण ग्राहकहरूमा आग्रह समेत गरेको छ।

हाल नेपाल विद्युत प्राधिकरण, पाेखरा वितरण केन्द्रबाट एक लाख भन्दा बढि ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराएको जनाईएको छ।

साहित्यकार पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ स्मृतिग्रन्थ सार्वजनिकपोखरा । साहित्यकार तोयनाथ पौडेलद्वारा लिखित ‘१४ व...
21/10/2025

साहित्यकार पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ स्मृतिग्रन्थ सार्वजनिक
पोखरा । साहित्यकार तोयनाथ पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ नामक स्मृतिग्रन्थ मंगलबार पोखरामा सार्वजनिक गरिएको छ ।

घान्द्रुक समाज युके, घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज जापानको संयुक्त प्रकाशनमा तयार गरिएको यो ग्रन्थ घान्द्रुकमा लेखकले बिताएका जीवनका महत्वपूर्ण १४ वर्षको जीवित दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ ।कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिका वडा नं. १० का अध्यक्ष गौतम गुरुङ, संरक्षणविद् डा. हुम गुरुङ, मेश्रम वराह माविका सहायक प्रधानाध्यापक सुभ गुरुङ, पूर्व वडाध्यक्ष कुमार गुरुङ, पूर्वविद्यार्थी भुवन सिं गुरुङ, पर्यटन व्यवसायी तथा पूर्वविद्यार्थी कृष्ण गुरुङ, पूर्वविद्यार्थी एवं एक्याप घान्द्रुक इलाका कार्यालयका पूर्वप्रमुख जगनसुवा गुरुङ, पूर्वविद्यार्थी एवम् शिक्षक पूर्ण प्रसाद गुरुङ लगायतका वक्ताहरूले पुस्तकका विभिन्न पक्षबारे धारणा राखेका थिए । वक्ताहरूले पुस्तकले केवल लेखकका व्यक्तिगत अनुभव मात्र नभई तत्कालीन घान्द्रुकको राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक पृष्ठभूमिलाई पनि यथार्थपरक रूपमा उजागर गरेको बताएका थिए ।

पुस्तकले घान्द्रुकमा उनले बिताएका दिनहरूका तीता–मीठा स्मृतिहरू, विद्यार्थी जीवनका प्रसंगहरू, सहकर्मीहरूसँगको अनुभव र स्थानीय समाजसँगको सम्बन्धलाई समेटेको छ ।

वि.सं. २००० साल साउन २५ गते कास्कीको साविकको लामाचौर गाविस घार्मीमा पिता छविलाल पौडेल र माता यशोधा पौडेलको कोखबाट जन्मिएका लेखक पौडेलले वि.सं. २०२३ सालमा शिक्षण पेशा प्रारम्भ गरी २०५७ साल असोजमा अवकाश लिएका थिए । करिब ३४ वर्षभन्दा बढी शिक्षण जीवन बिताएका उनले तीमध्ये १४ वर्ष मेश्रम वराह माध्यमिक विद्यालय, घान्द्रुकमा अध्यापन गरेका थिए । यही कालखण्डमा उनले विद्यालय, समुदाय र पर्यटन गाउँ घान्द्रुकमा भोगेका अनुभवहरूलाई पुस्तकमा आत्मीय ढंगले अभिव्यक्त गरेका छन् ।

वक्ताहरूका अनुसार पुस्तक घान्द्रुकको ऐतिहासिक र सांस्कृतिक अध्ययनका लागि सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ । संरक्षणविद् डा. गुरुङले भने, “यो ग्रन्थले शिक्षक पौडेलको निजी जीवन मात्र होइन, घान्द्रुकको सामुदायिक विकास र शिक्षण–संस्कारको यात्राको चित्रण गरेको छ,” भन्दै यसलाई भावी पुस्ताका लागि प्रेरणादायी कृति भएको टिप्पणी गरे ।

यसअघि पौडेलको “जीवन र संघर्ष” नामक आत्मकथात्मक कृति प्रकाशित भइसकेको छ । विभिन्न पत्रपत्रिकामा उनका लेख, कथा र कविताहरू पनि प्रकाशित हुँदै आएका छन् । ‘१४ वर्ष घान्द्रुक’ पुस्तकले उनका पूर्वरचनाहरूमध्ये सबैभन्दा स्मरणीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण योगदानको रूपमा दरिलो स्थान ओगट्ने अपेक्षा गरिएको छ । हाल काठमाडौंमा बसोबास गर्दै आएका लेखक पौडेलले धार्मिक कृति लेखनमा विशेष रूचि राख्छन्।

Address

Pokhara Metropolitan City 33 Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Seto Pana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Seto Pana:

Share