स्वास्थ्य संसार

स्वास्थ्य संसार स्वास्थ्य नै संसार हो

बाढीपछि प्रभावितलाई राहत र पुनर्स्थापनामा निम्न स्वास्थ्य सावधानी अपनाऔं१. स्वच्छ खानेपानी पिलाऔँ — बाढी प्रभावितलाई शुद...
02/09/2026

बाढीपछि प्रभावितलाई राहत र पुनर्स्थापनामा निम्न स्वास्थ्य सावधानी अपनाऔं

१. स्वच्छ खानेपानी पिलाऔँ — बाढी प्रभावितलाई शुद्ध र उमालेको पानी उपलब्ध गराऔँ।
२. पोषिलो खाना खुवाऔँ — जंकफुडभन्दा दाल, चामल, चिउरा, गेडागुडीजस्ता पोषणयुक्त खाद्यान्न वितरण गरौँ।
३. सरसफाइमा ध्यान दिऔँ — साबुनपानीले नियमित हात धुने व्यवस्था गरौँ र बासस्थान सफा राखौँ।
४. शौचालयको व्यवस्था गरौँ — खुला ठाउँमा दिसापिसाब गर्न नदिऔँ। अस्थायी शौचालयको व्यवस्था गरौँ।
५. संक्रामक रोगबाट सावधान रहौँ — झाडापखाला, बान्ता, भाइरल ज्वरो, ६.डेंगीलगायत रोगको जोखिमबाट बच्न विशेष सावधानी अपनाऔँ।
७. लामखुट्टे र सर्पदंशबाट जोगिऔँ — पानी जम्न नदिऔँ, शरीर ढाक्ने कपडा लगाऔँ र जोखिमयुक्त स्थानमा सावधानी अपनाऔँ।
८. बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीलाई प्राथमिकता दिऔँ।
९. नियमित औषधि उपलब्ध गराऔँ — मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायत दीर्घरोगीलाइ अत्यावश्यक औषधिको व्यवस्था गरौँ।
१०.प्राथमिक उपचारको व्यवस्था गरौँ — प्रभावित क्षेत्रमा आवश्यक औषधिसहितको स्वास्थ्य सामग्री र उपचार सेवा उपलब्ध गराऔँ।
११. जंगली जनावरबाट सावधान रहौँ — जंगल तथा जोखिमयुक्त क्षेत्रमा विस्थापित भएकाहरूले विशेष सतर्कता अपनाऔँ।
१२. मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिऔँ — विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएकालाई मनोपरामर्श र भावनात्मक सहयोग प्रदान गरौँ।
१३. एक–अर्कालाई साथ दिऔँ — विपत्तिको समयमा सहयोग, सहकार्य र मानवीय संवेदना कायम राखौँ।

19/03/2026

Address

Pokhara Nepal
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य संसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share